[Show all top banners]

huippa
Replies to this thread:

More by huippa
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 के शासक नेताहरू पाखण्डी हुन् ?
[VIEWED 17897 TIMES]
SAVE! for ease of future access.
Posted on 10-17-18 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखले एउटा र कामले उल्टो गर्ने काम पाखण्ड हो भने त्यसका प्रयोगकर्ताहरू पाखण्डी हुन् । राजतन्त्र दैवी सिद्धान्तको आधारमा बाँच्छ, दैवी सिद्धान्तलाई पुँजीवादी दार्शनिकहरूले हाँक दिएपछि राजतन्त्र कमजोर हुँदै गयो, शक्ति सिद्धान्त र सामाजिक सम्झौताको सिद्धान्त अगाडि बढ्यो, पछि विकासवादी सिद्धान्तले सबैको आँखा खोलिदियो ।
दैवी सिद्धान्तको खण्डनकै कारण बेलायतमा सन् १६४० मा राजतन्त्रको विरोधमा पुँजीवादी क्रान्ति भयो, राजा चाल्र्स काटिए र क्रामवेल सत्तामा पुगे । अमेरिकी स्वतन्त्रता सङ्ग्राम बेलायती राजतन्त्रकै विरोधमा उठ्यो र संरा अमेरिकामा गणतन्त्रको जग हालियो । फ्रान्सेली राज्य क्रान्तिले पनि राजा लुई काट्यो र गणतन्त्रको स्थापना भयो । युरोप र संसारमा यसरी राजतन्त्रको विरोधमा वा अन्धविश्वासको विरोधमा वैज्ञानिक दृष्टिकोणको पक्षमा क्रान्ति अगाडि बढ्यो ।
तर सामन्ती संस्कारहरूले बेलायतमा मात्रै होइन संरा अमेरिकालाई पनि गाँजे र राष्ट्रपतिहरूको शपथमा समेत चर्च भित्रियो । बेलायतमा चर्चले आजसम्म क्रामवेललाई भित्र्याएन भने फ्रान्सेली राज्य क्रान्ति र पेरिस कम्युनले शिक्षा र विद्यालयलाई सार्वजनिक शिक्षामा परिणत गरे र विवाह र अन्य कार्य चर्चमा होइन स्थानीय जनप्रतिनिधिहरूको समितिको हातमा सुम्प्यो । तर भारतमा स्वतन्त्रता आन्दोलन सम्झौतामा टुङ्गेको कारण समाजमा क्रान्तिकारी परिवर्तन नआउँदा धार्मिक साम्प्रदायिकता यथावत रह्यो । नेपालमा त्यसकै प्रभाव बाँकी छ ।
नेपालका शासक दलहरूले गणतन्त्र स्थापना गरे, राजतन्त्र हट्यो, राजा र राजपरिवारको हत्या भयो तर ‘शक्ति केन्द्रहरू’ मा टीको लाउन जाने र चाकडी गर्ने प्रथा बाँकी रह्यो, ‘शक्ति पीठहरू’ मा पूजा जाने कारणले ।
मल्ल राजतन्त्रहरू समाप्त भएजस्तै गोरखाका राजा र राजतन्त्र समाप्त भई गणतन्त्रको घोषणा गरियो, तर दशैंमा गोरखा दरवारबाट काठमाडौंको हनुमानघाटमा फूलपाती भित्र्याइन्छ र टुँडिखेलमा फूलपातीमा बढाइँ गरिन्छ । उपत्यकाका तलेजुहरूमा त्यही प्रक्रिया चालू छ । भक्तपुरको तलेजुमा पहिले निजगढको संस्कार चल्थ्यो ।
अहिले नेपालमा ‘नेकपा’ को शासन छ । तराईमा सामन्त र जमिनदार वर्गको प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूको पनि समर्थन छ । हिजो राजतन्त्रमा राजाद्वारा गरिने कुमारी पूजा र अन्य धार्मिक संस्कारहरूमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरू उपस्थित हुन्छन् । के यो पाखण्ड होइन ? के ‘नेकपा’ ले माक्र्सवाद–लेनिनवाद मान्ने राजनैतिक दलको दाबी गरेको होइन ? माक्र्सवाद–लेनिनवाद के नास्तिक सिद्धान्त होइन ? तिनीहरूको शासनमा अन्धविश्वास, राजतन्त्र र दैवी सिद्धान्त किन कायम हुन्छ ? यसको उत्तर कसले दिने – प्रचण्ड वा ओलीले ?
एक नेपाली उखान छ –‘भेँडो एकोहोरो भएर बिग्रिन्छ, मानिस दोहोरो भएर ।’ नेकपा, ओली, प्रचण्ड र तिनीहरूका शिष्य वा समर्थकहरू एकोहोरो बाटो लाग्छन् वा दोहोरो, निक्र्योल गर्नु आवश्यक छ । नत्र नेपाल र नेपाली जनता अन्योलमा पर्नेछन् । भक्तपुरको एक सानो दुरीको कालोपत्र गर्ने बजेट रू. १७ लाख बताइयो, झण्डै ५ वर्ष कालोपत्र भएन, किन ? सडकको हाकिमलाई एक ‘शक्ति पीठ’ ले पाँच लाख मागेको बताइन्छ दशैंमा । ठेकेदार मानिरहेको थिएन, तर अर्को सानो गल्लीको सडक र पर्खाल बनाउन रू. ११ करोडको ठेका दिने अर्को ‘शक्ति पीठ’ को योजना बाहिर आएको छ । अन्धविश्वास र पुरानो संस्कारबाट निर्लिप्त नभएसम्म भ्रष्टाचार रोकिने छैन र भ्रष्टाचार नरोकेसम्म समृद्धि आकाशको फल हो !


 
Posted on 10-18-18 3:22 AM     [Snapshot: 83]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baun ko ragat mai kuti kuti paakhandi pan le bhareko huncha. Jasari Hitler le Jews haroori lai sasti garyo, tesari nai baun haroo ko sarvanash garna lai euta Hitler ko janma nepal maa hunu jaroori chha. Ani maatrai, Nepal ko bikash huncha.
Last edited: 18-Oct-18 03:22 AM

 
Posted on 10-30-18 7:42 PM     [Snapshot: 714]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@saagarai: Baun Marne Hitler janmincha Vanera perkhine ki afain banne hau ?? Bro nai bande ta chadai bikas hunthyo hola ani ma Nepal farkinthye. Bro Nepal mai ho ki tadai bata socheko Matra ??
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
2020 : Why No Trump !
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
Business Ideas in Nepal?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Leave messages on US congressman's facebook to support TPS
नेपाली वालमार्ट चोर
Tps decision coming or not nov 18
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
H1B
Funny when Nepalis talk about Epstein and injustice
EAD Filing
अब के हाेला त?
NOV 18th TPS DAY
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters