crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म भित्रको लेखकसङको अन्तरद्वन्द।

[Please view other pages to see the rest of the postings. Total posts: 32]
PAGE: <<  1 2  
[VIEWED 14523 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 03-13-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


 

बिगत केहि समयदेखि म भित्रको लेखक म सङ रिसाएको छ। मलाइ थाहा छैन कहाँ मेरो गल्ती भयो? उ मेरो अभिब्यक्तिसङ सहमत हुँदैन। म लेख्न चाहन्छु। लेखन मेरो लागि बाँच्ने प्रक्रिया हो। तर म भित्रको लेखक पटक्कै लेख्न चाहदैंन। मैले सोधेको हो मेरो भुल भयो कि भनेर। उ मसङ बोल्दै बोल्दैन। म ब्यक्त गर्न चाहन्छु म भित्रका छरप्रस्ट भावनाहरु। तर दुखको कुरा म भित्रको लेखक कलम समाउदैन। म दुखी छु, म हतास भएको छु। म भित्रको लेखक जो मेरो दुखसुखको सहयात्री हो उसले पनि मलाइ गलत बुझ्दैछ। उसलाइ जरुर केहि भएको छ। यति धेरै मौन रहने स्वभावको होइन उ। उ कैयौं रात मेरो आँसुको साक्षी बनेको छ। मेरो छटपटिहरुको साथी भएको छ। हरेकचोटि उसले मेरो कथाहरु लेखेको हो। अहिले म उसको मनको हालत लेख्न चाहन्छु।

तर उ भन्छ "तिमी मलाइ कहिले चिन्दैनौ।" कति चोट लाग्छ जब मलाइ मेरो आफ्नै लेखकले यस्तो गुनासो गर्छ। म प्रयास गर्दैछु उसलाइ चिन्ने, उ सङ नजिकिने अनि उ सङ एकाकार हुने।


"मैले के गल्ती गरे र तिमी मलाइ यो सजाँय दिरहेछौ?" म सोध्छु म भित्रको लेखकलाइ।


"तिमी स्वार्थी छौ। तिम्रो लागि आफ्नो खुशी र सन्तुस्टिभन्दा ठुलो अरु केहि छैन। तिमी आधारातमा उठेर मलाइ प्रेमोत्कर्शको कथा लेखाउन चाहन्छौ, झिस्मिसे सघारै मलाइ ब्युँझाएर प्रेमगीत लेख्न लगाँउछौ, कहिले साँझ नहुँदै बिरह ब्यथा मलाइ लेख्न बाध्य बनाँउछौ। तर तिमी कहिले मलाइ सोध्दैनौ म के चाहन्छु? मेरो मनले के भन्छ त्यो सुन्न सक्दैनौ। तिमी सारै मतलबी छौ। आफ्नो भावहरु को माला उन्नलाइ मलाइ प्रयोग गर्छौ। मेरो दुरुपयोग गर्छौ। मलाइ उपभोग गर्छौ अनि मेरो उपहास पनि गर्छौ।" आँखाभरि आँसु टिलपिल गर्दै म भित्रको लेखक मलाइ भन्छ।


म केहि भन्न सक्दिन म भित्रको लेखकलाइ। के मैले उसलाइ अन्याय गरिरहेको रहेछु ? म यस प्रस्नको उत्तर भेट्टाउन सक्दिन। घाँटीभित्र उकुसमुकुस हुन्छ, स्वास फेर्न गार्हो हुन्छ। मैले आफ्नै सम्झेको म भित्रको लेखक पनि मेरो आफ्नो होइन रहेछ। "मैले तिमीलाइ धेरै सताएँ मलाइ माफ गर। मेरो उदेश्य तिमीलाइ दुख दिनु थिएन। तिमीलाइ पीडा दिएर म कसरि सुखि हुन सक्छु र?"


"म त्यहि भन्दैछु। न तिमी सुखि हुन सक्छौ न म तिमीसङ खुशी हुन सक्छु। यदि तिमी म प्रति इमान्दार हुन सक्दैनौ भने म कसरि तिम्रो लागि कर्तब्यनिश्ठ बन्न सक्छु र? तिमी सङ मेरो धेरै गुनासोहरु छन्। तर तिमीलाइ सुन्ने फुर्सद कहिले भयो र?"


"ओहो, म बाट यति ठुलो पाप भएछ। त्यो जानाजानी गरेको होइन है मैले।" म स्पस्ट गर्न चाहन्छु म भित्रको लेखकलाइ।


"तिमीलाइ म लेख्न चाहन्छु तिम्रो अभियक्तिहरुलाइ होइन।" म भित्रको लेखक बोल्छ।


"हँ.......! मैले बुझिन तिम्रो भनाइको तात्पर्य।" म अल्मलिन्छु।


"म तिम्रो अनुहारको भावहरुलाइ जस्ताको तस्तै उतार्न चाहन्छु तिम्रो कथामा।" उ जिद्दि गर्छ।


"म पारदर्शि छु लेखाइमा लेखक। म तिमीलाइ केहि लुकाउन सक्दिन।" बचाब गर्न चाहन्छु आफुलाइ।


"तिमीलाइ त्यो भ्रम हुँदैछ। तिम्रो अभिब्यक्ति र तिमीमा ठ्याक्कै उल्टो सम्बन्ध हुन्छ कहिलेकाँहि।

तिमी आफु मात्र "ठिक" भन्ने रोगले पनि ग्रसित रहेछौ।" उ अब मलाइ एक पछि अर्को अभियोगको लगाउन थालेको छ।


"म आफैमा सम्पुर्ण "ठिक" नहुन सक्छु तर म कमजोरीलाइ सुधार्न कोशिश गर्छु।" म हार्दैछु उ सङ।


"अबस्य, हरेक ब्यक्तिको गुण र अबगुण हुन्छन्। त्यसलाइ चिन्न सक्नु पर्छ। आबस्यक परेमा सच्याउन पर्छ।समय लाग्न सक्छ तर आतिनु हुँदैन।"


"त्यसोभये मैले के गर्नु पर्यो त?" म निरिह भएर सोध्छु।


"तिमी अन्योलमा संयोगान्त कथा लेख्न छोड।" रेडिमेड उपाय सुझाँउछ।


"म अरु बियोगान्त कथा लेख्न सक्दिन।" म पनि जिद्दि गर्छु।


"तिम्रो देश रोएको बेला, तिम्रो परिचय हराएको बेला र तिमी आफैसङ परायी भएको बेला तिमी कसरि सुखान्त कथा लेख्ने कोशिस गर्दैछौ ?" म भित्रको लेखक मलाइ निशब्द बनाउदैछ।


"लेखक! तिमी मलाइ निरुत्साहित गर्दैछौ।" म निरास हुँदै भन्छु।


"म तिमीलाइ यथार्थबादि बन्न अनुरोध गर्दैछु। तिम्रो बर्तमानलाइ लेख, आफुलाइ लेख, आफ्नो देशलाइ लेख, त्यहाँ बढीरहेको भोकहरुलाइ लेख, कसैले नसुनेको चित्कारहरुको बारेमा लेख। दुखबोध गर लेखाइमा। क्रितिम हाँसोमा रम्न नखोज। तिमी पोख आफुलाइ त्यसरी नै जसरी तिमी आफुलाइ महसुस गर्दैछौ।"


"त्यसो भए अब म लेख्न सक्दिन।" म पनि आफ्नै अडान लिन्छु।


"तिमी कहिले नलेखि रहन सक्दैनौ।" म भित्रको लेखक अट्टहास गर्छ। हामी बिच असफल बार्ता हुँदैछ...................। म भित्रको लेखक र मेरो बिच अन्तर्द्वन्द चलिरहेको छ.................।


 

Last edited: 13-Mar-08 01:44 PM

 
Posted on 03-14-08 6:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo भाई, मैले मलाई पढिसक्दाको क्षणमा जुन मेरो बिचार र खुराक को सन्तुष्टि मिल्छ नि, त्यो भनेको ।
im talking bout my personal opinion. i like sankar lamichane and his way of writing and way of presenting the two way talking with himself. all those are my inspiration, my desires as a writer (if im one!!!) अनि मैले धेरै पछि, त्यस्तै कोटि को खुराक पाए भनेको । अन्यथा होइन यार । अन्यथा देखिएको छ भने मेरो लेखाईको दोष हो, भाव मेरो त्यो कदापि होईन ।

अनि भाई, टेलिकम को शेयर को झटारो ले त मलाई पनि लाग्यो नि!!!

Last edited: 14-Mar-08 06:51 AM

 
Posted on 03-14-08 5:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोमेसाहिला र फुच्चेकेटो जि,

तपाइहरुको बिचारको लागि धेरै धेरै धन्यबाद। मनभित्र उर्लिरहेको बाढीलाइ राखेकी मात्र हुँ।
शंकर लामिछाने जस्तो लेखकसङ क्रेजि फ्रेजिलाइ दाँज्न अलि नमिल्ला कि? बरु कतै online मा उहाँको क्रितिहरु पढ्न पाइन्छ भने website पाउन मन लाग्यो।

फेरि एकचोटि यहाँहरुको अमूल्य नजरको लागि धन्यबाद।


 
Posted on 03-14-08 5:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

crazy, के गर्या यस्तो, कहिले बसमा झगडा गर्या छ, कहिले मै सँग गर्या छ, त्यती मात्र ले नपुगेर तिमी आफु भित्र को त्यस्तो राम्रो लेखक सँग पनि त्यस्तो द्वोन्ध

जती झगडा गरे पनि तिमी भित्र को लेखकलाई चाँही मेरो सलाम छ यारा

Really, very good narration crazy......good job yar

 

 


 
Posted on 03-14-08 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-14-08 5:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलेजो,

तिमिसङ मेरो झगडा किन पर्नु र? बरु अस्ति च्याङबाले खोजिराथ्यो तिमिलाइ? भेट्यौ?

तिम्रो कलेजोको राम्रो हेरबिचार गर्नु है। नत्र च्याङ्बाले पित्त बनाइदिने रे।

How are you there?


 
Posted on 03-14-08 5:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Timro chyangba lai tharkaayera pathaidiye maile yar,  timi feri sathi sathi ko kurama pani testo chyangba lai leraaune, bhayena ni crazy

mero kalejo ko nasodha yara, bijog chha, timi pani jpt bhandine tya  timro mathi kata tira ho comment dekhera jhandai khutrukka bhaisakeko ma


 
Posted on 03-14-08 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कलेजो मा लसुन प्याज हरियो खुर्सानी राखेर मज्जाले भुटेर लास्टाँ  धनियाको पात राखेर खाँदा क्या मिठो है !!:)

कलेजो तिमीलाई भनेको होइन नि फेरि --के नाम राखेओ होला बाबै यस्तो !!

Last edited: 14-Mar-08 08:20 PM

 
Posted on 03-14-08 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भागे है म।

Last edited: 14-Mar-08 08:19 PM

 
Posted on 03-15-08 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth dai कहिले काहिँ कुनै कुरा यति धेरै मन पर्छ कि मन पराइको ब्याख्या गर्न शब्द भेटिदैन ,अनि धेरै बेर सोचेर बुनेर लेख्यो सबै राम्रा कुरा जोडेर बुनेको ऊँट जस्तै हुन्छ ,मैले पनि यो कथा असाध्यै मन परेको मात्र भनेको ! भूलचुक माफ पाउँ !

Telecome दाईलाई अलि overdose भए जस्तो छ ।

crazy साँच्चै भनेको ,comment को लागि मात्र comment गरेको होइन यो पल्ट छोएर गए चिरेर गए शब्दहरुले । शब्दहरु थुपारेर कहिल्यै क्रिति बन्दैन भावनाको कोकुन ले बेर्न सक्नुपर्छ त्यो पर्याप्त बेराई देखे भन्न मात्र खोजेको ।

Last edited: 15-Mar-08 09:51 PM

 
Posted on 03-16-08 12:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो क्रेजीलभको लागि:

http://www.nepalitimes.com/issue/113/Literature/5757

Last edited: 16-Mar-08 12:16 AM


 
Posted on 03-16-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo Ji,

Sundar abhibyaktiko lagi kritagya bhae ma.

Nepe Jyu,

Thank you very much !


 
Posted on 03-16-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ पनि त्यस्तै हुन्छ कहिलेकाँहि।
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS EAD auto extended to June 2025 or just TPS?
Trumpism project 2025 everyone should read https://www.project2025.org/
TPS Renewal Reregistration
Nepali Passport Renew
Biden said he will issue new Employment visa for someone with college degree and job offers
Why Americans reverse park?
poster-size display of the Ten Commandments in every classroom at schools that receive state funding
" अनि ग्रिन कार्ड बन्यो त ?"
मैले नबुझेका केहि गीत का lyrics हरु
whats wrong living with your parents ?
Nims- एक उन्मत्त साँढे
cannot accept Visa candidates
Shot Dead
Now Trump is a convicted criminal .
Facts showing how US is worse than Russia
Cut paste nazi hypocrites
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters