खुल्ला मञ्चमा बिशाल जनसभा भयो, आफ्नो कुनै निश्चित अडान र छुट्टै ideology नभए पनि सातै पार्टि र अन्य सबै 'नेता' हरुले जनताको अगाडि बोल्न पाएको यो 'मौका' चुकाउन चाहेनन्।
पहिलो बक्ताले माईकमा आएर बोले : "…संबिधान सभा…" ।
दोस्रो बक्ताले पनि उपस्थित जनसमुदायलाई हेरेर भने "…संबिधान सभा !…" संबिधान सभा !!…"।
त्यसपछि तेस्रो, चौथो, …सातौ …बक्ताहरु फेरिदैं गए, तर अनुहार मात्रै फेरिए, भाषण फेरिएन ।
हरेक बक्ताले माईकमा आएर त्यहि बोले : "…संबिधान सभा !… संबिधान सभा !!… संबिधान सभा !!!…" ।
अबको देशको आर्थिक बिकास गर्ने के योजना छ, कसैले भनेनन् ।
बिदेश निति के कस्तो बन्नेछ, कसैले बोलेनन् ।
शिक्षा, स्वास्थ र आधारभूत आवश्यक्ता पुरा गर्न के गरिने छ कसैले सोचेनन् ।
पर्यटन व्यबसायलाई कसरि उकासिने छ कुरै भएन ।
देशको मुहार फेरिने र आमूल परिवर्तन हुने बचन पाएका म जस्तै, भिन्न भिन्न पेशा र क्षेत्रका नेपालि जनताहरु त्यहिँ खासखुस कुरा गर्न थाले :
" हैन यो संबिधान सभा त पहिले पनि सुनेको हो … अरु बिकास निति चाँहि के रहेछ ? " ,
" संबिधान सभा भनेको जादूको छडि हो कि के हो … अरु कुरा किन गर्दैनन् ? "
त्यो भिडमा, मेरो छेउमै यौटा होचो कद, गठिलो जिउडाल र टाउकोमा कपडाको नातो बाधिँ हातमा रुखको स्याउला बोकेर बसेको युबक थियो ।
हामि सबैको कुरा सुनेपछि उसले अत्यन्त सरल ढंगले जबाफ दियो : " कामरेडले अहिलेलाई यो भन्दा बढी नबोल्न निर्देशन दिनु भएको छ, र राष्ट्र को भावि नितिको दस्तावेज हालसम्म हामिहरुले यिनिहरुलाई दिएकै छैन नि त…।