[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  बाल्टिमोरमा कबि बसन्त चौधरी को 'मेघा ई बुक ' लोकार्पण
[VIEWED 3775 TIMES]
SAVE! for ease of future access.
Posted on 08-19-13 8:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विजय थापा ,भर्जिनिया ,भाद्र २ ,अमेरिकाको बाल्टिमोरमा कबि ,गीतकार तथा साहित्यकार बसन्त चौधरीका मेघा ई बुक (मेघा बिधुतिय पुस्तक )तथा पाँचौ गीत एल्बम लव फर एभर(माया सदाको लागि ) व्हाइट हिमाल टेलिभिजन तथा बाना (बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका ) को सयुक्त आयोजना तथा प्रेमी कला केन्द्रको प्रस्तुतिमा विश्व काब्य यात्रा कार्यक्रम सम्पन्न भएको छ l

मेघा ई बुक (मेघा बिधुतिय पुस्तक )को बिमोचन अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मा तथा पाँचौ गीत एल्बम लव फर एभर(माया सदाको लागि )लोकार्पण नेपाल कि वरिस्ठ गायिका मिरा राणाले गर्नु भयो lकबि बसन्त चौधरीको परिचय श्रब्य दृश्य (भिडियो )बाट गराईएको थियो भने पाँचौ गीत एल्बम लव फर एभर(माया सदाको लागि )बाट दुई वटा गीत भारतीय गायिका श्रेया घोषालले गाउनु भएको श्रब्य दृश्य सहित (भिडियो )तिमि आयौ वहार आयो र तिमि बाहेक मेरो भन्नु को छ गीत बजाईएको थियो र उपस्थित श्रोताहरुले ध्यान मग्न भै श्रवण गरेका थिए l

कबि बसन्त चौधरीले करिब सात वटा कविता वाचन गर्नु भएको थियो भने कविताहरु देश प्रेम ,माया ,प्रेम जीवनको चित्रण ,काब्य यात्रामा अमेरिका आउनु भन्दा अगाडी अमेरिकाको लागि लेखिएको कविता तथा बाल्टिमोरले गरेको आतिथ्य प्रति थोपा थोपा कविता बाचन गर्नु भएको थियो lप्रमुख अतिथि राजदूत डा शंकर प्रसाद शर्माले कबि बसन्त चौधरी बधाई तथा शुभकामना दिनु हुदै गीत हरु मन छुने आफुलाई लागेको बसन्त चौधरी बहु आयामिक व्यक्तित्व भएको उल्लेख गर्दै दूताबासको तर्फबाट बधाई दिनु भएको थियो lयसै गरि आयोजक व्हाइट हिमाल टेलिभिजनक अधक्ष्य शान खड्काले कबि बसन्त चौधरीका गीतहरु देश प्रेम र राष्ट्रियताको झझल्को आउने प्रकारको लागेको र आफुले जहिले पनि सहयोग गर्न तैयार रहको प्रतिबद्दता जाहेर गर्नु भएको थियो l

कार्यक्रममा बसन्त चौधरीलाई आयोजकका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो भने बसन्त चौधरीले पनि कार्यक्रममा हौसला प्रदान गरेकोमा आयोजकलाई नेपाल बाट ल्याएको उपहार प्रदान गर्नु भएको थियो lकबि चौधरीले मन्तब्य राख्दै कविता सुन्नु हुने सबैलाई आभार प्रकट गर्दै कविता वचन गर्दा हर्ष लागेको उल्लेख गर्दै कविताको माध्यम बाट छुट्टै संसार रच्न चाहन्छु भन्नु भयो lफरक प्रकारमा पस्किएको कार्यक्रम आयोजकहरुका तर्फ बानाका अधक्ष्य विजय श्रेष्ठले शुभकामना दिनु भएको थियो भने आसन ग्रहण गर्नु हुने बिशेष अतिथिहरुलाई प्रेमी कला केन्द्रका सचिब लोकनाथ तिवारीले खादाले स्वागत गर्नु भएको थियो l

नायक सरोज खनालले कबि बसन्त चौधरीका कवितालाई अभिनयको माध्यमबाट प्रस्तुति गर्नु भएको थियो l  कार्यक्रमका सभापति लोक गायक प्रेम राजा महतले हर्ष व्यक्त गरेको र यस्तो मौका दिनु भएकोमा आभार प्रकट गर्नु भएको थियो l प्रेम राजा महतले कबि बसन्त चौधरीलाई समर्पित गर्दै रोई रहेको होला एउटा नेपाली भन्ने गीत गाउनु भयो lसबै भन्दा लामो दूरदर्सन (टेलीभिजन बहस कार्यक्रम )गरि बिश्व किर्तिमान कायम गर्ने संचार कर्मी रबि लामिछानेलाई प्रशंसा प्रमाण पत्र बसन्त चौधरीले प्रदान गर्नु भएको थियो l बिश्व काब्य यात्राको मुख्य उदेश्य नेपाली भाषा ,साहित्य र संस्कृतिलाई आगामी पिढीहरु सम्म पुर्याउन मदत हुन् सक्ने छ भन्ने रहेको छ भने चौधरीले दुई सय भन्दा ज्यादा कविता तथा पांच दर्जन भन्दा ज्यादा गीत लेखि सक्नु भएको छ l

धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको बिसर्जन विश्व काब्य यात्रा  कार्यक्रमका सभापति तथा म्यारील्याण्ड तथा पेनसेलभानियाका लागि नेपाल सरकारको तर्फबाट नियुक्ति हुनु भएका अबैतनिक महा बाणिज्य दुत प्रेम राजा महतले गर्नु भएको थियो भने कार्यक्रम संचालन राजेन्द्र शैलबले गर्नु भएको थियो l

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
सालीको चाक
Conservative discussions
Who is hottest nepali female?
TPS for Nepal likely to extend next week
I hope all the fake Nepali refugee get deported
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Nepal TPS has been Extended !!!
Embassy of Nepal might be able to help extend TPS for Nepal
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Nepal TPS decision
TPS for Venezuela is terminated, only 60 days extension for transition period
ICE kidnapping people off the streets over op eds
TPS to F1 Status.
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
if you are in USA illegally and ask for asylum it is legal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters