यो ठरकी पनि कहिले काही "कूलत" मा लागेर २-४ किताब पढने गर्थ्यो । म तपाई संग पूर्ण सहमत छु । शास्त्रमा धेरे ठाउमा "कर्मणा जायते ब्रह्म" भनेर ब्राम्हण भनेको कर्म गरेर प्राप्त गर्नु पर्ने यौटा सामाजिक ओहदालाई जनाईन्थ्यो, तर पछी आएर राजाको जेठो छोरा फ्री मा राजा भएझैं बाहुनका सन्तान सबै बाहुन हुन थाले ।
ब्रह्म ज्ञान प्राप्त गरे पनि नगरे पनि बाहुनका सन्तान सबै बाहुन हुन थाले पछी समाजमा कुन असली र कुन नकली ब्राम्हण हो छुट्याउनु पर्ने अबस्था आयो । त्यसपछी ब्राह्मणका प्रकारहरु जस्तै देव ब्राह्मण, मुनि ब्राह्मण, द्विज ब्राह्मण आदीको बिभाजन शुरु भयो ।
संस्कृतको यौटा ऋचा "जन्मना जायते शुद्र, संस्कारात द्विज उच्यते" ले त प्रष्टै रुपमा जन्मको समयमा सबै जना शुद्र हुन्छन र "ब्राम्हणत्व" भनेको आफैले संस्कार गरी आर्जन गर्नु पर्ने कुरा हो भनेको छ ।
बास्तबमा "द्विज" को अर्थ पनि त्यहि हो । "द्विज" माने दुई चोटी जन्मने—एक चोटी आमाको कोख बाट र एक चोटी आफ्नै संस्कार बाट (आफूलाई परिस्कृत गरी) ।
पछी बुध्द धर्म र जैन धर्मको बिस्तार हुदैं जादा यो "ब्राम्हण" भन्ने शब्द नै बिकृत (corrupt) भएकोले यौटा नयाँ "श्रमण" भन्ने शब्द बन्यो । त्यसको मतलब "ब्राम्हणत्व" भनेको "श्रम" गरेर आर्जन गर्नु पर्ने भएकोले कोहि पनि जन्मकै आधारमा ब्राह्मण हुदैन र "ब्राह्मण" हुन चाहने ले सो को आवश्यक "श्रम" गर्नु पर्छ भन्ने थीयो ।
तर अहिलेको अबस्था हेर्दा न बाहुनबादको समर्थन गर्ने न बिरोध गर्ने कसैलाई पनि "ब्राह्मण" को अर्थ थाहा छैन । मलाई लाग्छ शर्मा, पौडेल, अर्याल वा आचार्य हुनु र "ब्राह्मण" हुनु भनेको एकदमै भिन्न कुरा हुन ।
"ब्राम्हण" भनेको मानव चेतनाको उच्चतम् आयाममा प्रवेश गरेको व्यक्तीत्व हो । शर्मा, पौडेल, अर्याल वा आचार्य जस्ता थर वालाहरु सबै जना मानव चेतनाको उच्चतम् शिखर हासिल गरेका हुदां हुन त देसको यो हालत कहिल्यै हुदैनथ्यो ।
समष्टीमा । शर्मा, पौडेल, अर्याल वा आचार्य हुनु संग "ब्राह्मण" को कुनै सम्बन्ध छैन भने हामीकहा अझै पनि "श्रेष्ट", "गुरुङ", "प्रधान" वा "मगर" थर भएका "ब्राह्मण" हरु प्रसस्तै छन ।
Last edited: 09-Oct-07 10:12 PM