सक्नी अमेरिका र अष्ट्रेलिया गर्या छन
नस्कनी कतार र दुबइ झर्या छन
दैत्यलाई पुराउनु छ आहार मनुस्य को
घर घर बाट एक एक जना मर्या छन
मुला बेच्न बस्या ठिटो SMS मै ब्यस्त छ
डीप्टिमा खटिएको पररी दाई गणेशथान को सुकुले भजन मै मस्त छ
हजार बर्षको पिनास खेपेको काठमाडौं को नाक
आज साधारण रुघाले पनि ग्रस्त छ
खानि ले कमाका छन, हात हाताँ मोबाईल समाका छन
आफु के? आफ्नो के? ..यसै यसै रमाका छन
बुढापाका लाई देश-भक्ती, केट्केटी लाई रिमिक्स लाग्या छ
फोनको नि के बिजायँ! उमेर अनुसारको रिङ्गटोन फलाक्या छ
UN ले डामेर छोड्या मावोबादिहरु र्याल चुहाउँदै
असनको बिचाँ सागको भारी पल्टाउँदै छन
ब्यभिचार बढ्यो, साउजिको नियत माथि नै शंका भो
ग्राहकहरु नश्ल चिन्न खसिबोका लाई टुकुचा मुनी ओल्टाउँदैछन
प्रधानमन्त्रीले ईण्डियन आईडल सँग औपचारिक भेट्बार्ता गर्नी
भारतमा जित्दा नेपालमा राँके जुलुस हुन पर्नी
चाडबाड्को बेला
रमाइलो खेला
ए बा!!.... काठमाडौंमा दशैं आयो