[Show all top banners]

Ok
Replies to this thread:

More by Ok
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

binokary
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 GYANENDRA KAAL --- Some Examples of Brutalities

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 12262 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 07-20-05 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Friends,

I start this thread to collect the evidences of some brutal acts of GYANENDRA KAAL (including articles, pictures and news!). Although it is fairly late to summarize hundreds, if not thousands, of such incidences since FEB 1 (better to say since Asoj 18!), the present situation of Nepal clearly shows many more in the offing !.

----
OK

Here goes from Kantipur:
http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=46311

'बाँचेकोमा छक्क पर्छु?
दीपक अधिकारी
- घटना गएको २९ माघको हो । म झापाको भद्रपुरबाट 'नौलो आवाज साप्ताहिक' निकाल्छु, सीमित साथीहरूको सहयोगमा । त्यस दिन साँझ ५ बजे भद्रपुर- १४ संगमचोकस्थित कार्यालय पुग्दा सहकर्मी मदन पोखरेललाई सेनाले पक्राउ गरी लगेको थाहा भयो । खबर पाएलगत्तै साथीको खोजीमा निस्कन आँट आएन । चन्द्रगढीस्थित जवरजंग गुल्ममा फोन गरेँ । 'तपाईंको साथी यहीँ छ, घरमै भएजस्तो हो' जवाफ थियो- 'सुर्ता नगर्नुस्, भोलि बिहान लिन आउनोस् ।'
भोलिपल्ट अर्थात् फागुन १ गते सखारै गुल्म पुग्दा १० बजेपछि आउनु भनियो । म मध्याह्न १२ बजे गुल्म पुगेँ । सेनाका हवल्दार मेजरले 'ठीकै छ, साथी जिम्मा लिन जानोस्' भने । सेनाको जवानसाथ लगाई मलाई लगियो । म साथीसँगै फर्किन आतुर थिएँ तर ब्यारेक घुमाएर म स्वयंलाई अँध्यारो कोठामा थुनियो । हातमा हत्कडी लगाइयो । छाँगाबाट खसेझैं भएँ ।

मलाई मेरो अपराध के हो, बताइएन । त्यहाँ तीन दिनपछि ४ फागुनको साँझ ५ बजे आँखामा पट्टी लगाएर बाहिर निकाले । गाडीमा बसाए । र, अज्ञात ठाउँ लगे । एक ठाउँमा पट्टी खोलिदिए । तर त्यो कोठा थिएन । सेनाको बंकरजस्तो थियो । भित्तामा रगतका टाटा र रौंहरू थिए । छेवैमा तारहरू छरपस्ट थिए । पछि था'भो, मलाई चारआली ब्यारेक ल्याइएको रहेछ । त्यहाँ सेनाका जवानहरू भनिरहेका थिए 'यो कोठामा तीनजना त मरिसके, अब चार पुग्ने भो ।' जीवन यति नै रहेछ जस्तो लाग्यो । अरूभन्दा पनि अपराधै थाहा नपाई मारिने भएँ भनेर मनमा औधि कुरा खेल्यो, त्यस रात ।

भोलिपल्ट बिहान आठ बजे जवानहरू आए । आँखामा कालोपट्टीमै बाहिर निकाले । सायद त्यो ब्यारेकको चौर थियो । त्यहीँ लडाए, अनि बेस्सरी कुटे । आँखाको पट्टी यथावत् थियो, उनीहरूले पानी छयाप्तै कुटिरहे । सुनेको थिएँ, पानी छयापेर कुट्दा डाम बस्दैन । सायद उनीहरू त्यही सूत्र अपनाउँदै थिए । उनीहरूले मलाई 'माओवादी कमान्डर हुँ भन्, तुरुन्तै छाडिदिन्छु' भने । मैले 'म पत्रकार हुँ माओवादी होइन, नभएको कुरा कसरी भन्छु' भन्दै प्रतिवाद गरिरहेँ । उनीहरूको कुटाई अविरल थियो ।

पानी छयाप्दै कुट्दा यो क्रम दुई घन्टा लम्बियो ।

क्रमश:
 
Posted on 04-06-06 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Continues...>>>

०५८ साल मंसीर ११ गते सरकारले माओवादीसहितका भातृ संस्थाहरुलाई पनि आतंककारी घोषित गर्दै रेर्डकर्नर नोटिस जारी गरेपछि अरुजस्तै म पनि भूमिगत भए“ । तर, संगठनले मलाई शहरी क्ष्ँेत्रको जिम्मेवारी तोकेको कारण म रिङ्गरोडबाट बाहिर जान्नथे“ । २०५९ साल बैशाख १० गते पार्टर्ीी नेपाल बन्दको आह्वान गरेको थियो । र, संगठनले मलाई बन्दको अनुगमन गर्ने जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारीबमोजिम म घुम्दैफिर्दै पद्मकन्या क्याम्पस पुगेकी थिए“ । पद्मकन्या क्यापसमा छिर्न मात्रै खोजेकी थिए“ सादा पोशाकका सुरक्ष्ँाकर्मीहरुले पछाडिबाट च्याप्प समातेर आ“खामा कालोपट्टी लगाइदिईहाले । त्यसरी पट्टी लगाएर कहा“ लगियो, कसरी राखियो मलाई थाहा भएन, तर साह्रै दर्ुगन्धित थियो मलाई राखिएको ठाउ“ । सामान्यतया कालोपट्टीले बा“धेर अपहरणको शैलीमा गिरफ्तार गर्ने काम शाही सेनाले गर्दछ, र त्यो पनि त्यस्तै गिफ्तारी थियो । बन्दीगृह भनिने यातनागृहमा लगेर मलाई बुटैबुटले जिउभरि हिर्काउ“थे । लठ्ठी र पाइपले कति पिटे, कुनै हिसाब छैन । पिट्दापिट्दै मेरो होस गुम भइसकेको हुन्थ्यो र व्यु“झि“दा मेरो शरीरभरि भल्भली रगत बगेको हुन्थ्यो । शरीरका अधिकांश भाग चिराचिरा परेका हुन्थे, खत अझै पनि बा“की नै छ । उनीहरुले मलाई गाउ“ले दाजु र संगठनमा स“गै काम गरेका पुष्प बस्नेतका बारेमा सोधिरहेका थिए । अगाडि कुनै चिज राखेको जस्तो लाग्छ र 'ख्याट्ट' गरेको आवाज सुनिन्थ्यो, यर्सथ त्यो टेपरर्ेकर्डर हुनर्ुपर्छ । र, मलाई दबाब दिन्थे- 'पुष्पले मलाई पटकपटक बलात्कार गर्‍यो भनेर भन्..†' 'तिहारमा त्यो गाउ“ले दाजुको वरिपरि घुमेर पूजा गरेकी छु, मेरो आफ्नै भन्नु कोही पनि दाजुभाइ छैनन्, त्यस्तो दाजुले मलाई बलात्कार गर्‍र्यों भनेर म कसरी भनौं' भन्दै म उनीहरुको कुराको प्रतिवाद गर्थें । अनि, फेरि शुरु हुन्थ्यो, लाठी र पाइपले हिर्काउने क्रम । म बोल्नसम्म सक्थें, उठ्न सक्दिन थे“ । उनीहरुले मलाई घिसारेर शौचालय लैजान्थे र घिसारेरै खोरमा फ्या“किदिन्थे । उनीहरुले विशेषतः मेरो पैतालामा आक्रमण गरेका थिए । त्यहीकारण अहिले पनि पैताला झमझमी दुख्ने क्रम जारी छ । आ“खामा पट्टी लगाएको अवस्थामा मलाई उनीहरुले नाङ्गै पार्थे । बलात्कार गर्ने नियतले संवेदनशील अङ्गमा हात पुर्‍याउ“थे । जब उनीहरुको हात मेरो अङ्गमा चल्न थाल्थ्यो, म रुन्थें, कराउ“थंे, चिच्याउ“थंे, धम्क्याउ“थंे र सम्भव सबैथोक गर्थें । 'पुष्प बस्नेतले मलाई बलात्कार गर्‍यो' मात्रै भन्दा पनि छाडिदिन्छौं भन्दै मलाई उनीहरुले दवाबस्वरुप त्यस्तो गरेका हुन् । एक दिन त मलाई नाङ्गै पारेर संवेदनशील अङ्गमा हातपात मात्रै होइन, मेरो योनीमा लाठी घुसारेर पशुवत् व्यवहार पनि उनीहरुले पर््रदर्शन गरे । मैले आफू माओवादीप्रति आस्थावान भएपनि संलग्नता नभएको अडान कायमै राखेको थिए“ । शायद त्यसैले होला त्यो चरम यातनागृहबाट मलाई उनीहरुले अर्ढाई महिनामा मुक्त गरे । मुक्तिपछि ममा परिवर्तन आयो । जनयुद्धमा सरिक हुने मेरो मनोगत चाहना मात्रै थियो । तर, वस्तुगत स्थिति जनयुद्धमा लाग्ने खालको थिएन । त्यसमा पनि मेरी एक्ली आमा र परिवार बनाउनुपर्ने कुराप्रति म बढी नै घोत्लिए“ । व्रि्रोहप्रतिको प्रतिवद्दता एक ठाउ“मा, संगठित नहुने सोच बनाएर मैले ६० सालदेखि पत्रकारिताको बाटो रोजे“ । संगठनमा नरहेपछि साथीहरुमा विभिन्नखाले भ्रमहरु हुने र प्रकारान्तरमा म माओवादीबाट पूरै अलगथलग भए“ ।
आमाप्रतिको दायित्व एकातिर थियो भने कमाउने काम गर्नुपर्ने अर्को आवश्यकता थियो । म सीएमए पनि पढेको कारण स्वास्थ्यक्षेत्रमा मेरो राम्रै दख्खल थियो । पत्रकारितालाई आत्मसन्तुष्टी र स्वास्थ्यसम्बन्धी विभिन्न रिर्सचहरुलाई आयमूलक कार्यको रुपमा लि“दै म अहिलेसम्म पनि कार्यरत छु । तीन वर्षभयो मैले नेकपा -माओवादी) सित नाता टुटाएको । तर, जंगली बर्बरतामा ओर्लिएको यो सरकार अझै पनि मजस्ता निहत्था नारीमाथि खनिन छाड्दैन । जनयुद्धमा नलागेपनि ममा व्रि्रोह मरेको छैन । लोकतान्त्रिक आन्दोलनमा मेरो संलग्नता नरहने कुरै भएन । त्यसै क्रममा कथित स्थानीय निर्वाचनको अन्तिम दिन दाङमा एमाले कार्यकर्ता उमेश थापाको हत्याको विरुद्ध मैतिदेवीबाट एउटा विरोध जुलुस निस्किएको थियो । त्यो जुलुसमा म पनि मैतिदेवीबाटै सहभागी भए“ । डिल्लीबजारको ओरालोमा आइपुगेपछि प्रहरी हस्तक्ष्ँेपका कारण साथीहरु सबै तितरबितर हुनुभयो । म पनि जुलुसबाट तितरबितर भएर डिल्लीबजारको ओरालोमा रहेको ध्रुवको स्टेशनरीतिर साइड लागे“ । त्यसरी साइड लागेर उभि“दा जनआस्थाका सम्पादक किशोर श्रेष्ठस“ग एकैछिन झुलुक्क भेट भएको थियो । विश्वमणि दाइ पनि त्यहीं हुनुहुन्थ्यो । जुलुस तितरबितर हुनाले म मैतिदेवीतिरै फर्किए“ । म मैतिदेवी चोक नपुग्दै केही सादा पोशाकका मानिसहरुले 'तपाईंस“ग केही सोधपुछ गर्नुपर्ने भएकोले हामीस“ग हि“ड्नुस्' भन्दै मलाई लैजान खोजे । मैले आफू पत्रकार भएको भन्दै परिचयपत्र देखँए“ र उनीहरु सुरक्ष्ँाकर्मी भएको प्रमाण मागंे । उनीहरुले परिचयपत्र देखाउनुको सट्टा कम्मरमा च्यापेको पेस्तोल निकाल्न थाले । त्यसपछि उनीहरुस“ग नगई सुखै भएन । उनीहरुले मलाई आ“खामा कालोपट्टी बा“धेर लगे । एउटा मान्छेले मलाई भरपूर मानसिक यातना हुनेगरी सोधपुछ गर्‍यो । समातेकै दिन सा“झ सादा पोशाककै सुरक्षाकर्मीहरुले मलाई मैतिदेवीको सेतो पुलको आसपासमा लगेर छाडिदिए । त्यसरी म मुक्त भएपछि स्वच्छन्द पाराले मैतिदेवीतिर जान थाले“ । तर, केही बेरमै सेनाको हरियो गाडी आयो र मलाई पक्राउ गर्‍यो । शुरुमा त मैले जान्न भनें, तर घिसारेर उनीहरुले मलाई गाडीमा हाले । फेरि आ“खामा कालोपट्टीले बा“धेर मलाई यातनागृहमा लगियो । 'पत्रकारचाहि“ हो रहिछस्, तर माओवादी पत्रकार रहिछस्, तेरा नेताहरु कहा“-कहा“ छन्, लौ बता' भन्दै मलाई सोध्न थाले । मैले इमान्दार भएर थाहा नभएको कुरा थाहा छैन भनंे । मैले जनआस्थालाई नै दिन्छु भनेर बन्दीगृहमा महिलाहरु बलात्कृत भई मर्ने प्रसङ्गको एउटा अपूरो फिचर झोलामा राखिरहेकी थिए“ । उनीहरुले त्यो झिकेर पढे । त्यो पढ्नाले उनीहरु झन आक्रोशित भए र मलाई दिने यातनाको क्रम पनि बढ्यो । कुटपिट सामान्य नै भयो, बलात्कार र मार्नेसम्मका धम्की दिन पछि परेनन् । उनीहरुले शुरुमा मेरो ज्याकेटको चेन खोले । शरीरको माथिल्लो भागमा म निर्वस्त्र भए“ । लाज ढाक्न कुहिनाको सहारा लिए, उनीहरुले मेरो हात झट्कारे । आ“खामा कालोपट्टी छ“दैछ, त्यसैले कस्ताखाले मान्छे थिए ठम्याउन सकिएन । एउटा मान्छेले 'केटा हो, अब सबैले मिलेर सिध्याऊ“' भन्नासाथ बुट लगाएका मान्छेहरु गुडुडु आइपुग्थे र कसैले 'पर्दा लगा' भन्ने आदेश दिन्थ्यो । पर्दा लागेजस्तो आवाज पनि सुनिन्थ्यो । मैले भनें- 'बरु मलाई गोली ठोकर मारियोस्, तर बलात्कार नगरियोस् ।' मैले उनीहरुलाई आ“शुले पगाल्न जे पनि गरंे । मेरी आमा हुनुहुन्छ, मेरो सामाजिक दायित्व छ, माओवादी पनि होइन भनेर अनेक बिन्ती गरंे मैले । एउटा नारीको आ“खाबाट भल्भली आ“शु झरिरह“दा पनि उनीहरु अझै बलात्कारको प्रयासमै थिए । तर, मेरो आ“शुले उनीहरुलाई पगाल्न सकेन । अब म बलात्कृत भए“ भन्ने बुझेपछि मैले भनें- 'ठीकै छ, भौतिक शरीरमाथि बलात्कार गरेपनि मेरो विचारमाथि बलात्कार गर्न सक्दैनौ, म अरु महिलाहरुजस्तो पीडा गुम्साएर बस्ने होइन ।' उनीहरुले अन्तिममा भने- 'योपल्ट बचिस्, अर्कोपल्ट आइस् भने त“लाईं यही मर्नेगरी गर्र्छौ... ।' कारण के रहेछ भने, बाहिर नेपाल पत्रकार महासंघलगायतका संस्थाहरुले मेरो पक्षमा आवाज उठाएपछि नैतिक दबाबका कारण हनुमानढोका पुर्‍याउने आदेश उनीहरुलाई आएको थियो । म हनुमानढोकाबाट केही दिनअघि रिहा भई पुनः उही पत्रकारितामा रम्दैछु । उहिलेदेखि अहिलेसम्मको व्यवहारका कारण घर गएर बस्ने अवस्था छैन । संगठनमा सक्रियरुपले संलग्न नहु“दा पनि मैले सुख पाइन“ । त्यसैले के गरौं, कसो गरौं भइरहेको छ मलाई ।
भावना 'व्रि्रोही' -प्रर्साईं), धरमपुर- ५ झापा
 
Posted on 04-06-06 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sorry for Double Posting,
I kindly ask Admin to remove double Posting
thankx...
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS EAD auto extended to June 2025 or just TPS?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters