[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 नेता ज्यु खै त मेरो संविधान !
[VIEWED 12156 TIMES]
SAVE! for ease of future access.
Posted on 01-21-15 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

आउँला भनी कुरी रहे
बानेस्वर तिर आँखा तन्काइ रहे
यो बर्ष अर्को बर्ष अनी फेरी अर्को बर्ष
८ बर्ष बिते नेता ज्यु
दुइटा चुनाव सकियो नेता ज्यु
खै त मेरो संविधान !

तपाईं ले तलब भत्ता खाइरनु भो
सत्ता को स्वाद ली रनु भो
फेरी फेरी महँगो गाडी चड्नु भो
डेरा छोडेर महल छिर्नु भो
तै पनि म चुप थे
मेरो करको मलले काम गर्छ कि भनी
तर नेता ज्यु मलाई धोका भो
मेरो कमाइ तेसै गो
संविधान आउने सन्केत छैन
नेता ज्यु खै त मेरो संविधान !


तपाईं जंगल बाट आउनु भो
लाखको खाटमा सुत्नु भो
करोडको महल मा छिर्नु भो
तै पनि म चुप थे
थोरै भये नि देसको लागि केइ हुन्छ कि हेर्दे थे
तपाईंले केबल भुँडी भर्नु भो
आफन्त भाई भर्दार पाल्नु भो
मेरो कमाइमा मोज गर्नु भो
नेता ज्यु खै त मेरो संविधान !

तपाईं बिचार लिन बिदेस पाल्नु भो
सन्चो नहुँदा सिङापुर धाउनु भो
स्वानी छोरा छोरी सब घुमाउनु भो
पानी बिजुली खेल सब मा मान्छे छिरौनु भो
नेता ज्यु तै पनि म चुप थे
संविधान आउने आस मा थे
तर मेरो केबल आँखा छोप्नु भो
संविधान त के मसौदा नि आएन
नेता ज्यु मलाई जालमा पार्नु भो ।

आपसमा कुटेको नाटक गर्नु भो ,
सभाका कुर्ची सब भाच्नु भो ,
जात जाती मा बिष घोल्नु भो
भाई भाई मा फुट दाल्नु भो
मधेस पहाड हिमाल सब फोर्नु भो
नेता ज्यु तपाईं ले त झन देस बिगार्नु भो

नेता ज्यु ,
मैले विश्वाश गरेर पठाको तपाईंलाई
मेरो नेता भनी भोट हालेको तपाईंलाई
देसको सस्मिता, सार्वभौमता सुम्पेको तपाईंलाई
तपाईंले सब सँग खेलबाड गर्नु भो
तपाईं त गद्दार निस्कनु भो
नेता ज्यु तपाईं ले त देस नै बेच्न खोज्नु भो ।

म शान्ति प्रिय नेपाली नेता ज्यु
तपाईंलाई नमिठो कैले बोलिन
भेट हुँदा नमस्कार टकराउन कैले छोडिन
तपाईं ले तेत्रो खादा कैले हिसाब मागिन
तर तपाईं ले मलाई १०० बर्ष पछाडि ढकेल्नु भो
बिकास त कुन चरा को नाम नेता ज्यु,
जुन काम को लागि पठाको
त्यो पनि भुल्नु भो ?
खै त नेता ज्यु मेरो संविधान ?
 
Posted on 01-21-15 11:51 PM     [Snapshot: 5]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I don't have any hope or expectation of Nepal making a Constitution. It's just SAD.
 
Posted on 01-22-15 11:08 AM     [Snapshot: 114]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कहिले आउने हो अत्तो पत्तो छैन , आए पनि जोगीको झोला जस्तो
ज जसलाई जे जे छिराउनु छ , यही संबिधान भित्र राख्नु छ ,

लाग्छ महाभारतको ठेलीलाई पनि माथ गर्ला
संबिधान को ब्याख्या गर्न : नया कमिसन   खोल्नु पर्ला !
Last edited: 22-Jan-15 03:43 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
lost $3500 on penny stocks !!!
TPS Reregistration and EAD Approval Timeline.......
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters