[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 के एनआरएन गरिबीको भीषण नग्राले चिथोरिएको व्यक्तिले हाक्न सक्लान ?
[VIEWED 5214 TIMES]
SAVE! for ease of future access.
Posted on 03-15-15 5:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


विजय थापा
डिसी

एनआरएन धनिहरुको संस्था भनेर बात लागेको छ l धनाड्यहरु मात्र नेतृत्वमा जान्छन भन्ने गम्भीर आरोप र प्रत्यारोप लाग्ने गर्छ l स्थापना काल देखि नै टिका टिप्पणी खेपी रहेको छ l

गैर आवाशीय नेपाली संघका राष्ट्रिय समन्वय समितिमा पनि अधिकाशं कुबेरहरु नेतृत्वमा आउने गर्छन l धनाड्य वालाले अधिकांश हाली मुहाली गरेको देखिएको छ l एनआरएन आईसीसी मा नेतृत्व पदमा बस्ने सबै अरब पतिहरु बिजयी भएको ईतिहासले देखाएको छ l सन् २००३ मा स्थापना गर्ने संस्थापक कुबेर थिए र हाल पनि छन् l

संस्थापक अध्यक्षको कार्यकाल पछिका सबै भन्दा कुबेरका पनि महा कुबेर वर्तमान अध्यक्ष हुन् l १ अरबको मात्र अक्षय कोष खोल्न सक्ने आँटिला र दानबिर पनि हुन् l

भनिन्छ पैसा भए पछि आफै आँट आउछ l लक्ष्मीले लक्ष्मी तान्छिन l सायद त्यसैले होला एन आर एनका वर्तमान अध्यक्ष ले जे छोए पनि सुन फली रहेको छ l जुनै देशमा टेके पनि पैसै पैसा फलेको फ़लै छ l

लक्ष्मीले बरदान दिएका परिश्रमी व्यक्तित्वहरुले कुर्सि हाकेका छन् l अन्तर्राष्ट्रिय एनआरएन हाक्न आर्थिक सम्पन्नता हुनु आवश्यक देखिएको छ l त्यो भएन भने संस्था चलाउन र खर्चले धन्न नसक्ने देखिएको छ l धनि हुनु हुन्न भने ससुरालिले सबै व्यवस्था गरि दिदैनन l खर्च पानीको चाजो मामाले गरि दिदैनन l पूर्व ,पश्चिम ,उत्तर र दक्षिण हिडडुल गर्न लक्ष्मीको तारतम्य आफैले मिलाउनु पर्ने हुन्छ l

धन बोरामा हाली ब्रम्हाण्ड निस्कनु पर्छ l एनआरएन हरुका समस्या सुन्नु पर्छ र समाधान गर्नु पर्छ l जुन काम घरमै बसी बसी गर्न सम्भव हुदैन l घर बाहिर निक्लने पर्छ त्यो व्यवस्था मिलाउन बोरामा बिटाका बिटा पैसा भएकै हुनु पर्छ l कार्यकाल भर भ्रमण नै भ्रमणमा बिताउनु पर्छ l हवाई जहाजको हवाई जहाजमा कार्यकाल जाने हुनाले अर्थ चाहिन्छ l

आधा कार्यकाल आकाश मै बिताउनु पर्ने हुन्छ l त्यसको लागि दाम गोजीमा हुनु पर्छ l रित्तो गोजिले संस्था हाक्न सकिने अवस्था हुदैन l

किनभने स्वयम् सेवकरुपमा समय दान गरेको संस्थाले नेतृत्वलाई ८४ व्यंजन खुवाउन सक्दैन l भत्ता र पांच तारे अतिथि गृहमा बासको व्यवस्था पनि गर्दैन l स्वयम् आफैले खर्च बेहर्नु पर्ने हुनाले कुबेर हुनु जरुरि देखिन्छ l धनाड्य छ भने मात्र संस्थाको मुर्धन्य पद ताक्न सकिने वातावरणले देखाएको छ l धनिले एनआरएनको पाङ्ग्रा चलाउन सक्छ l संस्थाको मुखिया हुन् धनवान हुनु अपरिहार्य छ l मालदार हुनु हुन्न भने बेखर्ची भएर बिश्व भ्रमण गर्न नसके प्रतिबद्धता तुहुने हुन्छ l

मालामाल हुनु हुन्छ भने तपाईको जय हुन्छ l द्रब्यको सुकेनास रोग बाट पिडित हुनु हुन्छ भने तपाइको भय हुन्छ l नेतृत्व लिई मूद्रा निकाल्न गरिब मानसिकता पाल्नु हुन्छ भने कार्यकाल असफल हुने ज्यादा सम्भावना हुने हुन्छ l धन निकाल्न कालो मन गर्नु हुन्छन भने सूर्य हेर्नु बेकार हुनेछ l संस्था हाक्ने ईक्षा हुदा आर्थिक सम्पन्न हुनु एक पर्नेछ ,दुई पर्ने छ र तीन पर्ने छ l नत्र नेतृत्व लिन सपना जस्तै हुनेछ l

आर्थीक दरिद्रताको भीषण नग्राले चिथोरिको छ भने नेतृत्व लिने दिवा सपना त्याग्नु पर्छ l एउटा देशको नेतृत्व लिन पनि धेरै खर्च जुटाउनु पर्ने अपरिहार्यता हुने भएकोले विश्वको नेतृत्व लिन आखिर भब्य धनाड्य हुनै पर्छ l

अझ पनि धनिहरुको संस्थाबाटै एनआरएन चिनिन्छ l निरन्तर धनिको संस्था भनि टाचा लगाइने काम भै रहेको हुन्छ l टिका टिप्पणी बाट उन्मुक्त हुन् पाई रहेको छैन l धनिहरुको क्रिडा स्थल भनि भिषण दोषारोपण लगाईन्छ l आखिर यसै आरोप ,उसै आरोप l धनिहरुको मात्र संस्था हो भनि सुगा रटाई गरिन्छ भने ,हो भने हो ? प्रजातन्त्रमा वाक स्वतन्त्रता छ l आखिर धनाड्यहरुले नेतृत्व लिए पनि सस्थाको धनीपुर्जा कब्जा गरि धरौटी राखेर बेच बिखन गरेको ईतिहास कतै देखिदैन l

नेतृत्व वर्गमा धनि व्यक्ति आएका छन् यो ध्रुब सत्य हो l यस अर्थमा यो हैन कि अन्य व्यक्ति नेतृत्वमा नआएका भन्ने पनि हैन l एनआरएन संस्था धनिहरुको मात्र नभै सबै वर्गको प्रतिनिधित्व गर्दछ l यसमा दुईमत छैन l यदि आर्थिक सम्पन्न छैन भने स्थानीय तह सम्म हाक्न सक्ने हुन्छ तर राष्ट्रिय स्तरमा नेतृत्व लिन खोज्ने व्यक्तिको गोजी बलियो हुनु पर्छ नत्र साधारण सदस्यमा चित्त बुझाउनु पर्ने हुन्छ l सुको निकाल्न मुस्किल छ भने आकाश हेर्न छोड्नु पर्ने हुनेछ l

आखिर कुलो र कुरोलाई जता घुमाए पनि हुन्छ l गरिबीको भीषण नंग्राले चिथोरिएको व्यक्तिले एनआरएन अहिले सम्म नेतृत्व लिन सकेको देखिदैन l के सक्लान त ? सक्ने सम्भावना दुर्लब हुन्छ l घुमी फिरी रुम्झाटार भने झैँ एनआरएन को नेतृत्व कुबेर र धनाड्यले लिए के फरक पर्ला त ?

....................................अस्तु




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Who is hottest nepali female?
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
2020 : Why No Trump !
Democrat lies revealed
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters