[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  ३१ औं एएनए सम्मलेनको आम्दानी तथा खर्च बिवरण सार्वजनीक
[VIEWED 1877 TIMES]
SAVE! for ease of future access.
Posted on 08-16-13 11:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विजय थापा ,भर्जिनिया ,साउन ३२ ,३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )सम्मलेनको आम्दानी तथा खर्च बिवरणको सार्बजनिक पत्रकार सम्मेलन मार्फत गरिएको जानकारी ३१ औ ए एन ए सम्मेलनका संचार संयोजक सूर्य थापाले दिएका छन् । ३१ औ ए एन ए सम्मेलनका प्रमुख संयोजक समिर मर्हजनले ३१ औं एएनए सम्मेलन सहभागीका हिसावले निकै ऐतिहासीक सफल भएको बताउदै सम्मेलनको सफलताको लागि समुदायका सबै वर्गहरुबाट अतुलनीय सहयोग प्राप्त भएकोमा सबैलाई धन्यबाद दिएका छन् l

ए एन ए सम्मेलनमा केहि आर्थिक नाफा निकाल्ने र सो रकमबाट नेपालको दुर्गम स्थानमा बिद्यालय खोल्ने भनि पूर्व प्रतिबद्दता तथा सार्वजनिक रुपमा अन्तर्वार्ता समेत दिएका मर्हजनले न्यु योर्क ए एन ए सहभागीता निकै राम्रो भए पनि सम्मेलनबाट जम्मा एक हजार आठ सय अमेरिकी डलर मात्र नाफा गर्न सकिएको जानकारी गराएका छ्न । बिगत ३१ बर्ष देखी जुलाई ४ मा आयोजना हुंदै आएको ए एन ए सम्मेलनमा पहिलो पटक डिसी सम्मेलनले नाफा दिलाउन सफल भए पछि क्रमस टेक्सास र हाल न्यु योर्क सम्मेलनले पनि धेर थोर जे भएता पनि नाफा दिन सकेको एएनएका अध्यक्ष छेवागं शेर्पाले जानकारी दिएको उक्त छापा बिज्ञप्तिमा जनाईएको छ l

गैर मुनाफा संस्था अन्तर्गत दर्ता भएको ए एन ए नाफा कमाउनको लागि सम्मेलनको आयोजना नगरिएको भन्दै शेर्पाले थप जानकारी दिदै तीन बर्ष भन्दा पहिलाका सबै सम्मेलनहरुको हिसाब किताब कुनै अभिलेख राखिएको छैन । ३१ औं सम्मेलन भब्यताको साथ सम्पन्न भए पनि केहि कमजोरी र धोकाका कारण सोचे जस्तो नाफा नभएको ३१ औं सम्मेलन संयोजक समीर मर्हजनले पत्रकार सम्मेलनमा बताए । संयोजक मर्हजनका अनुसार सम्मेलन आयोजक समितीलाई सबैभन्दा ठुलो धोका नेपाल उद्योग वाणिज्य महासंघ, नेपालका अध्यक्ष सुरज बैद्यले दिएका छन् । आफु नेपालमा गएको समयमा बैद्यले सम्मेलनमा ठुलो टोलीका साथ सहभागी हुने वाचा गरेपनि अन्त्यमा सम्मेलनमा उहाँहरु नआइदिदाँ २०,३० स्टल खाली भए, महर्जनले भन्नुभयो । उद्योग बाणिज्य महसंघको टोली नआउंदा र सम्मेलनमा सुरक्षा अपेक्षा भन्दा कमजोरी रहेको हुदा बिस तिस हजार डलर घाटा परेको मर्हजनको भनाई रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ l

सम्मेलनमा अतिथि तथा सहभागीहरुलाई भरपुर मनोरंजन गराउने हेतुले बिबिध सांस्कृतीक कार्यक्रमको आयोजना गरिएकोले कलाकारहरुको खर्च बढेको ,स्मारिका विज्ञापन, व्यवसायीहरुको प्रायोजन, सहभागी दर्ता, खेलकुद प्रतियोगिता उल्लेखीय रकम संकलन गरे पनि आयोजना एवं खेल स्थलमा धेरै रकम खर्च भएको जनाइएको छ । एएनएका अध्यक्ष शेर्पाले सम्मेलनलाई ऐतिहासिक सफल भएको बताउदै यो सम्मेलनले आर्थिक भन्दा पनि सामाजीक रुपमा एएनएको छबीलाई उच्च बनाएको बताउनुभयो l

अधक्ष्य शेर्पाले जानकारी दिदै हाम्रा यी कमजोरीहरुलाई आगामी सम्मेलनमा सुधार्ने र बिगत तीन वटा सम्मेलनका प्रमुख संयोजकहरुसंग व्यापक बिचार बिमर्श ,छलफल तथा परामर्श लिई ३२ औ ए एन ए सम्मेलनलाई कसरि उत्तम बनाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित रहने बताउनु भएको जानकारी दिइएको छ l महर्जनले थप जानकारी दिदै भने एएनएको इतिहासमा पहिलो पटक नेपालका लागि अमेरिकी राजदूत र अमेरिकाका लागि नेपाली  राजदूतका  दुबैको सहभागिता रह्यो भने संख्यात्मक हिसावले करिव ८ हजारका सहभागिता आफैंमा एक कीर्तमान हो l

ए एन ए अधक्ष्य शेर्पाले भने बहुसास्कृतिक, बहुभाषिक र बहुधार्मिक प्रकृतिका परेड समावेसी कोणबाट आफैंमा ऐतिहासिक थियो l नेपाली कांग्रेसका सभापति श्री सुशील कोइराला , नेपालका लागि अमेरिकी राजदूत महामहिम पिटर जे. बोडे, अमेरिकाका लागि नेपाली  नियोगहरुका  उच्च पदाधिकारीहरु,एनआरएनका उच्च पदाधिकारी,नेपाल उद्योगवाणिज्य महासंघका प्रतिनिधिमण्डल, एएनएका सम्पूर्ण पदाधिकारी सहित हजारौंका सहभागिता रहेका यो परेडले आफैंमा सानो नेपालको समावेसी झझल्को दिन्थ्यो भने ।

विश्व कीर्तिमानधारी सगरमाथा पर्वतारोहीहरुको सहभागिताले ए एन ए सम्मेलन उत्साहजनक रहेको जानकारी अधक्ष्य शेर्पाले जनाउदै काठमाडौँ कुलेखानी हेटौडा सुरुङ्ग मार्ग निर्माण गर्ने संस्था नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडसँग सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर समेत गरिएकोले ए एन ए सम्मेलन आफैमा ऐतिहासिक बन्न पुगेको छ भन्दै आर्थिक पक्षमा धेरै नाफा कमाउन नसके पनि यहि नै हामीले कमाएका छौ भनि बिज्ञप्तिमा जनाईएको छ l ए एन ए आर्थिक मामिलामा पूर्ण पारदर्शिता रहेको र सम्पूर्ण बिबरण ए एन ए को आधिकारिक वेब साइट(www.anaonline.org)मा राखिने जानकारी अधक्ष्य शेर्पाले दिएको जनाइएको छ l

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Dementia Joe has been selected to become the next President
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters