[Show all top banners]

GnGrg
Replies to this thread:

More by GnGrg
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 धन्य अनुजा ! जसले भेट्टएको ९१ लाख रुपैयाँ फिर्ता दिइन्
[VIEWED 9876 TIMES]
SAVE! for ease of future access.
Posted on 04-21-11 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

धन्य अनुजा ! जसले भेट्टएको ९१ लाख रुपैयाँ फिर्ता दिइन्

हर्ष सुब्बा
anuja
<[Disallowed String for - i frame not allowed] allowtransparency="true" frameborder="0" height="250" hspace="0" marginwidth="0" marginheight="0" scrolling="no" vspace="0" width="250" id="aswift_0" name="aswift_0" style="margin-top: 0px; margin-right: 0px; margin-bottom: 0px; margin-left: 0px; padding-top: 0px; padding-right: 0px; padding-bottom: 0px; padding-left: 0px; border-top-width: 0px; border-right-width: 0px; border-bottom-width: 0px; border-left-width: 0px; border-style: initial; border-color: initial; outline-width: 0px; outline-style: initial; outline-color: initial; font-size: 13px; vertical-align: baseline; background-image: initial; background-attachment: initial; background-origin: initial; background-clip: initial; background-color: transparent; left: 0px; position: absolute; top: 0px; background-position: initial initial; background-repeat: initial initial; ">

धरान- , वैशाख ७ - पैसाको लोभमा मान्छे कत्रा- कत्रा अपराध गर्न पछि पर्दैनन् । त्यस्ताले सिक्नुपर्छ अनुजाबाट, जसले भेट्टाएको ९१ लाख रुपैयाँ र हीराको हार सम्बन्धित व्यक्ति पत्ता लगाइकन फिर्ता दिइन् । 

काठमाडौं सीतापाइलाका ६५ वषर्ीय पुरुषोत्तम पौडेलले आईएमईबाट इटहरी पैसा पठाए । भोलिपल्ट आएर उनैले बुझे र जेठी छोरी सुधा पोखरेललाई घर किन्न पुर्‍याइदिन धरान जाने बस चढे । हतारमा बसबाट उत्रने क्रममा झोला सिटमै छुटेको पत्तै पाएनन् ।

भोजपुर, भुल्के घर भई धरान बस्दै आएकी २२ वषर्ीया अनुजा बानियाँले कालो झोला देखिन् । कसको ? भन्दै कराइन् । कसैले 'मेरो' भनेनन् । अनि, लिएर गइन् । घरमा खोलेर हेर्दा आत्तिइन् । झोलामा त ९१ लाख रुपैयाँ नगद र हीराको हार पो रहेछ ! घटना चैत २६ गतेको हो ।

मामा-माइजूसाथ बस्दै आएकी अनुजाले त्यो झोला फिर्ता गर्ने निर्णय गरिन् । र, ब्यागमा रहेका कागजपत्रमा बल्लतल्ल फोन नम्बर भेट्टाएर २८ गते खबर गरिदिइन् ।

त्यत्रो पैसा हराएका पौडेल होस हवास हराएजस्ता भई प्रहरीलाई समेत खबर नगरी काठमाडौं फर्किसकेका थिए । पौडेलकी मीतछोरी अनिता कार्कीका अनुसार अनुजासँग सम्पर्क भएकै भोलिपल्ट काठमाडौंबाट पौडेल आए । र, अनुजाले भानुचोकमा लगेर झोला जस्ताको तस्तै फिर्ता दिइन् ।

पैसा बुझ्न मीत बुवासँगै पुगेकी अनिताका अनुसार पौडेलले गद्गद् भई उनलाई पुरस्कारस्वरूप दुई लाख रुपैयाँ दिन खोजे । तर लिन मानिनन् । हीराको हार दिन चाहे, त्यो पनि लिइनन् ।

पौडेलका एक छोरा र ज्वाइँ अमेरिकामा छन् । पैसा छोरीको घर किन्न उतैबाट पठाइएको थियो ।

अनुजाले भने खास कुरा गर्न चाहिनन् । 'भोजपुर भुल्के गाविस, बुवा ज्ञानेन्द्र बानियाँ, आमा भगवती,' मात्र यति भनिन्, 'म सामान्य पढालेखा युवती हुँ ।' 

'सर्वस्व नै फिर्ता भयो,' पौडेलकी छोरी सुधाले भनिन्, 'कसरी बताउने, मानिसले पत्याउँदैनन् ।' घटनापछि बुबाले काठमाडौंमा घर लिन सल्लाह दिएको र त्यसका लागि उता जाने तयारी गरेको उनले बताइन् । पौडेलका इटहरी बस्ने अर्का छोरा अनिलले फोनमा भने, 'घटना साँचो हो, सुन्दा पत्याउन गाह्रो लाग्ला ।'

प्रकाशित मिति: २०६८ वैशाख ७ ०८:३१  
ekantipur.com


 


 
Posted on 04-21-11 11:43 AM     [Snapshot: 1]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ANUJA BANIYA FOR FINANCE MINISTER !


 
Posted on 04-21-11 11:46 AM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

People still hasn't lost it glory completely


 
Posted on 04-21-11 1:40 PM     [Snapshot: 192]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There is no word to appreciate this kind of deed in our context. God bless you.

 
Posted on 04-21-11 1:54 PM     [Snapshot: 219]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 hats off ms. baniya. 
 
Posted on 04-21-11 1:58 PM     [Snapshot: 224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

If thhis money was found by one of the following what would have been the case. ????

1. Sujata Koirala
2. Prachanda
3. Jhalanath Khanal
4. Madhav Kumar Nepal
5. Paras
6. Binod Chaudhary



 
Posted on 04-21-11 3:20 PM     [Snapshot: 341]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hats off to Ms. Anuja Baniya.
 
Posted on 04-21-11 3:24 PM     [Snapshot: 338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kudos! shows there are good people in the world who haven't sold their morality and ethics.

 
Posted on 04-21-11 3:41 PM     [Snapshot: 382]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रधानमन्त्रीलाई सवा करोडको रेन्जरोभर

 

 

 

काठमाडौं, १४ फागुन

गृहमन्त्रालयले प्रधानमन्त्री झलनाथ खनालका लागि १ करोड ३० लाख रुपैयाँ मूल्य पर्ने बेलायती ‘रेन्ज रोभर’ गाडी मगाउने भएको छ । यस्तो गाडी राजधानीका धनाढ्य व्यवसायीले प्रयोग गर्दै आएका छन् । मन्त्रालयले यो गाडी किन्न प्रतीतपत्र (एलसी) को प्रक्रिया सुरु गरिसकेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री भएको समयमा चढेको गाडी पदबाट हटेपछि आफूसँगै लैजान पाइने भएकाले प्रधानमन्त्री खनालले महँगो र आकर्षक गाडी सिफारिस गरेको हुनसक्ने मन्त्रालयस्रोतले बतायो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि आफू प्रधानमन्त्री भएपछि चमेलिया विद्युत् आयोजनाको सबैभन्दा नयाँ टोयोटा प्राडो गाडी चढ्न सुुरु गरेका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले प्रधानमन्त्रीमा बहाल भएका बेला प्रयोग गरिने गाडी पूर्वप्रधानमन्त्रीका हैसियतमा सुविधाका रूपमा दिने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम निवर्तमान प्रधानमन्त्री नेपालले चमेलियाको टोयोटा प्राडो फिर्ता गरेका छैनन् । यी दुवै गाडीको मूल्य सरकारले चमेलियालाई तिरिसकेको छ ।

यसअघिका प्रधानमन्त्रीहरूले टोयोटा प्राडो गाडी प्रयोग गर्दै आए पनि खनालले भने महँगो गाडी सिफारिस गरेका हुन् । पूर्वप्रधानमन्त्रीहरूले गाडी फिर्ता नगरेका कारण प्रधानमन्त्री खनाललाई स्थानीय विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले प्रयोग गर्दै आएको टोयोटा प्राडो उपलब्ध गराइएको छ ।

 

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Toilet paper or water?
TPS EAD auto extended to June 2025 or just TPS?
Do nepalese really need TPS?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Top 10 Anti-vaxxers Who Got Owned by COVID
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters