rownyc

More by rownyc
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 Remembering मरिचमान Marichman singh
[VIEWED 1876 TIMES]
SAVE! for ease of future access.
Posted on 08-16-15 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०https://www.facebook.com/pages/Neprican-Niti/208730239149578४६ 

सालमा भारतले नेपालसँग दबाबमा गराउन खोजेको सहमति यस्तो थियो 

सन् १९७८ मा पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई फाँसी दिएपछि भारतीय प्रधानमन्त्री मोरारजी देशाईको चेतावनीयुक्त प्रतिक्रिया थियो :  ‘जीवित भुट्टोभन्दा मृत भुट्टो शक्तिशाली सावित हुने छन्।’ यो भनाइलाई पाकिस्तानको अस्थीर र सैनिक वर्चस्वसहितको राजनीतिक पृष्ठभूमिमा कसरी विश्लेषण गर्ने, भन्न कठीन छ। तर, भुट्टोलाई फाँसी दिने शक्ति र सत्ताको पतन अपमानजनक र विभत्स तरिकाबाटै भयो।

कुनै मुलुकका घटना–दुर्घटना अर्को मुलुकमा त्यही रूपमा दोहोरिँदैनन्। तर, समान प्रकृतिका घटना विभिन्न मुलुकका विभिन्न कालखण्डमा पुनरावृत्ति भने हुन सक्छन्, कुनै न कुनै रूपमा। क्यान्सरसँगको लामो लडाइँपछि विहीबार प्राण त्याग गरेका पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठबारे अहिले नेपालमा त्यस्तै अवधारणा बन्न थालेको छ– के दिवंगत मरिचमान सिंह जिउँदा मरिचमानभन्दा बढी शक्तिशाली सावित होलान्?

राजनीतिक मान्यता र राष्ट्रियताप्रतिको प्रतिबद्धता या त्यसको अभावबाट प्रभावित हुन सक्छन् यसबारेको उत्तर। तर, मरिचमानका राजनीतिक र सामाजिक आफन्तसाथै परिवारले उनलाई सरकारले दिएको ‘एक किसिमको राजकीय सम्मान’लाई ‘राष्ट्रवादी नेता’ को अपमान मान्दै अस्वीकार गरेपछि मरिचमानको जीवनकालमा राजनीतिक रूपमा फरकमत राख्नेहरूको पनि अहिले उनले समर्थन, सहानुभूति र आदर कमाएका छन्।

विहीबार बेलुका उनको अन्त्येष्टिमा लागेका नाराहरू र मलामीमा सामेल भिडको ‘मुड’ले प्रधानन्यायाधीश खिलराज रेग्मी सरकारलाई ‘खलनायक’को रूपमा मात्र प्रस्तुत गरेन, सरकारमाथि वर्चस्व राख्ने चार पार्टीहरू, अझ खास गरी माओवादी नेताहरूलाई ‘विदेशी दलाल’ भएको र त्यसैले ‘राष्ट्रवादी’ नेताको अपमान उनीहरूको ‘नियत’ र ‘बाध्यता’ दुबै भएको सन्देश पनि दिइरहेको थियो।

सरकारले आदेश दिएअनुसार त्यहाँ ‘विगुल’ र ‘ब्याण्ड’सहित उपस्थित नेपाल प्रहरी स्वर्गीय मरिचमानलाई बिदाइ नदिई फर्कन बाध्य भयो।

रेग्मी रहस्यमय व्यक्ति हुन्। पश्चाताप उनको चरित्र होइन। तर, भिडले नारा लगायो, ‘खिलराज यो सम्मान आफ्नै लागि राख।’

आर्यघाटमा सामेल हुनेहरूले राष्ट्रिय ‘मुड’को प्रतिनिधित्व गरे भन्न मिल्दैन। तर, माओवादीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार भई पराजित रामराजाप्रसाद सिंहलाई दिइएको भन्दा निम्नकोटीको ‘सम्मान’का नाममा मरिचमानलाई ‘अपमान’ गरेको व्यापक धारणा अधिकांश सामाजिक सञ्चार नेटवर्कमा देखापरे। मरिचमानप्रतिको त्यो जनसहानुभूति र सम्मानका विभिन्न कारण छन्। अहिलेको राजनीतिक अनिश्चितता, अराजकता र नेपालको आन्तरिक मामिलामा बढ्दो भारतीय र अन्य विदेशी हस्तक्षेपले मरिचमानको व्यक्तित्व र चरित्रलाई धेरै उकासेको छ। धापासीस्थित उनको निवासमा पार्थीव शरीरमा फूल चढाउन पुगेका रेग्मी अनि बाबुराम भट्टराई र प्रचण्ड सबैले उनलाई राजकीय सम्मान ‘लायक’ रहेको घोषणा गरेपछि औपचारिकता र निम्नकोटीको सम्मानको घोषणा गर्‍यो सरकारले।

२०४६ सालमा भारतले लगाएको आर्थिक नाकाबन्दीसमक्ष नझुकेका र पछि नेपालको रक्षा र प्राकृतिक क्षेत्रमाथि असमान हिसाबले नियन्त्रण गर्न खोजेको भारत सरकारको प्रस्ताव अस्वीकार गर्न राजा वीरेन्द्रसँग एकमन र एकमत प्रदर्शन गरेका मरिचमानले आवश्यकता पर्नेबित्तिकै सबै दोष आफूले लिँदै राजीनामा दिन तयार भएको आश्वासनसाथ भारतसमक्ष नझुक्न राजालाई आग्रह गरका थिए।

mrc

यस्तो अर्थ लाग्ने मस्यौदा(ड्राफ्ट) प्रस्ताव भारतका तत्कालीन विदेश सचिव एसके सिंहले समकक्षी नरेन्द्रबित्र्र्कम शाहलाई बुझाएका थिए, सन १९९० को मार्च ३१ देखि अप्रिल २ बीच भएको उनको यात्राको अवसरमा।(मस्यौदाको विवरण तल हेर्नुहोस्।)

त्यसविपरीत बाबुराम–प्रचण्डले मरिचमानको त्यो अडानको १२ वर्षपछि भारतीय संस्थापनलाई गुप्तचर संस्थामार्फत गोप्य तथ लिखित आश्वासन बुझाएका थिए– भारतको अपरिभाषित ‘व्यापक हित’ विपरीत नजाने प्रतिज्ञाका साथ। मरिचमानले प्रधानमन्त्रीका रूपमा लगातार भारतको उच्चतम् तहलाई नेपाल भारतविरूद्ध ‘नरहेको’ र ‘नजाने’ आश्वासन दिए पनि गोप्य दस्तावेजमा अपारदर्शी रूपले हस्ताक्षर गर्न मानेनन्। तर, भारतले लगाएको १८ महिने नाकाबन्दीकै कारण नेपालमा वहुदलीय संसदीय व्यवस्था पुनर्स्थापनाको आन्दोलन सुरू भएकोले उनी ‘प्रजातन्त्र विरोधी’ रूपमा चित्रित हुन थाले। भारतीय संस्थापनका नजरमा कीर्तिनिधि विष्टपछिका या त्यस्तै तहका ‘भारत विरोधी’ का रूपमा पनि उनी चर्चित हुन थाले।

२०४८ र २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी पराजित भए। तर, राजनीति र प्रधानमन्त्रीका रूपमा आएका निर्णयका पक्षमा अडिग रहे उनी। बरू भारतीय संस्थापनसँग नजिक रहेको ‘अवधारणा’बाट ग्रस्त नेपाली कांग्रेसभन्दा माओवादी ज्यादा ‘राष्ट्रवादी’ भएको उनको प्रारम्भिक मान्यता थियो। तर, बाबुराम–प्रचण्डले भारतीय संस्थापनलाई चिठी बुझाएको प्रकरण एसडी मुनिले खुलासा गरेपछि उनीहरूप्रति मरिचमानको वितृष्णा बढेको थियो। यता नेकपा–माओवादीसँग उनले भेटघाट निकै बाक्लिएको थियो।

यता आएर चार दलका नेताहरूले विदेशीलाई स्वीकार्दै र प्रोत्साहित गर्दै गएपछि मरिचमानले बराबर दुबै माओवादीका नेताहरूको ‘कान निमोठ्न’ थालेको समेत जानकारहरू बताउँछन्। अर्थात उनको साहस र हैसियत बढ्दै गएको बेला उनी क्यान्सरबाट ग्रस्त भएको थाहा भयो। स्वदेशमै मर्ने अन्तिम अभिलाषाले नेपाली माटोप्रतिको उनको प्रेम पुनः चर्चाको विषय बन्यो। अन्त्येष्टिमा सरकारी विवेकहीनता र राष्ट्रवादी छवि बनाएका एउटा पूर्वप्रधानमन्त्रीप्रतिको असमान व्यवहारलाई आमजनताले ‘राष्ट्रवाद’ विरूद्धको अपमान मान्यो।

उनको अपमान गर्नेहरूको हीनताग्रस्त व्यक्तित्व र राजनीतिक प्रमाण बन्न पुग्यो त्यो।

एउटा व्यक्तित्वको ‘वासलात’ उसका जीवनका विविध कार्यहरूले निर्धारित गर्छन्। त्यसमध्ये केही कार्यहरूले निर्णायक हैसियत राख्छन्।

गिरिजाप्रसाद कोइरालाको २०६२–२०६३ नेतृत्वका सफलताले उनका जीवनका अनेक कमजोरी र असफलता ओझेलमा पारे। लहरविरुद्ध उभिने नेतृत्व क्षमताले कृष्णप्रसाद भट्टराईलाई अमर तुल्यायो। बिपीले राजनीतिक पराजयभन्दा प्रजातन्त्र र राष्ट्रियताका मूल्य र मान्यता आत्मसात गरेर महान बने। विदेशी वर्चस्व स्वीकारी सत्तामा पुगेका रेग्मी र त्यसलाई अनुमोदन गर्ने चार दलका नेताहरू ‘राजनीतिक बाउन्ने’ देखिँदै गर्दा मरिचमानको त्यसबेलाको अडान अहिले ‘राष्ट्रवादी’ छविको कारक तत्व सावित भयो। त्यसैले हुन सक्छ, सायद दिवंगत मरिचमान जीवितभन्दा बढी शक्तिशाली बन्न पुगे भविष्यमा भने आश्चर्य मान्नुपर्ने छैन।

भारत सरकार र श्री ५ को सरकारबीच आपसी सहयोग सहमतिको मस्यौदा

१. यसपछि करार पक्ष (कन्ट्रायाक्टिङ पार्टेज) का रूपमा पनि उल्लेख हुने) भारत सरकार र श्री ५ को सरकार, नेपालः

इतिहास, भूगोलको नाता, साझा सामाजिक तथा सांस्कृतिक मूल्यहरूमा आधारित भारतीय र नेपाली जनताबीच रही आएको अद्वीतिय, पुस्तौं पुरानो र पारम्पारिक सम्बन्धलाई स्मरण गर्दै
–हस्ताक्षरयता र पछिसम्म भारत–नेपाल सम्बन्धको जग रहीआएको भारत र नेपाल सरकारबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धिप्रति प्रतिबद्धता जनाउँदै,
– दुई मुलुक र जनताबीच मित्रताको गाँठो, असल छिमेकीपन र दुई पक्षका लागि लाभकारी सहयोग दरिलो बनाउने इच्छाका साथ दुई पक्षबीच आर्थिक सहयोग सुदृढ गर्ने दृढतासहित,
– आफ्नो अर्थतन्त्र आफ्नै र साझा हितमा विकसित गर्न इच्छुक,
वैज्ञानिक र प्राविधिक ज्ञान तथा अनुभव आदानप्रदान दुई पक्षबीचको व्यापार प्रवर्द्धनका लागि लाभकारी हुने विश्वासका साथ, निम्न कुराहरूमा सहमति जनाएका छन्।

खण्ड १
एकअर्कामा भूभागमा एक अर्काका नागरिकहरू प्रतिको व्यवहारः

धारा १

दुई पक्षले स्वीकार गरेका अपवादबाहेक, करार पक्षहरूले त्यस्ता कुनै कानूननियम तथा आदेश जारी या निरश्त गर्ने छैनन् जसले भारत सरकार र नेपाल सरकारबीचको सन् १९५० को शान्ति तथा मैत्री सन्धी र त्यसैसाथ आदान प्रदान गरिएका पत्रहरूद्वारा एउटा मुलुकका नागरिकले अर्को मुलुकमा बसोबास, सम्पत्तिको स्वामित्व, रोजगारी, व्यापार र वाणिज्यमा सहभागिता, आवागमन, औद्योगिक र विकाससम्बन्धी गतिविधिमा सहभागिता र उनीहरूलाई प्राप्त हुने अनुदान तथा सहुलियतसम्बन्धी अधिकार विशेष सुविधालाई विभाजित गर्नेछन्।

धारा ३

करार पक्षले अर्को पक्षको जानकारीमा त्यस्ता कानून, नियम, नियमन र सरकारी आदेश ल्याउन स्वतन्त्र हुनेछन् जसले एक अर्काका भूमिमा आफ्ना नागरिकको अधिकार र सहुलियत कटौती गर्ने छन्।
खण्ड २

सुरक्षा सहयोग

धारा १

सुरक्षा समर्थन बलियो बनाउन करार पक्षहरू सैन्य क्षेत्रमा एकअर्कालाई सहयोग गर्न सहमत भएका छन्।
त्यसका लागि श्री ५ को सरकारले परामर्शपछि नेपालद्वारा प्राप्त गर्ने हातहतियार तथा आफ्नो सुरक्षाका लागि आवश्यक सामग्रीहरू बारे भारत सरकारसँग उचित सम्झौता गर्ने छ।

धारा २

करार पक्षबीच सैन्य क्षेत्रको सहयोग अन्तर्गत भारत सरकारले हतियार, गोलीगठ्ठा, अन्य सामग्री र अतिरिक्त गठन (संरचना), उपकरण सहयोग स्वरूप प्रदान गर्नुका साथै अतिरिक्त संरचना र शाही नेपाली सेनाका प्रतिनिधिहरूको आपसी निर्णयमा।

धारा ३

सैन्य क्षेत्रमा करार पक्षबीचको सहयोग अन्तर्गत नेपाली सशस्त्र बलका व्यक्तिहरूको तालिमका लागि सहयोग सामेल हुनेछ।

धारा ४

करार पक्ष एक अर्काकाविरुद्ध अन्य कुनै राज्यसँग कुनै सैनिक गठबन्धनमा प्रवेश नगर्ने प्रतिवद्धता गर्छन्। श्री ५ को सरकार, नेपालले यस सन्दर्भमा भारत सरकारसँग पूर्व परामर्श र सहमतिबिना माथि उल्लिखित धारा १देखि ३ सम्म उल्लिखित विषयहरूमा कुनै राज्य या संगठनसँग कुनै सहमति गर्ने छैन।

धारा ५

माथि धारा १ देखि ४ सम्मका व्यवस्थाले करारपक्ष दुवै मुलुकका स्वतन्त्र विदेश नीतिमा कुनै प्रभाव पार्ने छैनन्।

खण्ड ३

व्यापार

व्यापार सम्बन्धी सहमतिका धाराहरू यस खण्डमा समावेश गरिने छन्।

खण्ड ४

पारवहन

पारवहन सम्बन्धमा सहमतिका धाराहरू यस खण्डमा समवेश गरिनेछन्।

खण्ड ५

अनाधिकृत व्यापार नियन्त्रण गर्न सहयोग
अनाधिकृत व्यापार नियन्त्रण गर्नेबारेका सहमति यस खण्डमा समावेश छन्।

खण्ड ६

आर्थिक, औधोगिक र जल संसोधन सहयोग

धारा १

भारत नेपालबीचको पारस्परिक मैत्रीपूर्ण मित्रताको भावना अनुरूप नेपाली जनताको फाइदा र भलाइका लागि श्री ५ को सरकार, नेपालका अनुरोधमा समयसमयमा करार पक्षद्धारा तय गरिने विकाश सयहोग उपलब्ध गराउन भारत सरकार प्रतिवद्धता व्यक्त गर्दछ।

धारा २

श्री ५ को सरकार, नेपालले आफ्नो प्राकृतिक संशोधनको विकासमा या कुनै औद्योगिक  परियोजनामा विदेशी सहयोग लिने निर्णय गरेमा, त्यसमा पहिलो प्राथमिकता भारतीय सरकारले या भारतीय नागरिकले पाउने छन्।, यदि भारत सरकार वा भारतीय नागरिकले अन्य कुनै राज्य, उनीहरूका नागरिक, या अन्य कुनै अन्तर्राष्ट्रिय संगठन या एजेन्सीले प्रतिज्ञा गरेका सर्तहरू भन्दा कम सकारात्मक छैनन् भने।

धारा ३

साझा रूपमा वितरित नदीहरुका पानीको पूर्ण र सन्तोषजनक उपयोगितााप्रति समान आकांक्षा राख्दै करार पक्षहरूबीच प्रतिवद्धता जनाउँछन् कि (१) सम्बन्धित नदीहरूमा विद्यमान प्रयोग सुनिश्चित गर्दै नयाँ प्रयोग र परियोजनाको तर्जुमा गरिने छ, र (२) करार पक्षहरूको पानीको आवश्यकतालाई ध्यानमा राख्दै नयाँ योजना तथा परियोजना तयार गर्ने, रूपान्तरित गर्ने, एक अर्कालाई सहयोग पुर्‍याउने छन्।

धारा ४

करार पक्ष संयुक्त रूपमा आपसी लाभका योजना तर्जुमा, निर्माण र व्यवस्थापनका लागि सहमति जनाउँछन्। यस सन्दर्भमा साझा हितमा आवश्यक महसुस गरिएको खण्डमा तेस्रो पक्षको संलग्नता आपसी सहमतिमा निर्धारित हुने छ।

खण्ड ७

अन्तिम प्रावधानहरू

धारा १

यो सहमतिको सौहार्द्रपूर्ण र प्रभावकारी कार्यान्यवयनमा सघाउ पुर्‍याउन करार पक्षहरू नियमित रूपमा भारत नेपाल संयुक्त आयोग मातहत एक अर्कासँग परामर्श र यो सहमतिकोे कार्यान्वयन समीक्षा गर्ने छन्। यो उद्देश्यका लागि उनीहरू १२ महिनामा कमसेकम एकपटक बैठक गर्ने छन्।

धारा २

यो सहमतिको उद्देश्यका लागि यसमा उल्लिखित विभिन्न खण्डहरू एक अर्कासँग अन्तर्सम्बन्धित छन् र तिनीहरूलाई ‘समग्र’ मानिने छ।

धारा ३

यो सहमतिको भाग १ त्यो सम्पूर्ण अवधिका लागि कार्यान्यवनमा रहने छ जबसम्म सन् १९५० को भारत–नेपाल शान्ति र मैत्री सन्धी कार्यान्यवयनमा रहने छ।

सहमतिको खण्ड २ दश वर्षका अवधिका लागि कार्यान्वयनमा रहने छ। र सहमतिका आधारमा फेरबदलसहित आपसी सहमतिमा अर्को १० वर्षका लागि नवीकरण गर्न सकिने छ।

सहमतिको खण्ड ३ … वर्षका लागि कार्यान्यवनमा रहने छ। सहमतिका आधारमा भएका फेरबदलसहित आपसी सहमतिमा अर्को दश वर्षका लागि नवीकरण गर्न सकिने छ।

सहमतिको खण्ड ४ …वर्षका लागि कार्यान्वयनमा रहने छ। आपसी सहमतिमा त्यसलाई……वर्षका लागि नवीकरण गर्न सकिने छ, आपसी सहमतिमा फेरबदलसहित।

सहमतिको खण्ड ५ …वर्षका लागि कार्यान्वयनमा रहने छ। आपसी सहमतिमा त्यसलाई……वर्षका लागि नवीकरण गर्न सकिने छ, आपसी सहमतिमा फेरबदलसहित।

सहमतिको खण्ड ६ …वर्षका लागि कार्यान्वयनमा रहने छ। आपसी सहमतिमा त्यसलाई……वर्षका लागि नवीकरण गर्न सकिने छ, आपसी सहमतिमा फेरबदलसहित।

 

 

 

धारा ४यो सहमति … १९९० बाट लागू हुने छ। भारत सरकार र नेपाल सरकारबीचको शान्ति तथा मैत्री सन्धि कार्यान्वयनमा रहेको अवधिसम्म बहाल रहने छ।
काठमाडौंमा … दिन …महिना सम्भवतः एक हजार नौ सय नब्बेमा हिन्दी, नेपाली र अंग्रेजीमा समान रूपमा प्रमाणित दुई–दुई प्रतिमा हस्ताक्षरित। केही आशंका उत्पन्न भएमा अंग्रेजीप्रति निर्णायक हुने छ।

श्री ५ को सरकार नेपालका तर्फबाट                                                                           भारत सरकारका तर्फबाट
…..                                                                                                                              …….

(यो सहमतिको मस्यौदा अवतारसिंह भसिनद्वारा सम्पादित ‘नेपाल्स रिलेसन्स् विथ इन्डिया एन्ड चाइना १९४७–१९९२’ पुस्तक (पेज ५४५-५४९) बाट साभार गरिएको हो।)

साभार -सेतोपाटीमा  भाद्र २, २०७०मा प्रकाशित बरिष्ठ पत्रकार युबराज घिमिरेको लेख


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
Changing job after i-140 approval
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Nepali **fake** Veterans. Be aware!!
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters