[Show all top banners]

huippa

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 एक्ंिलदो ट्रम्प, अस्ताउँदो साम्राज्यवाद
[VIEWED 12112 TIMES]
SAVE! for ease of future access.
Posted on 10-10-18 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डुब्न लागेको जहाजलाई मुसोले पनि साथ छोड्छ । संरा अमेरिकाको ट्रम्प सरकार आज डुब्न लागेको जहाज बनिरहेको छ र उनको सरकारबाट एक एक गर्दै अहिलेसम्ममा धेरै पदाधिकारीले साथ छोडिसकेका छन् । पछिल्लोपटक गएको म·लबार संयुक्त राष्ट्र सङ्घका लागि संरा अमेरिकी दूत निक्की हेलीले पदबाट राजीनामा दिएका छन् । यसअघि गएको मार्च महिनामा राष्ट्रिय सुरक्षा सल्लाहकार हर्बर्ट आर मेकमास्टर र विदेशसचिव रेक्स टिलर्सनले पदबाट राजीनामा दिएका थिए । गएको वर्ष सन् २०१७ को जनवरीबाट राष्ट्रपति पदभार ग्रहण गरेका ट्रम्पका सहयोगीहरूले सोही महिनाबाटै पदबाट राजीनामा दिन थालेका हुन् । हालसम्म ट्रम्प सरकारबाट २३ जना उच्चपदस्थ अधिकारीहरूले पदबाट राजीनामा दिइसकेका छन् ।
बाँदरको स्वर निको छैन भनेजस्तै ट्रम्पको लागि यो राम्रो सङ्केत पक्कै होइन । यसैबीच अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा आगामी सन् २०१९ मा निर्वाचनमा ट्रम्प रिपब्लिकन पार्टीबाट उम्मेदवार नहुने परिस्थिति विकास हुनसक्ने विश्लेषण प्रकाशित गरेका छन् । उनको सट्टा उपराष्ट्रपति माइक पेन्स आगामी चुनावको लागि उम्मेदवार बन्नै दौडमा रहेको विश्लेषकहरूको भनाइ छ ।
व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा हालफालेका ट्रम्पको दुईवर्षे कार्यकालमा अनेकन मुद्दामा विवादित बन्न पुगे । चुनावी अभियानमा युद्धविरोधी प्रतिबद्धता व्यक्त गरे पनि उनले पदग्रहण गरेपछि आफ्नो वचन पूरा गर्न सकेनन् । बरू उनले अझै संसारलाई युद्धको दलदलमा फसाउन सक्ने नयाँ नयाँ निर्णय ग¥यो । संरा अमेरिकासमेतले हस्ताक्षर गरेको इरानी आणविक कार्यक्रमसम्बन्धी सम्झौताबाट ट्रम्पले हात झिक्ने निर्णय गरे । यसले अरब देशलाई मात्र होइन, संरा अमेरिकाका पक्षधर मानिएका देशहरूलाई समेत झस्काइदियो । इजरायलको राजधानी जेरुसेलम मान्ने र संरा अमेरिकी राजदूतावास खोल्ने ट्रम्पको निर्णयको पनि चर्को विरोध भयो । चीन, क्यानाडा, मेक्सिको, जर्मनीलगायतका देशसँगको खस्कँदो व्यापारिक सम्बन्धका कारण आर्थिक रुपमा समेत ट्रम्प ओझेलमा पर्दै गएका छन् । जलवायु परिवर्तनसम्बन्धी पेरिस घोषणापत्रबाट हात झिक्ने निर्णय गरेर उनी अर्को विवादमा फसेका छन् । संसारभरका वातावरणकर्मीहरूले यो निर्णयको कडा विरोध गरेका छन् । त्यसो त दसकौंदेखि द्वन्द्वमा रहेको कोरिया प्रायःद्विपमा यसैबीच संरा अमेरिकाले थालेको संवादले एक प्रकारको सकारात्मक सन्देश पनि प्रवाह भएको छ । तर ट्रम्पजस्तो स्वार्थी र छिनछिनमा कुरा फेरिरहने अराजनीतिक नेताबाट प्रजग कोरियासंगको संवादलाई रणनीतिक रुपमा मात्र प्रयोग गर्न लागेको हो कि अथवा इराकको सद्दाम हुस्सेनको सत्तालाई जस्तै धोखा दिने हो कि भन्ने आशङ्कालाई पनि अन्यथा मान्न मिल्दैन ।
आप्रवासनमा आएको मानिसका छोराछोरीलाई अलग शिविरमा राख्ने नीतिमा त उनी असफल नै भए । चौतर्फी विरोधपछि उनी झुक्न बाध्य भए । यसप्रकार संरा अमेरिका इतिहासकै अत्यन्त कमजोर सरकारको हातमा परेको देखिन्छ । संरा अमेरिकाको यस्तो अवस्थालाई धेरै विश्लेषकहरूले साम्राज्यवादी अवसानको सुरूवातको रूपमा लिएका छन् । कुनै बेला बेलायती साम्राज्यमा कहिल्यै घाम डुब्दैन भन्ने युग थियो । आज बेलायत आफ्नै भूगोलभित्र खुम्चिएर बस्न बाध्य छ । त्यसरी नै संसारकै महाशक्ति दरिएको संरा अमेरिकाको साम्राज्यवादी ध्वजा क्रमशः मक्किदै गएको आजको अवस्थाले देखाएको छ । पाप धुरीबाट कराउँछ भने जस्तो संरा अमेरिकी शासक वर्गको लागि आजको परिस्थिति निल्नु न ओकल्नुको अवस्थामा छ । ट्रम्प एकजना प्रतिनिधि पात्रमात्र हुन्, वास्तवमा त्यहाँको शासक पुँजीपति वर्गमा अभूतपूर्व मतान्तर यति प्रष्ट देखिएको छ । संरा अमेरिकाभित्र आफ्ना शासक वर्गप्रति तीब्र असन्तोषको लहर उठिरहेको छ । यसले संरा अमेरिकामा अर्को मेई १ जस्तो गौरवपूर्ण श्रमिक आन्दोलनको नजिक रहेको अनुमान गर्न सक्दछौं । साम्राज्यवादी शासनको अवसानको सङ्घारमा आजको समय रहेको बुझ्न ट्रम्पको एक्लोपन नै प्रशस्त छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
Conservative discussions
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Nepal TPS decision
TPS to F1 Status.
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
legal Query for married nepali girl now have taken US citizenship
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters