[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - शुभकामना विशेष --

[Please view other pages to see the rest of the postings. Total posts: 648]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 229747 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 02-27-08 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शुभकामना विशेष --

चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १०३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!

http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg 
 

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 27-Feb-08 05:27 PM

 
Posted on 03-01-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा.....हा.... हर्के काका किन था नहुनु नि? कचेडि हैन कचिंडे हो। इस्कूलाट भागेर चंगा उडाउन जाने गाउं हुन ति। लु बरु कैले हो हाम्पुनि जन्ती जाने पक्का ल।

अनि बुंगूर त त्यो बिहिबारे हाटमा पो पाइंथ्यो गजबको। बुंगूर हैन कालो सुंगूर। उतिखेर खाइन्न थ्यो र पो। ऐले भा भे


 
Posted on 03-01-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरो मिलेशी भनम्लानी अनी जानु पर्छ, यस पाली चै बूङूर खानु पर्छ लुकेर भएनी।

 


 
Posted on 03-01-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल बाडुम बाडुम कस्को पालो हो बाड्ने
लहरे नि खेल्ने हो? ल अन्तरे दाई, हर्के सोल्टी बोट राखुम
अरु कोइ छ खेल्ने? म्यारिच नै खेल्नु पर्ला बरु

 
Posted on 03-01-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल थालम, सुरु गरम, हाम्नी खेल्ने, दहर मारा खेल्ने होकी, म्यरिचनी खेलम लौ।
 
Posted on 03-01-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टनेला पचाउनु पर्ने कि नपर्ने हो हर्के सोल्टि?
अल्टर खेल्ने हो र भन्या?
 
Posted on 03-01-08 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोलखाडी भन्या तासको खेल ??? मलाई ल थाहै थिएन !
रिसाको होइन नि लहरे! म जस्तो कहिले नरिसाउने मान्छेलाई नि तेस्तो भन्ने हो??
मलाई धेरै गाली नगर्नु है भन्द्या छ, माइला दाइले आएपछि सबलाई चुन चुनके के गर्नु हुन्छ फेरि!!!
मलाई नि धनकुटा गा'छु नि! पात्ले भन्ने ठाउँमा बस्याथें ।
किट्टि खेलम् न बरु!!

 
Posted on 03-01-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टनेला पचउनु पर्ने अनी साच्ची कती दुब्लिमा शो हुन्छ रे, मैले त बिर्सें।
 
Posted on 03-01-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तनेला पचाउनु नपर्ने, अरु पोइन्ट को कती कती खेल्ने,
बेत्तर गेम छ की छैन,
सीन की अन्सीन
ल सानो ले बांद्ने है,

 
Posted on 03-01-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ चेली नानी तिमी जाउ पढ्न पढ्न पर्दैन, पढ्ने मान्छेनी ताश खेल्छन, लौ पढि सक अनी हामी जुटपत्ती खेलम्ला है।

 
Posted on 03-01-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सात दुब्ली पोइन्ट लेस, आठ दुब्ली सो

 
Posted on 03-01-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मैले तीन वटा देखाये है, माल बनाउछु है त, रिठ्हे यता नहेर है, लु मैले माल बनाए।
थुयिया एउटा परेन कस्तो काटेछु यार।

 


 
Posted on 03-01-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरेलाई सब माल पर्या जस्तो छ खै देखौ त, देब्रेको त हेर्न पायी हाल्छनि।। राम राम म्यरिच नै पारेछ बज्जेले।
 
Posted on 03-01-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुक्क कस्तो तास परेको एउतै सीकुएन्स छैन, कस्तो तास
बाँडेको रीट्ठे ले, ल मैले ताने है , के तास हो यो ल यै ल।

 
Posted on 03-01-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्हे लाई खुब ताश परे जस्तो छ, केही नबोली खेल्दै छ।। अन्तरे बा त ताश खेल्दा बोल्दाइनन भन्ने मलाई पहिलनै थाहा थियो।।

 
Posted on 03-01-08 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोलखाडी भन्या कुलबिरे (कल ब्रेक) लाई भन्छन क्या चेली
ओ हर्के सोल्टी  ७ डुब्लीमा लेस अनी ८ डुब्लीमा शो हुन्छ नि, कती चाडो बिर्स्या सोल्टिले त
लहरे टनेला पचाउनु पर्छ, नभये पछुताउला है, मलाई त पटकै पिछे पर्छ नि
किट्टी मा धेरै पैसो जितिदैन क्या चेली, बरु म्यारिच् नै खेलुम न
तिमीलाई जितौरी दिउला नि बरु
 
Posted on 03-01-08 2:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को हातमा कटफर गरौ है, यहाँ बश्नै गाह्रो भो, लहरेको ठौन्मा बश्नु पर्‍यो सोफामा अढेश लगार बश्नु पर्‍यो।
 
Posted on 03-01-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केटकेटी आए, गुलेली चलाए, मट्याङ्ग्र्याऽ सत्यानाश!

हल्ला खल्लै बढी यो खालाँ त!

आफूलाई चार जुनीआँ बल्ल बल्ल आ'को डबल टनेला नपच्ने भो! आर्को सिक्वाईन्स लाउन टच नि छैन, गाँठे!

खप्पर मत्र ठुलो भ'र क्यार्नु? डबल टनेलै भुस हुन लाओ!

ए, हर्के! पालो आई सको, के लाटाले केरा हे-या झैं अरि घुरि रा' हो झ्याल बाहिर? छिटो थुत, लौ!


 
Posted on 03-01-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुड्डाहरु आफु आफु मात्र खेल्ने, लौ मलाई पनि एक हात बाड्नु परो, ५ दलर पोइन्ट हो?




 
Posted on 03-01-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त हजमोले तानेर भ'नि थर्ड सिक्वाईन्स ल्या'र पचाउँछु मेरो डबल टनेला!

छु मन्तर बाछा, पुछ्छर न भा' माछा........सुईईईईईईईईईईईईईईईईईईईईईईईईईई.........

थुईक्का! अघि जे फाल्या तेई मुन्टेर बबाल ग-यो! आज दाउँ छैन जस्तो छ।

कि लिऊ, कि छिटो तान अर्को, ए हर्के! तो बज्जे त साह्रै सुस्ती र'च, हे नारन!


 
Posted on 03-01-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अह भएन भयन, पुन्टे बाजे साह्रै झेल्ली, मेरो माल हेर्यो बाजेले, सिक्विन्स नमिलाइकिन
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
Travel Document for TPS (approved)
MAGA and all how do you feel about Trumps cabinet pick?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters