[Show all top banners]

mahoday

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 अमेरिकामा गणतन्त्र दिवस मनाउन घुईचो
[VIEWED 1552 TIMES]
SAVE! for ease of future access.
Posted on 05-29-14 7:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकामा गणतन्त्र दिवस मनाउन घुईचो


जेष्ठ १५ ,भर्जिनिया
विजय थापा

वाशिंगटन डिसी नेपाली दुतावासको आयोजनामा भएको गणतन्त्र दिवसमा सागर उर्लिएको झैँ नेपाली समुदाय तथा अतिथिहरुको उल्लेखनीय घुईचोका बीच भब्यताको साथ सम्पन्न भएको छ l अमेरिकाका लागि कार्यबाहक राजदुत तथा चार्ज दि अफ़ेअर्स ऋषि राम घिमिरेले सबैलाई कार्यक्रममा उपस्थित आमन्त्रित अतिथिहरुलाई गणतन्त्र दिवसको अवसरमा नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट तर्फबाट स्वागत गरेका थिए । साथै राजदूतावासको निमन्त्रणा स्वीकार गरी कार्यक्रममा पाल्नु भएकोमा अतिथिहरु प्रति आभार एवं धन्यबाद ब्यक्त गर्दै गणतन्त्र दिवसको बारेमा संक्षिप्त जानकारी समेत दिएका थिए l

कार्यबाहक राजदुत घिमिरेले उक्त अवसरमा मन्तब्य राख्दै नेपाली जनताले गणतन्त्रको ल्याएको र राजतन्त्रको अन्त्य भएको चर्चा गर्दै ज्ञात तथा अज्ञात सवै शहीदहरुप्रति श्रद्धा व्यक्त गरेका थिए l गत बर्ष सफलता पुर्वक सम्पन्न भएको निर्वाचनको सराहना गर्दै नेपालमा गणतन्त्रको स्थापना संगै संबिधान निर्माण प्रक्रिया अगाडी बढी रहेको उल्लेख गरे l नेपाल र अमेरिका बीच ६ दशक देखिको कुटनैतिक सम्बन्धको चर्चा गर्दै नेपालको विकासको लागि अमेरिकाले सामाजिक तथा आर्थिक क्षेत्रमा गरेको अतुलनिय सहयोगको प्रशंसा गर्दै आगामी दिनमा अझ बढी सहयोग मिल्ने कुरामा आफु आशाबादी भएको विचार पोखेका थिए l

कार्यक्रमका प्रमुख अतिथि दक्षिण तथा मध्य एसिया बिभाग प्रमुख निशा देसाई बिश्वासले गणतन्त्र दिवसमा शुभकामना दिएकी थिइन् भने नेपाल र अमेरिका बीचको सम्बन्ध बारेमा चर्चा गरिन l र ,उनले नेपाल र नेपाली जनताको बारेमा अमेरिकाका जनता तथा सभासद /कांग्रेसमा पनि राम्रो छबि रहेको उल्लेख गर्दै लामो समय देखि अबरुद्ध रहेको पिसकोर पुन:नेपालमा फर्केकोमा खुशी ब्यक्त गरिन l उक्त कार्यक्रममा नेपालका लागि पुर्व राजदुत जुलिया च्याङ्ग नेपाली समुदायसंग घुलमिल गरि रहेकी थिइन् भने नेपाल सरकारका तर्फबाट अमेरिका आई पुगेका उद्योग मन्त्री कर्ण बहादुर थापा तथा भुत पुर्व परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेको पनि उपस्थिति रहेको थियो भने नेपाली समुदाय सामुहिक तस्बिर खिचाउन उत्सुक देख्न्थ्ये l

कार्यबाहक राजदुत घिमिरेले उद्योग मन्त्री कर्ण बहादुर थापालाई मन्तब्य क्रममा उपस्थितिले हौसला प्रदान गरेको चर्चा गर्दै स्वागत गरेका थिए भने तथा भुतपुर्व परराष्ट्र मन्त्री माधव प्रसाद घिमिरेले गत बर्ष सम्पन्न भएको निर्वाचनमा खेलेको अहम भूमिका प्रति गौरब लागेको बताएका थिए l

कार्यक्रममा नेपाली दुतावासका अतिथिगण ,कुटनैतिक व्यक्तिहरु ,अमेरिकाका राज्य बिभाग , डिसी महानगर तथा आसपासका राज्यहरुमा स्थित नेपाली समुदायदवारा स्थापित विभिन्न संघ संस्थाका प्रमख एवं पदाधिकारीहरु ,लब्ध प्रतिष्ठित व्यक्तित्वहरु ,संचारकर्मीहरु ,अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरु ,विश्व वैक लगायत अन्य अन्तर राष्ट्रिय संस्थामा कार्यरत नेपाली नागरिकहरु ,साहित्यकार ,नेपाली कलाकारहरु एवं राजदूतावासका कर्मचारी तथा परिवारहरुको उपस्थित रहेको थियो l
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Toilet paper or water?
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
Tourist Visa - Seeking Suggestions and Guidance
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters