[Show all top banners]

gaalab
Replies to this thread:

More by gaalab
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी ३७ --

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 90946 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 12-11-06 1:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,
-- चौतारी -- भाग ३७ --


उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३७सौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। उसबेला नमेको चौतारोले परिचित यो चौतारी अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो।

यस पटक चाहिं लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।

सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे सबैलाई स्वागत गर्दछौं।

आज चौतारीको ३७ औं भाग पस्किंदा अनायासै मास्टर्नी दिदीको भावना सम्झिन पुगें।

हाँसो खुशी मित्रता आत्मियता अनि आफ्नोपनको अनूभूति चौतारीको विशेषता
--मास्टर्नी दिदी



साझा चौतारीका ताजा खबर:

  • ठुलीलाई नेपाल बसाइको सुभ-कामना! पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(

  • जिम्मालबाले एक अर्को हिंउँद, एक अर्को वर्षा पार गरेर, उमेरलाई १ जोड्न पुगेका छन्। शुभकामना!

  • साझा चौतारी पनि विकीमा

  • पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???



 
Posted on 12-11-06 1:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(साझा चौतारीका ताजा खबर:)
यो भने गजब गर्या हो गाले ले,


----------------------------------------
चौतारि खन्न जापान बाट लुम्बिनि सम्म पुगेकोमा धेरै धेरै धन्यबाद
 
Posted on 12-11-06 3:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल धन्यवाद है गालव नयाँ चौतारी को लागि,
अनि गालव कहिले कहि मुइले नि ख्याल् ख्यलैमा सबैलाइ मनपर्ने राम्रो भावना खोक्स् गर्छु नि हौ-----मेरो सानो टुक्रा शब्दहरुलाइ सबैले यसरी मन पराइदिनु भएर चौतारीकै शिरमा समावेस गरिदिनु भएकोमा यँहाहरु प्रति आभार प्रकट् गर्दछु ।

खै त हाम्रो निशेको नाम्? छुटेछ नि!! अहिले नि ।मलाइ त खुबै मन पर्छ नि हौ त्यो के जाति निशे :)

ह्या त् भुत नाचेर पनि थाक्नेबेला भैसक्यो के रे :)
 
Posted on 12-11-06 4:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालब ब्रो,
चौतारी चिनेकोमा बधाई छ है! तिम्रा सन्तानले डाडाँ काडाँ ढाकोस् ।
:)
 
Posted on 12-11-06 4:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको ३७ औं खुड्किलोमा सप्पै गालेरुलाइ अभिबादन !

राम्रो काम गरेउ गालब्, ३६ औं धागो भरिसक्या'थ्यो, धन्यवाद ।

ऐले यस्सो यो बाटोबाट जाँदाखेरी हाजिर मात्रै गरेर जाम भनेर आको, साउको सिङगै खेत जोत्न बाँकी नै छ, बेलुका काम सकेपछि भटमास र चिउरा खाँदै बात मरुम्ला ।

रोल लमबर १०१ ग्वाँचे ...............आ'छु मिस !!
 
Posted on 12-11-06 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ चौतारि चिनेकोमा गालबलाइ सलुट !!!
अरु सबै गाउलेलाइ ढेर् सारा प्यार् !
क्यार्दै छौ हँ सप्पै?
 
Posted on 12-11-06 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालेले चिनेको चौतारी
कस्तो राम्रो! आऊ बसम् दम्तरी!

गालउलाई धेरै धेरै धन्यवाद!
 
Posted on 12-11-06 7:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाले दामी छ यो चौतारी । फरक अनि भिन्न , खतरा खतरा ......
अनि यो ‍‍- "साझा चौतारी पनि विकीमा " लाइ मैल त बिक्रिमा हो कि भन्ने धस्केको क्या, कताबाट साझा चौतारी बिक्रीमा गएछ भनेर नि ।


ल चौतारी चिनेको धर्म छीट्टै लागोस गालब लाइ ।
 
Posted on 12-11-06 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, चौतारीमा भालाकुसारी गरौं। धन्यवादको लागि धन्यवाद!! :)
आज सानो कथा लेख्ने प्रयास गरेको छु। केही मिनेटहरु लगाएर पढी ताली-गाली दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। हुन त बल्खुतिर राखौं जस्तो नलागेको नि हैन। तर, यसो सोचें, यहीं राख्दा ठिक होला भनेर।

अल्छी र लापर्वाही मानिसहरु

यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर दिन्छन्। काम सफल भए तक्मा र जस कमाउँछन्। असफल भए गाली पनि खान्छन् अनि हामीमाथि रिस पोख्छन्। हाम्रै कामको आधारमा २-४ वर्षैमा या त बढुवा भएर केन्द्रतिर लाग्छन् या सरुवा भएर अरु अफिसमा पुग्छन्। तर लगातार म र पुष्पक भने यही प्रकोप विभागमै छौं।

आज मध्येदिनमा एक्कासि अफिसमा साइरन बज्यो र स्वचालित एनाउन्स आयो - "सफलनगर छब्बिस नम्बर वार्ड, चार नम्बर सडकको एघारौं घरको त्रिचालिसौं तल्लाबाट धुवाँ आएको छ। गम्भीरता ६५ प्रतिशत। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी २ दशमलब ७ किलो मिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय १ मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि --" हामीलाई एनाउन्स सुनिरहने समय थिएन। मेरो नयाँ बोस सञ्जयले मलाई हिंडिहाल्न निर्देश गर्यो। अफिसको पार्किङ् लटमा पुग्दा पुष्पक कारमा बसिसकेको रहेछ। म सिटमा बस्दासम्ममा उसले घटनास्थल पुग्ने रुटको योजना गरिसकेको थियो। कारको स्वचालित नेभिगेटरले सूचना गर्यो - "हालको स्थान १९ समानन्तर र २ नम्बर सडकको चोक। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी २ दशमलब ७ किलो मिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय १ मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि कृपया १९ समानन्तरबाट पूर्वतिर २ ब्लक जानुहोस् र ४ नम्बर सडकमा देब्रेतिर मोडिनुहोस्। ४ नम्बर सडक आएपछि उत्तरतर्फ ५ ब्लक -- " हामी अफिसबाट २ नम्बरको सडक लिएर उत्तरतर्फ लागिसकेका थियौं। नेभिगेटरको एनाउन्स बिचैमा फेरियो।
"पुष्पक तिमीले गलत बाटो पक्डियौ। सबभन्दा छोटो दुरीबाट जानको लागि १९ समानन्तर लाग्नु पर्ने थियो। पछाडि फर्क!"
एनाउन्सलाई मतलब नगरी हामी समानन्तर १८ मा आइपुग्न लागेका मात्र के थियौं, एनाउन्स फेरि पनि फेरियो - "पुष्पक, म तिमीलाई फेरि पनि भन्दैछु। तिमीले गल्ती बाटो पक्डियौ। यहाँबाट घटनास्थल पुग्नको लागि सबभन्दा कम दुरीले पुग्नको लागि अब समानन्तर १८ मा दाँयातिर मोड।"
मैले नेभिगेशन बन्द गरिदिएँ। वास्तवमा १८ समानन्तर र ४ नम्बर सडकको चोकमा हिजो भर्खर एउटा दुर्घटना भएको थियो। एउटा सन्काहाले बाटोको बिचमा जबर्जस्ती गाडी रोकिदिएकोले पछाडिबाट लगातार २१ वटा गाडीहरु एक पछि अर्को गरी ठक्कर खाएका थिए। हामीलाई सडक सुचारू गर्न पुरै १३ मिनेट लागेको थियो। गाडीका सबै सिटमा इमर्जेन्सी डल्लपहरु निस्केकोले मानिसहरु हात पात त हुन पाएनन्। तर यो तीस वर्षे क्यारियरमा २५ जना घाइते हुनेगरी भएको दुर्घटना मैले पहिलो पटक सम्हालेको थिएँ। हामीलाई दिइएको निर्देशन अनुसार अति आवश्यक कारण बाहेक एक चोटि दुर्घटना भएको सडकमा ४८ घन्टासम्म प्रयोग गर्न मनाही थियो। त्यसैले नेभिगेटरको सहयोग आज लिन नसकिने पक्का थियो। हिजो भएको दुर्घटना सायद नेभिगेटरमा अपडेट गरिएको थिएन। अल्छी र लापर्वाही मानिसहरु!

हिंडेको ५५ सेकेन्डमै हामी प्रगतिचोकमा आइपुग्न लागेका थियौं। पुष्पकले इमर्जेन्सी साइरन बजायो। अगाडिबाट आउने मोटरहरु रोकिन आँटेका देखिए। ठीक पाँच सेकेन्डमा हामी दाइनेतिर मोडिएर समानन्तर १४ पक्डेर पूर्वतिर हानियौं। घटनास्थल पुग्नको लागि अँझै ३३ सेकेन्ड लाग्ने अडकल काटें। मैले सञ्जयलाई हामी १२:०३:३५ मा घटनास्थल पुग्ने अनुमान भएको सूचना पठाएँ। सञ्जय हाम्रो युनिटका अरु ५ जनासहित दमकल लिएर हाम्रो पछि आउँदै थियो। सञ्जयले हामीलाई घटनास्थलमा तत्काल जाँच गरेर मानव उद्दार सुरु गर्ने निर्देशन दियो।

अनुमान गरेको समयमै हामी ४ नम्बर सडकको चोकमा देब्रे मोडेर एघारौं घरमा आइपुग्यौं। यस सडकमा मोडिने बेलामा नै मैले कारको छानोलाई खोलेर घटनास्थल हेर्न भ्याएँ। एघारौं घरको सबभन्दा माथिल्लो तल्लाबाट कालो धुवाँ निस्किंदै थियो र अलि अलि रातो राँको बाहिर आउला जस्तो गरी बढ्दै थियो। हिसाब गर्दा सञ्जयहरु आइपुग्न ५३ सेकेन्ड अरु लाग्थ्यो। त्यति समय खेर फाल्न कदापि पनि सकिने थिएन।

त्रिचालिस तल्लामाथि तत्काल पुग्नको लागि हामीसँग एक मात्र विकल्प थियो। मैले पुष्पक तिरहेरें, उसले सहमति जनाउँदै टाउको हल्लायो। यतिञ्जेल अर्ध रुपमा स्वचालित गाडीको ह्यान्डललाई पुष्पकले पूर्ण रुपमा म्यानुअल मोडमा फेर्यो। र गाडीलाई सडकबाट पेटितिर बढायो। घरको भूईं तल्लामा आइपुग्दासम्म मैले आफ्नो सिटबेल्ट कम्मर र छाति २ ठाउँमा बाँधिसकेको थिएँ र पुष्पकको सिटबेल्ट बाँध्ने बटन पनि थिचें। पाङ्ग्रालाई सामान्य मोडबाट भ्याकुम मोडमा फेर्ने बटन दबाएँ। एकै छिनमा हाम्रो सिटमुनिबाट पेचीले चल्ने फलामका चार वटा लिफ्टर तल भूईंतिर बढे र बिस्तारै गाडीलाई उचाले। सडकबाट ३० सेन्टीमिटर उठेपछि चारवटै पाङ्ग्राको वरिपरि सोली आकारका ठुला ठुला बाक्ला प्लास्टिकका टुलहरु फिताहरु बाहिर पर्ने गरी गाडिए। यतिञ्जेलमा पुष्पकले गाडीबाट लामो लिभर त्यस बिल्डिङ् तिर जाने गरी पुर्याइसकेको थियो। लिभरको टुप्पामा भएका भ्याकुमका सोलीहरु बिल्डिङ्को बाहिरपट्टि अड्याएर गाडी भूँईसँग नब्बे डिग्री परेर झुन्डियो । चार वटै पाङ्ग्रा त्यस बिल्डिङ्गका भित्तामा अडिएपछि पुष्पकले लिभरलाई फिर्ता तान्ने बटन दबायो। सञ्जय आइपुग्दा हामी बिल्डिङ् चढ्न तयार भइसकेका थियौं।

क्रमश:
 
Posted on 12-11-06 8:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अल्छी र लापर्वाही मानिसहरु

पुष्पकले गाडी हाँक्यो। पाङ्ग्रामा जडान गरिएको सोली बिल्डिङ्को भित्तामा धसिंदा निस्कने भ्याकुमको शक्तिमा भर पर्दै हामी बिल्डिङ् उक्लन थाल्यौं। ४३ तल्लाको शिशा फोरेर भित्र पस्दा एउटा बच्चा रुँदै बाहिर निस्कने प्रयास गर्दै थियो। ऊ ढोकाको भित्रपट्टि राखिएको स्क्रिनका अंकहरुमा हात लगाउँदै ढोका खोल्ने प्रयत्न गर्थ्यो। तर, सही गोप्य अंक थाहा नभएर ढोका खुल्दैनथ्यो। उसको क्रन्दन सुनेर सँगैको भित्तापट्टिको पलंगमा सुतिरहेकी बृद्दा (जो सायद उसकी हजुरआमा थिई) उसलाई सहयोग गर्न खोज्दथी तर ऊ पनि आफैंमा असक्त थिई। उसको देब्रे खुट्टा पलंगमा टाँगिएको डन्डीसँग बाँधिएको थियो। लाग्थ्यो उसले यही दुई‍-तीन दिन अगाडि खुट्टा भाँचेकी थिई। बृद्दा र बालकका आँखा ठुला ठुला थिए र ती दुबै जना ढोकातिर हेर्दै चिच्याउँए। हाम्रो कोठामा प्रवेशसँगै उनीहरुको चिच्याहट अलि कम भयो। मैले बिशेषाधिकारको कोड प्रयोग गरेर ढोका खोली बालकलाई बाहिर पुर्याउँदासम्ममा पुष्पकले त्यस बृद्दा सुतेको खाटलाई कुर्ची मोडमा परिवर्तन गरी पाङ्ग्राहरुलाई गुड्ने मोडमा फेरेर ढोकातिर धकेल्यो। बृद्दालाई बाहिर ल्याएपछि लिफ्टमा ती दुईलाई चढाई लिफ्ट सिधै भूईं तल्लामा मात्र रोकिने गरी छोडिदियौं। हाम्रा सहकर्मी मानिसहरु पहिलो तल्लामा उनीहरुलाई स्वागत गर्न तयार थिए।

आगलागी भएकोकोठामा पुन: प्रवेश गर्दा आगो निकै बढिसकेको थियो। हामी यस कोठामा आइपुग्न अरु २ मिनेट लागेको भए ती दुई बालक-बृद्दा जलेर भष्म हुने पक्का थियो किनभने अहिले आगो अघि त्यस बृद्दाको खाट रहेको ठाउँसम्म आइपुगेको थियो र कोठाका हरेक फर्निचर धपधपी बल्दै आगोका शिकार हुँदै थिए। आगोको बिचबिच हाम्फाल्दै पुष्पक अघि फोरेको शिसाको भित्तातर्फ गयो र खल्तीबाट सेतो टेप निकालेर त्यसलाई तन्काउँदै प्वाललाई पुरिदियो। मैले कोठालाई पुरै बन्द गर्ने स्वीच दबाएँ। बल्ल कोठा र बाहिरबिच हावा सर्न नपाउने भयो। मैले "आगलागी-बटन" थिचें र कार्बनडाइ-अक्साइडले पुरै कोठा भरिदिएँ। केही क्षणमै पूरै आगो मर्यो र कोठा पुरै सेतो, कुहिरो कैद गरिराखेको जस्तो, देखियो। हामी पुन: ढोकालाई बिशेषाधिकार कोड प्रयोग गरी खोलेर निस्कनु र सञ्जय लिफ्टबाट बाहिर निस्क्नु एकै साथ भयो। हामीले आगो पूर्ण रुपले दबाएको जानकारी दिंदा उसले लामै सास तान्यो।

सञ्जयको काम भने भर्खर मात्र शुरु भएको थियो। उसले घरमुली ४२ औं तल्लामा बस्ने कुरा पत्ता लगाइसकेको रहेछ। हामी पनि सँगै तल्लो तल्लासम्म भर्याङ्बाट ओर्लियौं। घरमुली निस्कन मानेन तर सञ्जयले ढोका फोरेर भनेपनि भित्र छिर्ने धम्की दिएपछि भित्रबाट एउटा ३५ बर्षनाघेको मानिसले ढोकाबाट टाउकोमात्र निकालेर सञ्जयतिर बन्दुक सोझ्याउँदै भाग्ने चेतावनी दिन थाल्यो। मैले प्रकोप बिभागमा काम गर्दा अहिलेसम्म यस्तो परिस्थितिको सामना गर्नु परेको थिएन। तत्काल निर्णय लिनु पर्ने अवस्था आयो। म हत्तपत्त सञ्जयको अगाडि उभिएँ। त्यस मानिसले हाम्रो प्रतिरक्षाको चाल बुझ्न नपाउँदै पुष्पकले त्यस उसको टाउको र दाहिने हात समात्यो। हतारमा उसले गोली चलाउँदा सञ्जय एक्कासि चिच्यायो तर उसलाई केही भएको भने थिएन। गोली मेरो घुँडामा लाग्यो र भूईंमा झर्यो।

मानिसलाई नियन्त्रणमा लिएपछि थाहा लाग्यो, अघिका बृद्दा र बालक उसकी आमा र पहिलो श्रीमती तर्फको छोरा रहेछन्। उसकी दोश्री श्रीमती ऊसँग झगडा गरेर रिस फेर्न ती ज्यामा-नातिको कोठामा आगो लगाएर कोठा बन्द गरी हिंडेकी रहिछ।
"अनि कोठामा आगो लाग्या थाहा पाउँदा पाउँदै किन यो कोठामा चुपचाप आफैंलाई थुनेर बसेको त? तिम्रो कर्तव्य छैन ती आशक्त दुई जनालाई बचाउने?" सञ्जय कुर्लियो।
"तिमीहरु प्रकोप बिभागबाट ४-५ मिनेटमा आएर ठिक पार्न सकिहाल्थ्यौ नि! र, सक्यौ पनि। यस्तो थाहा हुँदा हुँदै मैले किन दु:ख गर्नु पर्यो?" त्यस मानिसबाट उत्तर आयो। ऊ घटना हुँदा ४२ तल्लामा थियो। त्यसैले हिसाब गर्दा, यदि उसले चाहेको भए, हामीले गरेको काम उसले डेढ मिनेट अगाडि नै फत्ते गर्न सक्थ्यो।
"तँलाई लाछी!" सञ्जयले उसलाई हतकडी लगाउँदै भन्यो, "तेरो मानवता कता गयो? यी दुई रोबोटहरु नभएको भए तेरो सारा परिवार डढेर नष्ट हुन्थ्यो। अँझै यस्ता कुरा गर्छस्? तँलाई मेरो प्रहरी बिभागबाट प्राप्त बिशेषाधिकार प्रयोग गरी मानव जीवनमाथिको हेलचक्र्याइँ अनि प्रकोप बिभागको अफिसरको हत्याप्रयासको अभियोगमा गिरफ्तार गर्दछु।"

मैले मेरो घुँडामा लागेको गोली भूईं टिपें र त्यस गोली लागेको ठाउँ नियालें। सानो खत लागेको रहेछ। सायद मानिस भएको भए ह्वालह्वाल्ती रगत आइरहेको हुने थिय। घटनाको रिपोर्ट तयार गरें। आन्तरिक संचारमार्फत पुष्पकलाई गाडीमा फर्किन इशारा गरें। हामी दुई पुन: ४३ तल्लामा उक्ल्यौं, भर्खरसम्म आगो लागेको कोठामा पस्यौं। अघि टालेको टेप झिकेर फालेपछि पुष्पक गाडीको चालक सिटमा बस्यो र मलाई पनि सँगै बस्नको लागि हात दियो।

"४२ तल्लामा भएको मान्छे, ४३ तल्लामा आगो लाग्दा पनि सहयोग गर्न नजाने। यी मानिसको जात कति अल्छी? कति लापर्वाही?"

समाप्त:॥
 
Posted on 12-11-06 9:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर्दा हेर्दै चौतारीको पनि ३७ औँ भाग भइसक्यो। अस्ति भर्खर आएजस्तो लाउछ चौतारीको १६ औँ भागमा। हन यो समय भन्ने जन्तु नि रेलमा चढेर हुइँकिन्छ कि कसो? कत्ति चाँडो दौडिएओ होला हत्तेरी!!

गालउलाई धेरै धेरै धन्यवाद नयाँ चौतारी चिनेकोमा। त्यहि हो! तिम्रा सन्तानले डाँडा काँडा ढाकुन्।

लौ कथा नि हालिसकेछ। अब फुर्सद मिलाएर पढ्नु पर्यो!! शिर्षक नै "अल्छि र लापर्वाही मानिसहरु" भन्ने लेख्या छ, के हो के? मलाई गाली गर्नु गर्या छ कि क्या हो कथामा--- हे हे हे!!

सबैलाई नमस्ते!!

:-)
 
Posted on 12-11-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जन्मदीनको शुभ-कामना भन्दै उमेर र जिन्दगी मिलेर जिम्माललाई बुढेसकालको माला लाईदीएछन। तर बिधीको अब बिडम्बना मैले रोकेर नसक्ने -- साबधान हुँदै गरम् है पर्भो छिप्पेका उमेर त घातक हुन्छ्न् रे भन्छन -- हुन त मैले "जिम्माल बा" भनेर चौतारी हल्लाईस्क्या मान्छेलाई सम्झाई रहन त परोईन।

---------------
न साट्न मिल्ने न बेच्न
उपहार भन्दैमा नहुने रे छ

न फ्याल्न मिल्ने न राख्न
नासो भन्दैमा नहुने रे छ

न बोक्न मिल्ने न बिसाउन
बाचा भन्दैमा नहुने रे छ

न दीन मिल्न न लिन
जिन्दगी भन्दैमा नहुने रे छ

अभिबादन्।
 
Posted on 12-11-06 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PADEKKO CHHAI CHHAINA TARA AILE NAI TALI DIYE PARRRRRRRRAAAAAA.



 
Posted on 12-11-06 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(साझा चौतारीका ताजा खबर:)
यो भने गजब गर्या हो गाले ले,

धन्यबाद् गालव्, यति सुन्दर् चौतारी को लागी।
नमस्ते सबैलाई
 
Posted on 12-11-06 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्लेहरु!!
गालब ले नयाँ चौतारी बनाईसकेछ, धन्यवाद!
लु अब ट्याम मिला'र पढ्नु पर्‍यो, एकछिन पछि भेटौँला
 
Posted on 12-11-06 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो गालउ!! क्या दामी रहेछ नि कथा त!!

शुरुमा त कुरै बुझ्न गार्‍हो भएको थियो, झन 'गोली घुँडामा लागेर तल झर्यो' भन्दा त पुरै कन्फ्युज भा'थिएँ, पछि पो बुझियो।

धेरै राम्रो कथा--- वास्तबमै "अल्छी र लापर्वाही मानिसहरु"---रमाइलो भयो सोमबार बिहान!

:-)
 
Posted on 12-11-06 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालव को कथा त गज्जब् को रैछ नि। बल्खु गाम्मा नि राख्नु पर्ने हो नि त, अरुले नि पढ्न पाउछन् नि।
 
Posted on 12-11-06 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

(((Clap))) (((Clap))) (((Clap)))
galab ko katha laai :-)
ani THANKS chautaree banaaeko ma .

saannaani how are you ,saathi ? :)

aru sabai laai namaste !!
 
Posted on 12-11-06 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्त गज्जब का जिनिस् रहेछन्, येइ पुस्पक लाइ नै नेपालको प्रधानमन्तृ बनैदिनु पर्ने ।
 
Posted on 12-11-06 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ex chautari nepalean and new chautari galaab lai badai

nepalma kaslai aba primeminister banaune bhanera charcha chaleko chha, nepalean ki tetai jane ho ki

happy birthday to whoever it is
 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
आज बाट तिहारको सेल सकियो
TPS Renewal Reregistration
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters