[VIEWED 3558
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
MMOHAN
Please log in to subscribe to MMOHAN's postings.
Posted on 10-13-06 10:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लक्ष्मी पूजाको अबसरमा रुपेन्देहिको माइला लाई सम्झदा *********** "माइला र वादल्" माइला, आली ताछ्नु र ड्ल्ला फोड्नु लाई पुरुषार्थ भन्दछ । ऊ अषाढको हिलोमा आफुलाई रंगेर मंसिर मा बसन्त भित्र्याउँछ । ऊ त्यस्मै मग्न हुन्छ । तर कहिले कांही वादल ले छ्ल गर्दिन्छ र ऊ रंगी न पाउँदैन । तथापी, माइला ड्गमगाउंदैन्। युगले उस्लाई चाम्रो बनाएको छ । अस्थिपन्जर देखिए पनि सिङो हिम्मत बाँचेको छ । त्यसैले जब जब वादल ले ऊ माथि छ ल् गर्छ, तब तब ऊ पुर्ख्यौली कला को प्रदर्शन गर्छ । माइला, भोक चपाएर जीत् सुसेल्छ । यसरी ऊ, वादल पराजित गर्दछ ।
|
|
|
|
Yo Labastaro
Please log in to subscribe to Yo Labastaro's postings.
Posted on 10-14-06 7:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तपाईंलाई फेरी पनि धन्यबाद नेपालको वास्तिबकता प्रस्तुत गरेकोमा । "भोक चपाएर जीत सुसेल्नु" ले गरीब नेपालीहरुको बाध्यता हाम्रो सामू सफल पूर्वक राखेको छ । वादलले हाम्रो समाजको छलि प्रबृती को प्रतिनिधित्व गरेको छ ।
|
|