[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 त्यो के थियो?

[Please view other pages to see the rest of the postings. Total posts: 41]
PAGE:   1 2 3 NEXT PAGE
[VIEWED 48171 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 08-05-15 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 


भाग- १

कलेजको पहिलो दिन, सबै नया अनुहारहरु, नयाँ उत्साह र आशाले मैले प्यारो लास्ट् बेन्च रोजे। मेरो सबै साथीहरु अरु बिषय पढ्न गएका थिए र मैले मात्रै साहित्य रोजेकी थे। मेरो अगाडी एक युबक थ्यो, उसले कलम बिर्सेछ, मैले जगेडा रहेको कलम दिए। "धन्यबाद" दिदै उसले परिचय गर्यो "जीबन!" एकैछिनपछि मेरो दाँयापट्टि एउटी केटी बस्न आइ, उसले मलाइ हेर्न नपाउदै क्लासभित्र सर आउनु भयो।

"सर!" हेर्दा "किताब" पढाउने सर जस्तो थिएन। यदि सर कुनै बेन्चमा बस्नु भयो भने हामी जस्तै बिध्यार्थी जस्तो देखिन्थ्यो। सानो कद, सानो ज्यान, ढुङ्गा जस्तो अनुहार। कतैबाट त्यो मान्छे सर जस्तो लाग्दैन थ्यो। तर उसले कुनै डिग्री लिसकेको थ्यो, उ हामीलाइ पढाउन आएको थ्यो।
"अङ्रेजी साहित्य पढ्नु एउटा प्रेस्टिजको कुरा हो तर पढ्न सक्नु त्यो भन्दा धेरै गार्हो कुरा। यदि तिमीहरु इज्जतको को लागि यो क्लासमा बस्दैछौ भने त्यो भन्दा ठुलो दुख अरु केहि हुन सक्दैन।" सरको पहिलो वाक्य राम्रो लागेन हामीलाई।

सरको रुखो कुरा सुनेर हामी सबैको उत्साहमा बादल छाउन थाल्यो। मेरो दाया बस्ने केटीले मलाइ हेर्दै भनी "कस्तो नकारात्मक मानसिकता! पहिलो दिनमै हतोत्साहि बनाउने कुरा!" मैले उसको कुरालाइ टाउको हल्लाएर मात्र सहमति जनाए।
"मेरो नाम बिभा हो, तिम्रो?"
"मेरी!" मैले सानो स्वरमा भने।
"तिम्रो मन पर्ने लेखक?"
"नेपालि? कि अङ्रेजी?"
"जो भएपनि!"
"मलाइ अहिले मनपर्ने---"
"मलाइ बिपि कोइराला मनपर्छ!"
"मलाइ पनि!"
"गफ गर्नु छ भने क्लासबाहिर गएर मज्जाले गफ गर्ने।" कतै बाट एक्दम कठोर निर्देशन आयो। सबै जना बिभा र मलाइ हेर्न थाले। मेरो मुख रातो भयो। बिभा किताब खोलेर हेरे जस्तो गर्न थाली। मैले टाउको उठाउन सकिन।
"साहित्य गफ होइन, जसलाइ साहित्यमा रुचि छैन, मेरो क्लासमा नबसे राम्रो!" लज्जाबोधको भारीले मलाइ थिचिरह्यो।

घर गएर धेरै सोचे, अब म त्यो बिषय लिदिन। तर के पढ्ने भन्दै मैले छ महिना बिताइ सकेकी थे। मलाइ अरु केहि पढ्न मन लागेन। अहिले पनि मैले पढिन भने मेरो अर्को १ बर्ष खेर जान्छ। म सङै पढेका साथीहरु धमाधम आफ्नो आफ्नो मन पर्ने बिषय लिएर अघि बढिसकेका थिए। मैले निर्णय गरे, जसरी पनि पढ्छु। मेरो पढाइ पढाउने मान्छेमा होइन, म आफुमा भर पर्छ।
भोलिपल्ट क्लास सुरु हुनु अघि बिभा र मेरो कुराकानी भयो।
त्यो सर मान्छे हैन, कुनै हृदय नभएको दानब हो। त्यस्को अनुहार कस्तो डरलाग्दो छ। त्यो सङ मन छैन, त्यसैले कसैको इज्जत गर्दैन। त्यसलाइ कसैले मन पराउदैन। त्यो एक्लै मर्छ, त्यसलाई कसैले माया गर्दैन। त्यसमा धेरै घमन्ड छ। त्यो मान्छेको नाममा कलंक हो। त्यो बौलाहा हो। हामीलाइ पहिलो दिन गरेको गालीको बदलामा हामीले त्यसको नाम राखिदिउ “खुस्केट “, अनि मज्जाले हास्यौ। त्यसलाई सराप्दै हामी धेरै बेरसम्म निस्फिक्रि हास्यौ।

दोस्रो दिन " खुस्केट " ले शुरु गर्यो "एउटा बुढो मान्छे र पुल"। कथा कुनै युद्दको बेलामा युरोपतिरको परिबेशमा हेमिङ्वेले लेखेको थ्यो। युद्दको असर मान्छेलाइ मात्रै हैन जनावरलाइ पनि पर्छ भन्ने मुख्य बिषयबस्तु थियो। तर त्यो बुढो युद्धबाट बच्न कुनै थाहा नभएको ठाउतिर जादैथ्यो, उसलाइ आफ्नो ज्यान भन्दा बढी आफुले जिन्दगी भरी हेरबिचार गरेको परेवा, खसी र बिरालोहरुको पीर लागेको थ्यो। उसले जिन्दगिभरि जानेको भनेकै जनावरहरुको कसरी हेरबिचार गर्ने भन्ने मात्रै थियो। उसलाइ राजनिति के हो थाहा थिएन। उ ७० बर्स भैसक्दा पनि आफ्नो गाउ बाहिर कहि गएको थिएन, कुनै अर्को ठाउ देखेको थिएन। कथाको अन्त्यमा बुढो उठेर हिड्न खोज्छ तर सक्दैन, पछारिएर लड्छ।

"यो कथाको द्वन्द के हो?" खुस्केटले सोध्यो। केहि बिध्यार्थीहरुले आ-आफ्नो जवाफ दिए। म केहि बेर त्यो बुढो मान्छेको बारे सोच्दै बसे, क्लास सकियो। अर्को दिन आयो कुनै अर्को कथा पढियो, त्यो कथाको बारेमा छलफल गरियो। समय बित्दै जाँदा मलाइ खुस्केटसङ प्रश्न सोध्न डर लागेन।
खुस्केट महिनै पिच्छे जाँच लिन्थ्यो। जहिले गार्हो प्रश्न सोध्यो, जहिले मेरो जाँच बिग्रिन्थ्यो। म पास हुन्थे तर राम्रो नम्बर आउथेन। मलाई दिक्क लागिसकेको थ्यो। पास मात्र भएर त्यो सर्टिफिकेटको काम थिएन। मलाई पढाउन मन थियो, त्यसको लागि मैले धेरै नम्बर ल्याउनु पर्थ्यो।
एक्दिन मलाइ अचम्म लाग्यो, मैले प्रश्न गर्नु अघि उ मुस्कायो।

खुस्केटलाइ हाँस्न पनि आउछ? मैले मेरो आफ्नै मनलाइ सोधे। उ मुस्काउदा के नमिलेको के नमिलेको जस्तो लाग्यो मलाइ। तर उसको अनुहारमा बेग्लै चमक देखियो। उसको नजरमा म लास्ट बेन्चमा बसेर हल्ला गर्ने बिधार्थी मात्रै रहिन अब। शायद पहिलो दिनको गल्तीलाइ उसले मलाइ माफ गर्यो। उसले मलाइ उपहार स्वरुप दिएको मुस्कान न्यानो र आत्मिय लाग्यो। तर मैले उसको अनुहार सम्झे, मलाइ दिक्क लाग्यो। कस्तो आकर्षनबिहिन अनुहार। कस्तो उजाड अनि रुखो अनुहार! मैले उसको जिउडाल एकचोटि सरसर्ती नियाले। कस्तो नराम्रो शरीर, सबैतिर गाँठो परेको जस्तो। कुनै मान्छे यति नराम्रो कसरी हुन सक्छ?

"मिस मेरि! अब तिम्रो पालो!"

म झस्के आफ्नै सोचाइ बाट!

"मिस मेरि!" खुस्केट मेरो अगाडि उभिएको थ्यो।

"म?" मेरो नाम मेरि मात्र थ्यो, तर उसले अगाडि मिस पनि थपेको थ्यो।

" मिस मेरी! तिम्रो प्रश्न के हो?" खुस्केट को आखासङ मेरो आखाहरु प्रत्यक्ष जुध्यो, मेरो मुटु जोड जोडले धड्किन थाल्यो।

"सरि! " उसको अनुहारमा उही पारीलो मुस्कान थ्यो।
“तिमी के सोध्न चाहन्छौ?"
“मैले बिर्सें!"

क्लासमा सबै जना हाँसे! खुस्केट पनि हाँस्यो शायद। मैले उसको अनुहार हेर्न सकिन।
मलाई सीता जस्तो धर्ती चिरेर लुक्न पाए हुन्थ्यो जस्तो लाग्यो।

क्रमश:

 
Posted on 08-05-15 12:46 PM     [Snapshot: 25]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Welcome back Crazy. Yo katha chai bichmai माया पाएकी केटी jastai nachhodau la. Plz
 
Posted on 08-05-15 12:48 PM     [Snapshot: 42]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Welcome back crazy...Waiting for another part.
Last edited: 05-Aug-15 12:48 PM

 
Posted on 08-05-15 12:59 PM     [Snapshot: 57]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पालामा दुइ जना अंग्रेजीको शिक्षक हुनु हुन्थ्यो | नम्बर १ :  कथाका शिक्षक जस्तै तर उमेर चै ४० तिरको नम्बर , वहाको छड्के हनाइँ नराम्रो नै हुन्थ्यो |   २: लोकल , बास्केट बल खेलाडी झैँ ८-१० बर्स भएको होला सिक्षण पेशामा लाग्नु भएको | तिमि सब्द्को प्रयोग गर्नु हुन्थ्यो | हामि हरु पनि पछाडी बेन्चमा बसेर खुसुर फुशुर गरेको बेला भन्नु भएको थियो "गर कुरा गर  कोहि कोहि ले ट्याक्सी पनि चलाउन पर्यो नि "? यो भनाइ सुने पछि काने खुसि गर्न छोड्यौ | 

सुरुआत रमालो संग सुरु भएको छ , दोश्रो भाग को प्रतिक्षामा |
Last edited: 05-Aug-15 01:12 PM

 
Posted on 08-05-15 2:54 PM     [Snapshot: 196]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खडेरी लागेको बेला एक थोपा जल पनि अमृत भन्थे .... यहि अमृत नै सरि कथा पढियो ...राम्रो सुरुवात भएको छ क्रेजी-जी कथाको .... पात्रले दोश्रो दिन पढेको कथा निक्कै मिठो लाग्ने कथा हो मलाई पनि .... मलाइ पनि हाम्रा कलेजका गुरुहरु देख्दा तेस्तै अनुभव भएको थियो हेर्दै हामी भन्दा एक ब्याजमात्र अघि निस्केका ले हाम्लाई के पढ़ाउलान जस्तो तर पढाउन चैं राम्रै पढाउन्थे . कथाको अर्को भागको प्रतिक्ष्यारत - थाहा छैन KYAJHOOR मित्र , तपाइले भन्नु भएको "माया पाएकी केटी" कथा त हाम्रो फुच्चे साथि पो अधुरो छोडेको हो त . उसको बानि नै तेस्तै भन्या ढिला सिध्याउने . पक्कै पुरा गर्छ होला त्यो कथा पनि .
 
Posted on 08-05-15 4:15 PM     [Snapshot: 271]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

welcome back Crazy
खडेरीनै लागेको थियो त !! ल अर्को भागको प्रतिक्षामा म पनि बसे !
 
Posted on 08-06-15 11:08 AM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Kyaajhoor" ज्यु

म त फुच्चे जस्तो अल्छि छैन नि, म कहिल्यै पनि बिचमा कथा छोडिन त, सकाउछु।

स्वागतको लागि धन्यवाद!

मेरो- नाम- के -हो? ज्यु,

स्वागत गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु। यती पछी आउँदा पनि साथीहरुले बिर्सनु भएको रहेनछ। दोस्रो भाग राख्दैछु। पढ्न नबिर्सनु होला।

म गोर्खे १ ज्यु,

तपाईंको अनुभब सेयर गर्नु भएकोमा धन्यवाद। यस्तै सम्झनाहरुले जिबनलाई कहिलेकही रमाइलो बनाउछ हैन र?

थाहा नभएको साथी,

ल यती धेरै प्रंससा गरिदिनु भयो, अब लेखाइ कस्तो हुन्छ भन्ने पीर पो पर्‍यो।

भक्ते ज्यु,

धेरै पो भयो त नदेखेको, उता चौतारी पनि बन्द जस्तो छ। सञ्चै हुनुहुन्छ?
 
Posted on 08-06-15 11:14 AM     [Snapshot: 405]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

भाग -२

पढाईको बेग बढीरहेको थ्यो, मेरो पहिलो र दोस्रो जाँचमा 60% कटेको थ्यो तर त्यो राम्रो भन्न मिल्दैन थ्यो। बिभाको लगभग 70% आएको थ्यो र पनि उ खुशी थिन। किनभने हाम्रो ब्याजमा २-३ जनाले ९०% ल्याइसकेका थिए, उनिहरु पहिलो बेन्चमा बस्थे। हल्ला अनुसार २४ घण्टा पढ्थे। उनिहरु अत्यन्तै साधारन लुगा लगाउथे। कहिलेकही कपाल पनि कोर्दैनथे रे। जिबनले बेला बेलामा यस्तो कुराहरु सुनाउथ्यो। सुरुमा जिबनको 65% थियो तर पछी उसको पनि मेरो जस्तै 60% आयो। कसरी राम्रो नम्बर ल्याउने भन्ने टेन्सनमा बिभा र म जहिले खुस्केटलाई सराप्थ्यौ। जिबन सुनिरहन्थ्यो, तर उसलाई पनि खुस्केटको व्यबहार मन पर्दैनथ्यो। उसले केही सोध्न खोज्यो कि "एकछिन" भनेर टाल्थ्यो रे। मैले जिबनले कहिले प्रश्न सोध्यो भन्ने कुरामा ध्यान दिन सकिन।

"यदी यस्तै ताल हो भने यो बर्ष पनि खेर गयो!" बिभाले क्लास सुरु हुनु अघि भनी।

"के रे? कसरी?" जिबनले सोध्यो।

"मेरो मात्र समय खेर गएको हैन रैछ।" मलाई केही ढुक्क लाग्यो।

"पोहोर साल पनि मैले यही बिषय लिएको थिए। तर राम्रो नम्बर आएन, त्यही भएर फेरी दोहोर्याएको, तर खुस्केटले यसपाली पनि अघि बढ्न देला जस्तो छैन।" त्यही भएर बिभालाई सबै कथाहरु कन्ठै थ्यो। हामीले पढ्नु अघि उसले कुन कथामा के के हुन्छ सबै भन्थी। मलाई उ कस्तो पढ्ने जस्तो लाग्थ्यो, तर उसले पहिले नै यो बिषय लिएको थाहा थिएन।

"तिम्रो त सबै भन्दा राम्रो नम्बर छ। मेरी र मेरो पो बर्बाद छ।" जिबनले मलाई र आफुलाई एउटै ड्याङ्मा राख्यो। मलाई नराम्रो लागेन, उसले भनेको ठिकै थ्यो। हामी दुबैको स्तर उही थ्यो। जिबन धेरै किताब पढ्थ्यो, म फिल्म हेर्थे। त्यही फरक थ्यो।

"तेस्रो जाँचले बताउछ, के हुन्छ भनेर?" मैले भने।

"मलाई शंका छ खुस्केटले कहिले सजिलो प्रश्न दिदैन।" बिभा गम्भिर भै।

"म त झरेको झर्यै छु, पहिलो राम्रो थ्यो, दोस्रो नराम्रो, तेस्रो झन के हुने हो खै?" जिबन पनि सोचमग्न भयो।

"अती नै गार्हो भयो भने हामी कम्प्लेन गर्न सक्दैनौ?" मैले बिभालाई हेरे।

"अफ्कोर्स ! यो खुस्केट नयाँ जस्तो छ, यो भन्दा राम्रो टिचर छन यो कलेजमा। हामी प्रिन्सिपलसँग एकचोटि कुरा गरौ।" बिभाको र मेरो कुरा मिल्यो।

"पहिला तेस्रो जाँचसम्म कुरौ, अनी हेरौ कस्तो हुन्छ?" जिबनले भन्यो।

त्यो कुरा हामी सबैलाई चित्त बुझ्यो। हाम्रो तेस्रो जाँच आयो। जिबन र बिभालाई त्यती गार्हो लागेन, त्यती सजिलो पनि लागेन। तर मेरो त सर्बस्व गयो। मैले त्यो जाँचमा सोधेको प्रश्नहरु एउटै पनि लेख्न सकिन। किनभने त्यो पुरा च्याप्टर मैले पढ्न बिर्सेंको थे। पहिलो र दोस्रो प्रश्न त्यही च्याप्टरबाट आएपछी म नर्वस भए, त्यसपछी आउने प्रश्नहरुको उत्तर पनि लेख्न सकिन। यस अर्थमा म फेल भए। मेरो भएको 60% पनि गयो। खुस्केटलाई मैले कपी बुझाउदा मेरो आँखाहरु टिलपिलाएका थे, उसले मलाई पुलुक्क हेर्यो तर धेरै बेर हेर्न सकेन।

"मेरो त आज सबैभन्दा राम्रो भयो!" बिभा आत्मबिश्वास साथ भनिरहेकी थी।

"कस्तो घुमाउरो प्रश्न? मैले त पहिले बुझ्दै बुझिन। पछी त सजिलै रैछ ।" जिबनको पनि राम्रो भएछ पेपर।

म मौन रहे। मेरो त सबै बिग्रेको थ्यो। मैले उनिहरुसँग बोल्ने कुरै थिएन।

"मेरी! तिमी किन यस्तो उदास?" जिबनले सोध्यो।

"मेरो त बर्बाद भयो। मैले त्यो प्रश्नहरुको च्याप्टर पढ्नै बिर्सें। केही लेख्न सकिन।" मेरो मलिन अनुहार बिभाले बल्ल देखी।

"कस्तो अचम्मको केटी। जाँच भनेपछी पनि च्याप्टर रोज्दै पढ्ने हो? सबै पढ्नु पर्छ, जुनबाट पनि सोध्न सक्छ खुस्केटले।" बिभाको कुरा ठिकै थ्यो। मैले सबै च्याप्टरहरु पढ्नु पर्थ्यो। तर मैले के कारण हो त्यही च्याप्टर पढ्न बिर्सेंको थिए।

"खासै मलाई पनि आजको जाँचमा लेखेको कुरा त्यती चित्त बुझेको छैन। के हुन्छ के?" जिबनले म प्रति सहानुभुति देखायो। तर मलाई थाहा छ मेरो भन्दा उसको पेपर सय गुना राम्रो भएको छ। उसले मलाई नराम्रो महसुस नहोस् भनेर मात्रै त्यसो भनेको हो।

"अझै अरु जाँचहरु छन, हरेश नखाउ। आजको कुरा बिर्स।" बिभाले मलाई सम्झाइ।

तर जती सम्झाए पनि जती बुझाए पनि मेरो साहित्य लिएर पढ्ने सपना तुहिन लागेको थ्यो। मैले बाँकी ३ वटा जाचमा धेरै नम्बर ल्याउन सक्नु पर्थ्यो, नत्र भए त्यस्रो जाँचले मलाई अब अरु अघि बढ्न देला जस्तो लागेको थिएन। मलाई त्यही मात्रै पीर परिरह्यो। मैले आफैलाइ धिक्कारी रहे। रुन मन लागे पनि रुन सक्दिन थिए। मेरै भुल थ्यो। मैले किताब एकचोटि पढ्नु पर्थ्यो, तर मैले नोट मात्रै पढेको थे। तर अर्को कुरा एउटै च्याप्टर बाट त्यती धेरै प्रश्न सोध्न हुन्थेन त्यो खुस्केटले। तर त्यसले त्यस्तो कुरा कहिले सोच्दैन। मनलागे एउटै प्रश्न घरि घरि दोहोर्याउछ हैन भने उसको मनखुशी प्रश्नहरु जहाबाट पनि सोध्छ। जे भए पनि मेरो गल्ती थ्यो त्यसलाई मैले स्वीकार्नै पर्थ्यो।

त्यो जाँचपछी मैले हरेक दिन किताब पढ्न थाले, नोट पढ्न थाले, बिभासँग सोध्न थाले नबुझिएका कुराहरु। जिबनले किताब मात्रै पढ्थ्यो तर उसले कती र कसरी पढ्ने भन्ने कुरा कहिल्यै बुझेन। त्यसैले उसले मलाई सोध्थ्यो र म उसलाई मद्दत गर्थे। डर त मनमा सधैं थ्यो, अब मैले कसरी तेस्रो जाँचको नम्बर हेर्ने। खुस्केटले प्रत्येक जाँचको नम्बरसङै कपी पनि फिर्ता दिन्थ्यो। मलाई त्यो कपी लिनै नपरे हुन्थ्यो भन्ने भएको थ्यो। मैले कसरी त्यो कपिमा हेर्ने होला भन्ने पीर थ्यो। क्लासमा पनि म चुपचाप बस्न थाले। मलाई एउटा जाँच त राम्रो नगरने मान्छेले किन जान्ने भएर प्रश्न सोध्नु जस्तो लाग्यो। मैले खुस्केटको अनुहार हेर्नै छोडे। लेक्चर सुनिन्जेल म नोट लेखेर बस्थे। तेस्रो जाँच बिग्रनु अघि मेरो फुर्ती अर्कै थ्यो। तर जाँचपछी म भौतिक रुपमा उपस्थित थे तर मानसिक रुपमा अद्रिश्य भएकी थे। मलाई आत्मग्लानी भैरहेको थ्यो।

नभन्दै त्यो दिन आयो। खुस्केटले कपी जाचेर फिर्ता ल्यायो। उसले एक एक गरेर नाम बोलाउन थाल्यो। मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो। मेरो कपी हराए पनि हुन्थ्यो भन्ने लाग्यो। मैले मनमनमा आफैलाइ सम्झाए, जे भएपनी अरुको अगाडि नरुनु। यत्रो ठुलो मान्छे भएर रोएको सुहाउदैन। मनलाई संयम गर मेरि! तिमी सक्छौ यो मनलाई कन्ट्रोल गर्न। एउटा जाँच बिग्रेर के भयो? अरु पनि त छन नि? अब त्यो कपीमा जे लेखिएको छ त्यो परिवर्तन हुँदैन। मैले आँखा बन्द गरे र आफैलाइ संयमित रुपमा हेर्न खोजे।

"मेरी!" जिबनको स्वरले म झस्के

"के?" मैले आँखा खोले।

"जाउ लिन!"

"हँ –“ मैले उसको कुरा बुझिन

"तिम्रो पेपर!"

"के??"

"मिस मेरी!" त्यो स्वर अर्कै थ्यो। खुस्केटले बोलाई रहेको थ्यो मलाई।
मैले जिबनलाई हेरे।

"तिम्रो जाँचको कपी लिन जाउ, अघिदेखी खुस्केटले तिम्रो नाम बोलाइरहेको छ।" उसले खुसुक्क भन्यो।

म अलमल परे एकैछिन, मैले खुस्केटलाई हेरे त्यसपछी जिबनलाई।

"मिस मेरी! म तिम्रो कपी राख्न सक्दिन। प्लिज लिन लाउ।" खुस्केटले भनेपछी म गए।

मैले नहेर्ने भनेको पहिलो पेजमै नम्बर देखे, ३५, "हे भगवान!" मनमनै पुकारे।

फेरी एक्चोटि हेरे, ३५ हैन रैछ ६५ आएको थ्यो। मैले खुस्केटलाई हेरे। उ मलाई हेरिरहेको थ्यो। मैले फेरी कपी हेरे। नम्बर ६५ नै थ्यो, तर कपीमा मेरो कुनै उत्तर मिलेको मिलेको थिएन। मलाई विश्वाश नै लागेन, मैले पुलुक्क हेरे खुस्केटलाई.

"त्यो तिम्रै कपी हो, मिस मेरी!" मौन उसको आँखाहरुले त्यस्तै भनिरहेको थ्यो।

मैले हतार हतार पेपर ल्याएर ब्यागभित्र राखे।

“खत्तम !” बिभा र जिबनको कौतुहलता मेटाउन श्वासै नफेरी भने

"मैले भनेको हैन म फेल हुन्छु भनेर!"

"अर्को जाँच राम्रो गर, यो जाबो एउटा जाँचले तिम्रो पूर्णाकमा कुनै असार गर्दैन।" बिभा सात्वना दिदैथी।

"त्यही त! अरु ३ वटा ठुला जाँचहरु छन नि।" जिबन पनि राम्रो साथी थ्यो मेरो।

मैले उनिहरुको कुरा सुन्दै अगाडि हेरे, खुस्केटले मलाई नै हेरिरहेको थ्यो। मैले हेर्नासाथ झस्कियो र ब्ल्याक्बोर्डमा लेख्यो।

“Wuthering Heights”

क्रमश:

 
Posted on 08-06-15 11:51 AM     [Snapshot: 443]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो पहिलो र दोस्रो जाँचमा 60% कटेको थ्यो" 
खोइ आफ्नो त ३३ भन्दा माथि कैले कत्या हैन.  एक चोटी हो examiner ले सायद दुइ तिन पेग लगा को थियो होला ३५ आको थियो एउटा subject मा.
" जिबन धेरै किताब पढ्थ्यो, म फिल्म हेर्थे। त्यही फरक थ्यो। "
भागी भागी फिल्म हेर्ने गरे को सम्जउनु भो क्रेजी ले...
"अनि ६५ आए पछि त पास हुन पर्ने हैन र "
यो पाली पनि सटिक गयो ल ... अर्को भाग कहिले आउछ कुन्नि ?

 
Posted on 08-09-15 4:56 AM     [Snapshot: 808]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

भाग-3

घर पुग्नासाथै मैले जाँचको पेपर फेरी दोहोर्याइ तेह्र्याइ हेरे। एक दुइटा बाहेक अरु कुनै उत्तर मिलेको थिएन, खासमा मेरो ६५ नम्बर कसरी आयो भनेर सोचिरहे। पेपर हेर्दा २ नम्बर पनि मुस्किलले आउन सक्थ्यो। म आत्तिए, के यो खुस्केटले बिर्सेंर नम्बर त दिएन। भोली फेरी एकचोटि हेरु भनेर माग्यो भने र ६५ काटेर २ दियो भने। यो ठीक होइन, फेल भएको पेपरमा यती धेरै नम्बर कसरी हुन सक्छ? कि म आँफै सोधु खुस्केटलाई? तर बिभा र जिबनले देख्यो भने बर्बाद हुन्छ। मैले उनिहरुको कती नम्बर आयो सोधिन, तर म फेल भए भनिसके। त्यसैले पनि उनिहरुको अगाडि मैले खुस्केटसँग कुरा गर्नु उचित लागेन। सुटुक्क सोधु क्लासमा सबै जना हुन्छन, मलाई के गरुँ? के गरुँ? भैरह्यो र मैले बिचार गरे। अब यो पेपर कसैलाई देखाउनु हुँदैन। यदी खुस्केटले फेरी माग्यो भने अर्कै कुरा, तर त्यो सम्भव छैन। जे भएपनी मेरो ग्रेड राम्रो बनाउनु छ। यो भन्दा राम्रो नम्बर ल्याउनु छ अर्को चोटि। यस्तै सोच्दै म आधा रातमा सुते त्यो दिन।

भोलिपल्ट कलेज पुग्नासाथै जिबनले बिभाको मुड ठीक छैन भनेर सुनायो। जिबन र बिभा दुबै केही कुरामा छलफल गर्दैथे।

"मेरो त अस्तिको जाँचमा नम्बर नै दिएन खुस्केटले!" बिभाले भनी।

"मलाई त झन ५० मात्रै दियो।" जिबनले भन्यो। मनमनै जिबनको त मेरो भन्दा कम रैछ, उसले झन सबै पढेर लेखेको। मैले लेखेको केही नमिलेको।

"मेरो त्यत्रो कन्फिडेन्ससाथ लेखेको त ७० मात्रै दियो त्यसले।" बिभाको मेरो भन्दा पाँच नम्बर बढी रैछ, मनमनमा जोडघटाऊ गरे। झन छक्क परे म, तर उनिहरुको अगाडि मैले फेल भएको नाटक गर्नु थ्यो। मैले सत्य बोल्नु मेरो र खुस्केट दुबैको लागि खतरनाक भैसकेको थियो।

"जाउ अब!" बिभाले भनी।

क्लास सुरु हुन १५ मिनेट बाँकी थ्यो, म अलमल्ल परे, कहाँ जाने भनेर।

" इन कि आउट?" जिबनले सोध्यो।

"के इन कि आउट?" मैले सोधे।

"प्रिन्सिपलका जाउ।" बिभाले भनी। "खुस्केटले पढाएको मात्र हैन पेपर पनि राम्रो जाँच्दैन भनेर कम्प्लेन गरौ।"

"हँ--?" मेरो लागि त खुस्केटले राम्रै नम्बर दिएको थ्यो, फेललाई पास गरेको थ्यो। मलाई धर्मसंकट पर्यो साथीको साथ दिउ वा खुस्केटको?

"हिजो त खुब कम्प्लेन गर्ने भनेर कुरा गर्दै थियौ, आज किन चुप तिमी ?" जिबनले मलाई सोध्यो।

"म फेल भएको मान्छेले कसरी कम्प्लेन गर्ने भनेर सोचिरहेको। तिमीहरुले त पढेको थ्यौ, दु:ख गरेको थ्यौ, राम्रो जाँच पनि दिएको थ्यौ। त्यसैले तिमीहरुले गएर कम्प्लेन गर्न सुहाउछ। मैले के भनेर कम्प्लेन गर्ने प्रिन्सिपलसँग?" मैले बिस्तारै भने।

"उसको कुरा पनि ठिकै हो।" बिभाले भनी।

"त्यसो भए के गर्ने त?" जिबनले सोध्यो।

"हामी मात्रै जाउ!" बिभाले जिबनलाई बोलाई।

"म पनि आउछु तर म भित्र अफिसभित्र जादिन। मेरो तिमीहरुलाइ नैतीक समर्थन छ नि।"

जिबन, बिभा र म गयौ प्रिन्सिपलका तर प्रिन्सिपल भेट्न सकिएन त्यो दिन। मेरो मनको बोझ आँफै हटेको जस्तो भयो मलाई। बिभा अर्को दिन प्रिन्सिपलका जाने कुरा गर्दै थी।
त्यो दिन खुस्केट क्लासभित्र पस्दा मेरो र उसको आँखा जुध्यो, किन हो किन मैले उसलाई हेरी रहे। उसले निलो र सेतो चेकभएको उज्यालो रङ्को सर्ट लाएको थ्यो। त्यसदिन अरुदिनभन्दा उ फरक देखिएको थ्यो। अनुहार चम्किलो देखिएको थ्यो। उसको रङ रुपमा खासै त्यस्तो ठुलो केही परिवर्तन देखिएको थिएन, तर पनि उसलाई देख्दा यस्तो लाग्यो उसले मलाई राम्ररी चिनेको छ, धेरै पहिलेदेखि नै हाम्रो चिनाजानी छ। शायद यो कलेज शुरु हुनुभन्दा धेरै अघि वा त्यो भन्दा पनि धेरै अघि। अघि बिहान प्रिन्सिपल नभेटेको कुरा सम्झे, मलाई खुशी लाग्यो। म उसलाई देखेर हाँसे, उसले पनि मेरो हाँसोको जवाफ मिठो मुस्कानले दियो र अगाडि गयो। मेरो मनमा धेरै पछी यस्तो घाम लाग्यो, जसको किरणहरुले मेरो अनुहारमा इन्द्रेनी रङ छर्यो।
त्यो दिन मैले याद गरे खुस्केट मलाई हेरिरहेको हुदो रैछ। मैले कतीखेर कस्तो भाब प्रकट गर्छु, त्यो पनि बुझ्दो रैछ शायद। उसले Wuthering Heights को प्रेमप्रसँग बयान गर्दै थ्यो। क्याथी, नायिका धनीकी छोरी एउटा गरीब नोकरसँग प्रेम गर्छे, जुन सफल हुँदैन र प्रेम बियोगान्त हुन्छ। तर क्याथी यती धेरै माया गर्छे नोकरलाई जसको नाम हिथ्क्लिफ हुन्छ। उ भन्छे " म हिथ्क्लिफ हुँ"। त्यस्तो पो प्रेम, त्यस्तो लगाब कसैले पनि गर्न सक्दैन। खुस्केट त्यो प्रेमको बयान गर्दैथ्यो, "जो प्रेममा आफ्नो अस्तित्वलाई बिर्सन्छ, र प्रेमिको सम्पूर्णतामा समर्पित हुन्छ, त्यस्तो प्रेम ईतिहासमा बिरलै पाईन्छ---"
"खोक्यो खुस्केटले ---" बिभाले बिस्तारै भनी।

"हो त। त्यस्तो प्रेम कस्ले गर्छ त?" मैले सुस्तरी भने।

"वाहियात! काम गर्ने नोकर र मालिकको छोरीको प्रेम पनि कहीँ सम्भब छ? नचाहिने कुरा!" बिभाको स्वर अघिभन्दा ठुलो भयो।

" धन हेरेर प्रेम गर्नु, फाईदा बेफाईदा हेरेर प्रेम गर्नु त ब्यापार गरे जस्तै भईहाल्यो नि। प्रेममा मनभन्दा अरुकुराको अर्थ हुँदैन, मन हेर्नु पर्छ।" मैले आफ्नो तर्क राखे।

"धेरै हिन्दी फिलिम हेरेको असर हो यो तिम्रो! मन त अद्रिश्य छ कसरी हेर्न सक्छौ मनलाई?" बिभाले सोधी।

"मनलाई हेर्ने आँखा होइन, मन नै हुनुपर्छ।" मैले पनि उ सँग झुक्न खोजिन।

त्यतिबेला मैले थाहा पाए, खुस्के कतिखेर उसको लेक्चर रोकेर मलाई आँखा तरेर हेरिरहेको थियो। मेरो बिचारमा उसले बिभा र मैले कुरा गरेको देख्यो अथवा सुन्यो थाहा पाइन। तर उ एकछिन सम्म चुप लाग्यो र भन्यो।

"यसो गरौ न। त्यहा निकै महत्वपूर्ण लेक्चर गरिरहेको जस्तो छ। बरु यहाँ अगाडी आएर सबैलाई तपाईंको लेक्चर सुनाउन।"

मैले बिभालाई हेरे, बिभा झ्याल बाहिर हेरिरहेकी थी। मानौ खुस्केटले मलाई मात्र सुनाइरहेको छ। म पनि चुपचाप बसे।

"मिस मेरी! बिन्ती तपाईं आएर यसो के कस्तो छलफल हो सुनाउनुस न!" खुस्केटले मलाई नै सुनाइरहेकोथ्यो।

"वास्तवमा हामी उपन्यासकै कुरा गरिरहेका थ्यौ। सर!" मैले जवाफ दिनै पर्यो।

"अनी?--" खुस्केटलाई धेरै नै रिस उठेको रहेछ।

"प्रेममा मनको भूमिका कती ठुलो छ भन्ने कुरामा मेरो र उसको बिबाद भएको थ्यो।" मैले खुस्केटलाई हेर्दै भने।

"ए-- कती ठुलो रैछ त?" उसले फेरी सोध्यो।

"यती ठुलो---" मैले दुबै हात फैलाएर भने, बल्ल खुस्केट हास्यो, बिभा हासी, अरुहरु हासे।

मलाई यस्तो लाग्थ्यो, खुस्केटले मेरो भाबहरु राम्ररी पढीरहेको हुन्थ्यो। मैले निधार खुम्चाउदा "के बुझेनौ? भनेर सोध्थ्यो। म अलमल्ल परे भने "के भयो?" भनेर सोध्थ्यो। कतिचोटि पढाउदा पढाउदै उ मलाई प्रतक्ष्य हेरिरहेको हुन्थ्यो, म उसलाई हेर्थे अनी अरुतिर हेर्थे।

त्यसपछी उसले चौथो जाँचको कुरा झिक्यो। कुन कुन च्याप्टर कती देखी कतिसम्म पढ्ने भनेर मुख्य मुख्य नोटहरु टिपायो। जब जाँच लिने दिन भन्यो मेरो मनमा फेरी अध्यारो छायो। उसले भनेको दिन र मेरो कामको अन्तरबार्ता एकै दिन परेको थ्यो। त्यो अन्तर्वाता एउटा राम्रो बिदेशी संस्थामा थ्यो। काम पाउनु भनेको मेरो जिबनको दिशा बदलिनु थियो। मेरो लागि यो अन्तरबार्ता जाँच भन्दा ठुलो थियो। ३ चोटि पोस्ट्पन्ड हुँदा हुँदा बल्ल मैले समय मिलाएको थिए। फेरी त्यही दिन खुस्केटले जाँच भन्दियो। हुन त जाँच छोडे पनि हुन्थ्यो, तर फेरी २ वटा बाँकी जाचमा राम्रो नम्बर ल्याउन गार्हो थ्यो। म जाँच पनि नछोड्ने अन्तर्वाता पनि नछोड्ने मनस्थितिमा थिए।
"कसैलाई केही सोध्नु छ?" नयाँ च्याप्टर पढाउनु अघि खुस्केटले सोध्यो।

"के म एउटा अनुरोध गर्न सक्छु?" मैले पछाडिबाट हात उठाउदै भने।

"कस्तो अनुरोध?" खुस्केट बोलीमा उही कठोरता थियो, उ फेरी अर्कै भएको थ्यो।

"के सोमबारको सट्टा अर्को कुनै दिन जाँच सार्न मिल्दैन?" मैले जतिसक्दो बिनम्र हुन खोजे।

"मिल्दैन।" उसले मेरो कारण नसोधी भन्यो।

"त्यो दिन म राम्रो तयारी गर्न सक्दिन जाँचको लागि। " मैले समस्या भन्ने कोशीश गरे।

"अहिले देखी पढ्ने अनी तयारी गर्ने।" उसले रुखो स्वरमा भन्यो।

"म जाँच दिन सक्दिन त्यो दिन!" मैले दिक्क मान्दै भने।

"अहिले लेक्चर पछी कुरा गर त्यसो भए।" मलाई उसले जाँच सोमबारबाट अर्को दिन सार्ला जस्तो लागेन। मैले लेक्चरपछी उसलाई भेटिन। मलाई साच्चै भन्दा उसको क्लासमा बस्नै मन लागेन। तर जबदेखी उसले जाँच सोमबार नै जसरी पनि गर्ने कुरा गर्यो, मैले उसलाई वास्तै गरिन। उसलाई ध्यान दिइन। शायद उसले यो बुझ्यो वा बुझेन, मलाई भने उसलाई बेवास्ता गर्दा रमाइलो लाग्यो। मैले खुस्केटलाई क्लासमा बसे पनि त्यसको मुखै हेरिन २ दिनसम्म।
किन किन मलाई उसले जाँचको दिन सार्छ भन्ने आशा लागिरह्यो मनमा।
साँच्चै तिनदिनपछी उसले आफ्नो निर्णय बद्ल्यो, जाँच सर्ने भयो, सोमबारको सट्टा मंगलबार। किनभने उसको एउटा जरुरी मिटिङ पर्यो सोमबार। बिभा र जिबनले मलाई हेरे, हामी तिनै जना हास्यौ। मेरो अन्तर्वाता छुटेन र जाँच पनि। मलाई बल्ल ढुक्क भयो।

"मिस मेरिको रिस अब गयो कि?" खुस्केटले त्यती भनेको मात्र मैले बुझे, उसले अरु के के भनेर जिस्काउदै थ्यो त्यो दिन मैले बुझिन।

"धन्यबाद सर!" मैले भने।

खुस्केटलाई सबै थाहा थ्यो, म रिसाएको, खुशी भएको, आतिएको, डराएको सबै कुरा बुझ्थ्यो उ मेरो। एक हिसाबले भन्ने हो भने जिबन र बिभाभन्दा नजिक जस्तो थ्यो। साच्चै भन्ने हो भने म आफुभन्दा पनि उ म सँग नजिक भएको जस्तो। कस्तो आफ्नै मान्छे जस्तो!

क्रमश:

 
Posted on 08-11-15 11:18 AM     [Snapshot: 1120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो नाम के हो ज्यु लाई चिने चिनेको जस्तो लाग्यो कमेन्ट हेर्दा, पुरानो मान्छे नाम नयाँ जस्तो छ।

कि के हो?
 
Posted on 08-11-15 11:26 AM     [Snapshot: 1121]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाग- 4

धेरै पछी म मा अनौठो परिवर्तन आएको थ्यो। अब म पढ्नु भन्दा धेरै ऐना हेर्थे, आफुलाई कसरी राम्री भन्ने कुरामा धेरै ध्यान दिन थाले। प्राय म सामान्य सनस्क्रिन मात्र लगाउथे, तर आफुमा आएको परिवर्तनपछी मलाई गाजल लाउन मन लाग्यो, लिप्स्टिक पनि लाउन मन लाग्यो, नयाँ नयाँ रङको लुगा लाउन मन लाग्यो। मेरो दराजमा खाली फिका रङहरु भएको लुगा मात्र थ्यो, मलाई गुलाफी, हरियो, रातो पनि लाउन मन लाग्यो। तर म सँग नयाँ लुगा किन्ने पैसा र समय थिएन। त्यसैले हरेक बिहान म ४-५ वटा लुगाहरु लगाएर हेर्थे र आफुलाई जुन धेरै सुहाउथ्यो, त्यही लगाउथे। हरेक दिन कलेज अघि सक्दो ताजा र राम्री देखिने कोशीस गर्थे। मेरो मन अब उड्न थालेको थ्यो बादलको माझमा। मलाई हरपल उसैले हेरिरहेको छ भन्ने लाग्थ्यो। जब मेरो धेरै समय राम्री बनेर खुस्केटको ध्यान आफुतिर आकर्षित गर्ने उदेश्यमा खेर जान थाल्यो, मैले पढाईलाई पनि निरन्तरता दिनलाई रातभरी ब्युँझिन पर्यो। त्यसले मेरो रुचिमा असर गर्यो र मेरो भोक, निद्रा र शान्ती हरायो प्रेमरोगमा।

"ओ माइ गड!" एक्दिन जिबनले मलाई देख्नासाथै भन्यो, म आतिए।

"के भन्यो?" बिभाले सोधी।

"मेरीले गाजल पनि लाउन थालेछ। कस्तो गाढा रातो लिप्स्टिक!" जिबन यसरी भन्दैथ्यो मानौ मेकअप गर्नु अपराध हो।

"उसलाई लाउन मन लाग्यो लाई।" बिभाले मलाई सरसर्ती हेरी र भनी "केटी मान्छेले मेक अप गर्नुमा कुन ठुलो कुरा भयो त?"

"नो! शि ह्याज चेन्जड! पढाईको यत्रो स्ट्रेसमा पनि कसरी राम्रो हुन सकेकी?" जिबन टवा परेर मलाई हेर्दैथ्यो।

"सो व्हाट? लाईफ इज शर्ट, इन्जोइ द मोमेन्ट!" मैले जिबनलाई हेरेर देब्रे आँखा झिम्काए।

"सी! जरुर केही भैरहेको छ, मेरी इज इन लव! मेरी इज इन लव! " जिबनले जिस्काउन थाल्यो।

"अफकोर्स! शी मेट हर हिथ्क्लिफ!" बिभाले नि मलाई जिस्काउन थाली।

"म पनि त हिथ्क्लिफ भन्दा कम ह्यान्ड्सम त थिइन। यत्रो ठुलो संसारमा म तिम्रो सामु उभिएको छु, मलाई किन देखिनौ मेरी?" जिबनले मलाई जिस्काउन छोडेन।

"तिमीलाई मेरो आँखाले मात्र देख्छ जिबन, मेरो मनले देख्दै देख्दैन। " मैले जिबनलाई भने।

"तिम्रो मनले देखेको त्यो हिथ्क्लिफ को हो त?" बिभाको प्रश्नले म हच्किए।

टाढाबाट खुस्केट कलेजको गेटभित्र पस्न लागेको देखे, मेरो हिथ्क्लिफ त उही थ्यो तर मैले उसलाई सबैको नजरबाट लुकाउन पर्थ्यो किनभने उ सँग मेरो सम्बन्ध मात्र एउटा शिक्षक त बिद्यार्थीको मात्र हुन सक्थ्यो। त्यो भन्दा बाहेक अरु कुनै हुन सक्दैनथ्यो, मेरो मन चिसो चिसो हुन थाल्यो, मैले बिभा र जिबनलाई मैले खुस्केटलाई प्रेम गर्न थालेको संकेत दिन हुँदैनथ्यो। मैले उनिहरुलाई जिस्केर पनि केही भन्नु हुन्नथ्यो। मलाई अब एउटा नाम चाहियो।

"बिनय! मेरो हिथ्क्लिफको नाम बिनय हो!" मैले सोचेर भने।
“बिनय भन्दा जिबन कती राम्रो नाम थियो। बिनय कस्तो कमन नाम?” जिबनले नाक खुम्च्यायो।

"नाम भन्दा राम्रो उसको हृदय छ। तिमीलाइ उसको नाम नपरेर के हुन्छ? उ भन्दा प्रिय मेरो अरु कोही छैन।" मैले नि केही सत्य केही असत्य कुरा गरे, वास्तवमा खुस्केटको नाम बिनय भन्दा पनि कमन नाम थ्यो।

"अनी हामीलाई कहिले भेटाउने त?" बिभाले मैले नसोचेको प्रश्न गरी।

"उ यहाँ छैन, लङ डिस्ट्यान्स रेलसनशिप हो। यदी मलाई भेट्न आयो भने भेटौँला।" एउटा झुठलाई बनाउन कती झुठ बोल्नु पर्छ भन्ने कुरा मैले सिक्न थाले।

"मैले पत्याइन, जब मान्छे यहाँ छैन भने तिम्रो यो मेक अप र लुगाको के अर्थ? जरुर केही रहस्य छ।" बिभाले शंका गरी, मैले केही भनिन।

"जे सुकै सोच, मलाई राम्री हुन मन लाग्यो त के गरु?"

त्यतिकैमा क्लास शुरु भयो, खुस्केटको पहिलो नजर म मा थियो र मेरो पनि, एकचोटि हामीले फेरी अधरको मुस्कान साट्यौ, कती मिठो लाग्यो त्यो पल, त्यही नै रोकिरहोस् जस्तो। उसले पढाउदै नपढाअोस अनी मलाई मात्रै हेरोस्, हामी केही नबोलेर खाली एक अर्कालाई हेरी मात्र रहौ जस्तो लाग्यो मलाई । कस्तो सुन्दर अनुभुती, उसको आँखाको भाषा मेरो मनको चाहना कस्तो मिलेको थियो।
मान्छेलाई शब्द किन चाहिन्छ प्रेममा?
के प्रेम अभिब्यक्त गर्न जरुरी छ?

क्रमश:


 
Posted on 08-11-15 4:41 PM     [Snapshot: 1281]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

After a long time reading something good and interesting. Thanks
@crazy _love I am a fan :)
 
Posted on 08-11-15 4:56 PM     [Snapshot: 1290]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा बस्तु राम्रो लाग्यो , लेखाई र प्रस्तुतीकरण आकर्षक छ !!
धन्येबाद crazy_love
 
Posted on 08-12-15 1:48 PM     [Snapshot: 1473]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के प्रेम अभिब्यक्त गर्न जरुरी छ? - एक दम जरुरि छ नि..
धेरै पछि राम्रो कथा पढ्दै छु. सायद आर्को भाग मा खुस्केट को love अभिव्यक्त हुन्छ कि ? कथा ले नया मोड लिदै छ.
मलाई चिने जस्तो भन्नु भयो . हो म पुरानो मान्छे तर नाम मात्र नया हो. एक बाक्य मा भन्नु भन्दा म "झेल्ली झ्याल्कुमार"  
अर्को भाग को प्रतिक्षा मा .....

 
Posted on 08-13-15 10:00 AM     [Snapshot: 1634]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

MimroRaMero ज्यू,

फ्यान बन्नु भएको रैछ, यो गर्मीमा त एसी पो चाहिन्छ होला जस्तो लाग्छ।
सुन्दर प्रतिकृयाको लागि धन्यवाद!

dream_big jyu,

मेरो लेखाइ मन पराइ दिनु भएकोमा धन्यवाद!

"मेरो_ नाम_ हो" aka झेल्ली झ्यालकुमार ज्यू,

तपाईं त लवको डाक्टर नै हो कि क्या हो १००% अभिब्यक्ती हुनु पर्छ भन्नु भयो त। हुनै पर्छ र भन्या। मेरी त हुन पर्दैन भन्छे त मलाई।

कि झेल्ली गर्न खोज्नु भएको?

लु आयो भाग- ५ छिट्टै!
 
Posted on 08-13-15 10:05 AM     [Snapshot: 1635]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

भाग-5

माया र पढाई दुबैलाई एकैसाथ लानु त्यो पनि एउटै ब्यक्तिसँग धेरै चुनौतिपूर्ण थियो। तुलना गर्दा पढ्न धेरै सजिलो तर कसैको मनभित्र मेरो लागि प्रेम छ भनेर भाबनाको लहडमा दिनरात उसैको बारेमा सोचेर बस्नु पक्कै पनि पागलपन थ्यो। त्यो पागलपन कति रमाइलो थ्यो, कति बिशेष थ्यो मलाई मात्र थाहा थ्यो। मलाई संसारको कुनै बिशेषज्ञले उपचार गर्न सक्दैनथ्यो। कसैले मलाई त्यो माया होइन भनेर विश्वाश दिलाउन सक्दैनथ्यो। माया जोख्ने कुरा थिएन, न त यही हो माया भनेर कुनै सुत्र बनेको थ्यो। प्रेम कथामा मायाको बिभिन्न रुप हुन्थ्यो, शायद एउटा रुप मेरो र खुस्केटको पनि थ्यो भन्ने मलाई आशा लाग्थ्यो। पढाईलाई मैले अरु महत्वपूर्ण बनाए, कारण त्यसकै माध्यमबाट म उसको मनभित्र पुग्न सक्थे। मलाई अरु कुराले छेक्न सक्दैनथ्यो। मैले हरेक दिन उसको नोट र किताब दुबै दोहोर्याएर पढ्न थाले। चौथो जाँच आउन लागेको थ्यो, र मेरो उदेश्य सकेसम्म १००% ल्याउने थियो। म सँग अरु उपाय थिएन। म दिन रात उसकै मात्र सब्जेक्ट पढ्न थाले। जब म पढ्न बस्थे मेरो मुटु छिटोछिटो दौडन्थ्यो र मलाई अब त्यो छिटोपनसँग डर लाग्न थालेको थ्यो। किनभने पाँचौ जाँचपछी खुस्केटको क्लास सकिन्थ्यो। मलाई थाहा थिएन क्लास सकिए पछी मेरो मनको हालत के हुन्छ? मलाई सोच्न पनि डर लाग्थ्यो। मायामा पीडा पनि हुन सक्छ भनेर मैले आफ्नो मनलाई सम्झाउने कोशीश गरी रहे।

चौथो जाँचमा पनि उसले धेरै घुमाउरो प्रश्नहरु सोधेको थ्यो। मैले आफुलाई आत्मबिश्वास भएको प्रश्नहरुको उत्तर पहिले लेखे अनी शकाँ लागेको प्रश्नहरु पछीलाई राखे। १० मिनेट बाँकी हुँदा उसले हामीलाई समय सकिन लागेको जानकारी दियो। मैले टाउको उठाएर हेरे, बिभा पनि लेखिरहेकी थि। जिबन अघी नै गैसकेको थ्यो, अगाडि २-३ जना बिद्यार्थीहरु अझै लेखिरहेका थे। म एउटै प्रश्न नबुझेर अड्किरहेको थिए। खुस्केट मलाई हेरिरहेको थ्यो, मेरो आँखामा केही आशाहरु थिए।

"मैले यो प्रश्न बुझिन!" मैले भने।

"प्रश्न त सिम्पल छ, के बुझेनौ?"

"यो प्रश्नको धेरै जवाफहरु हन सक्छ, तपाईंले कुन जवाफ खोज्नु भएको होला भनेर म दुबिधामा छु।"

"तिम्रो जवाफहरु के के हुन सक्छन?" उसले अरु बिधार्थीहरुलाई डिस्टर्ब नहोस् भनेर बिस्तारै सोध्यो।

मैले संभब भएका सबै जवाफहरु उसलाई भने, उसले टाउको हलाएर संकेत दियो, र जुन जवाफ उसलाई चाहिएको थ्यो, त्यस्मा मलाई रोक्यो।

"अब लेख्न शुरु गर, समय सकिन लाग्यो।"

मैले बुझे र लेख्न थाले, बिभा र अरु बिद्यार्थीहरुले हाम्रो कुरा सुने कि सुनेनन मैले खासै ध्यान दिन पाइन। तर खुस्केटले मलाई प्रतक्ष्य रुपमा जाँचमा मद्दत गर्यो, त्यो अबश्य पनि एउटा शिक्षकको राम्रो गुण होइन। तर मैले त्यसलाई पनि आफ्नै ढंगले बुझे, उसले मलाई जवाफ सिकाएको हैन, के हो भनेर बुझ्न मद्दत गरेको हो। त्यसमा उसको के गल्ती? सोधेको त मैले हो।

समय सकेर सबैले आ-आफ्नो पेपर बुझाए।

म बल्ल दोहोर्याउन थाल्दैथे, खुस्केटले केही भनेन, एकछिन कुरेर बस्यो। मैले "सरी" भने।

कपी बुझाउने बेलामा उसले सोध्यो।

"तिमीले आफ्नो नाम त लेख्न बिर्सेंको छैनौ नि?"

"छैन जस्तो लाग्छ!" मैले भने तैपनी उसले चेक गर्यो।

"मिस मेरी! तिमी किन सधैं जाँचमा आतिन्छौ? सही जवाफ लेख्छौ अनी फेरी काट्छौ, तिम्रो कपिमा धेरै केरमेट हुन्छ।"
"मेरो बानी नै त्यस्तो!" मैले उसलाई नहेरी भने।

उ हास्यो।

"किन आतिनु पर्यो त?" फेरी सोध्यो।

"डर लाग्छ, जाँच बिग्रिन्छ अनी भबिष्य सोचे जस्तो हुँदैन भनेर।"

"त्यसरी डराएर पनि जिबन अघी बढ्छ त? जे कुराले मार्न सक्दैन त्यसले झन धेरै बलियो बनाउछ भन्छन नि!" मैले केली क्लार्कसनको गीत सम्झे।

"म तपाईंको प्रश्न नै बुझ्दिन।" मैले नडराएर भन्दे।

"नबुझे पछी सोध्नु पर्छ नि।" उ बिस्तारै हास्यो।

"प्रश्न सोध्दा म आफुमात्र मुर्ख हुँ जस्तो लाग्छ क्लासमा।" मैले भने।

"त्यस्तो सोच्नु भयो भने त कही पनि पुगिदैन जिबनमा।"

"तपाइ प्रश्न किन अली सजिलै बुझ्ने बनाउनु हुँदैन? मलाई जहिले तपाईंको प्रश्नहरु जटिल लाग्छन।"

"त्यसोभए म अर्को जाँचमा तिम्रो यो कुरा ध्यान राखेर प्रश्न बनाउछु।"

"धन्यबाद सर!"

"चिन्ता स्वास्थ्यको लागि ठीक हैन मिस मेरी! धेरै चिन्ता लिने नगर।"

"म कोशीश गर्नेछु सर!" भन्दै क्लासबाट निस्के।
घरमा गएर मेरो पुरानो जाँचको पेपरहरु खोजे, खुस्केटले ठीक भनेको थ्यो। मेरो प्राय उत्तरहरु ठीक हुन्थे, मैले तिनिहरुलाई काटेर फेरी बेठिक उत्तर लेखेको हुन्थे, र पनि खुस्केटले मैले काटिसकेको उत्तरहरुलाइ नम्बर दिएको थ्यो। मैले त त्यो कुरा कहिल्यै याद गरिन। तेसो भए के खुस्केटले मलाई पहिलेदेखी नै नम्बर दिएर सहानुभुति देखाइरहेको थ्यो? कि उसले मलाई माया गरिरहेको थ्यो? मलाई झन झन कौतुहुलता लाग्न थालयो। के उसले अरु बिधार्थीलाई पनि त्यसरी नै नम्बर दिन्छ? मलाई बिभा र जिबनको पेपरहरु हेर्न मन लाग्यो तर उनिहरुको पेपर हेर्न आफ्नो पेपर पनि देखाउनु पर्थ्यो। मलाई त्यती धेरै खोजिनिती गर्न मन लागेन। यती थाहा भयो खुस्केटले मलाई बिशेष ध्यान दिएको छ र उ पनि मलाई भित्र भित्र मन पराउछ।

त्यो रातभरी सप्तरङी सपनाहरु फुले मेरो मनमा, खुस्केटसँग गरेको प्रत्यक वाक्य रिप्ले भैरह्यो, उसको हासो उसको हेराइ सबै आँखावारीपरी घुमिरह्यो। उसङको केही पल कती सुन्दर! उ पनि मलाई चाहन्छ, उसलाई थाहा छ मलाई के भैरहेको छ, तर उ कुरा गर्न सक्दैन। न त म भन्न सक्छु कसरी राखेको छु मैले उसलाई मेरो हृदयको एउटा कुनामा जहाँ केबल माया नै माया छ।

क्रमश:



 
Posted on 08-13-15 12:25 PM     [Snapshot: 1700]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एञ्जोयेद एवेरी सेंतेंचेस !!! वैतिंग फोर अनोदर पार्ट.
 
Posted on 08-13-15 3:01 PM     [Snapshot: 1712]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निक्कै गहिरिएर व्यक्त गरिएका संवेगहरु अनि निख्रियेको शैली हजुरको ....... साथि साथि बिचको पढाइ सम्बन्धि इर्श्या , मुख्य पात्र भित्र दन्किरहेको प्रेम ज्वालारुपी मनोवाद अनि फेरी एक बिधार्थीको शिक्षक प्रतिको व्यवहार जस्तै नम्बर पाउँदा र नपाउँदाका भावहरु प्रखर तरिकाले पेश गर्नु भयो ..... एक्कै फेर सप्पै भाग पढी भ्याएँ... एकतर्फी (अहिले सम्मको लागि) प्रेमको कस्तो रंगिन ब्याख्या .....सारै मन पारिरहेको छ .... ल अब अर्को भाग को प्रतिक्ष्यारत छु .

- थाहा छैन
 
Posted on 08-13-15 3:31 PM     [Snapshot: 1821]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Great depiction of first love/attraction.. Posts like yours keep sajha worth visiting.. Keep up the good work, and um.. don't go too crazy..

cheers..
 



PAGE:   1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters