[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 डिसी दूताबासमा तीजको रमझम
[VIEWED 1650 TIMES]
SAVE! for ease of future access.
Posted on 08-24-13 5:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
विजय थापा ,भर्जिनिया ,भाद्र ७ ,वाशिंगटन डिसी नेपाली दूताबासको आयोजनामा नेपाली महिलाहरुको महान चाड हरितालिका तीज हर्षो उल्लाश तथा मनोरंजन पुर्वक सम्पन्न गरिएको छ । बिगतका बर्षहरु झैं दूताबासको पहलमा वाशिंगटन डिसी महानगर क्षेत्र वरि परि बसोबास गर्ने चेली बेटीहरुलाई दर खुवाई तथा नाच गान गरि रमाइलो गरिएको छ l 

बिदेशमा कामको चाप र व्यस्तताले थकित चेली बेटीहरुले आफ्नो माईति घर पुगेको अनुभव गरेका छन् भने दूताबासले अभिभावकको भूमिका निर्वाह गरेको महसुस गरिएको छ भन्दै त्यहाँ पुगेर आएका चेली बेटीले बताएका छन् l परदेशमा सारो गार्होमा दूताबासले हामीलाई हेर्छ भन्दै माईति गएर फर्केका हौ भनि दिदि बहिनिहरुले खुशी प्रकट गरे l

दिदि बहिनि तथा चेली बेटीहरु राता साडी ,हरियो तथा छड्के पहेलो पोतेको तिलहरीमा सजिएर पुगेका थिए भने कार्यक्रममा बिभिन्न तीजका नयाँ पुराना गीतहरु बजाएर खुबै रमाएर राजदूत निवास थर्काएका थिए । नेपालको सम्झना गराउने गरि तीजको दर स्वरूप बिभिन्न परीकारका स्वादिष्ट पकवानहरुले दिदि बहिनिहरुलाई सन्तुष्ट बनाएको थियो । गत सालमा पनि सबै दिदी बहिनीहरुले बडो रमाइलो र सौहाद्रपूर्ण तरिकाले प्रवासमा नै भए पनि मनाएका थिए l बिदेशी महिलाहरुको पनि सहभागिता रहेको तीजमा रमाएर नेपाली महिलाहरुसंग नृत्यमा साथ दिएका थिए l

दूताबासको पहलमा गरिएको हरि तालिका तीज भए पनि यसको चाजो पाजोको सम्पूर्ण व्यवस्था तथा बिसेष आतिथ्य श्रीमती कल्पना शर्मा (श्रीमती डा शंकर प्रसाद शर्मा ,अमेरिकाका लागि नेपाली राजदूत )ले गर्नु भएको बुझिएको छ l उपस्थित भएर आउने महिलाहरुले बर्षमा एक पटक आउने चाड सदैब दूताबासले गरोस भनि कामना सहित २०७० सालको हरि तालिका तीज मनाईयो भनि दंग परेका छन् l

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
if you are in USA illegally and ask for asylum it is legal
Democrat lies revealed
Dementia Joe has been selected to become the next President
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters