[Show all top banners]

somewhereondearth
Replies to this thread:

More by somewhereondearth
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बाडेका भट्मासहरु र उमेशका सपना।।।
[VIEWED 8857 TIMES]
SAVE! for ease of future access.
Posted on 01-10-08 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहि दुब्लो पातलो चेहेडा, उडिरहेको कपाल र खैनि मोलिरहने हात । उमेश जस्ताको त्यस्तै लाग्यो, लामो अन्तराल पछि पनि । हंसाइ पनि पुरानै रहेछ । 'यो डबल मजा धेरै न खा साले, गतिलो चिज होइन, क्यान्सर भएर मर्लास' उ मलाई सम्झाउंदै थियो । म खाटमा ढल्केको थिंए । मैलो गलबन्दि र चिसोको खोकी । हिन्दी रिमिक्स, बिकाजि भुजिया, सेलाएका भटमास, ओछ्याएको कान्तिपुर र रोयल स्टेग । हाम्रो भेट यस्तै माहोलमा जुरेको थियो । हामी रक्सि र बिगतमा झुमेका थियौं । हाम्रो भेट अनौठो किसिम ले भएको थियो त्यो दिन । 'भटमासमा लसुन हाल है, साउनि”' उ हरि लाई जिस्काउँदै थियो । ‘अनि के हो तं त जागिरे भइछस, खुब कमाएको होलास है ।‘ हांस्दै सोध्यो । मैले हो कमाएको छ, राख्ने ठाऊ नभएर बाकस किन्न हिडेको भने । दुबै जना हांसियो ।

उ त्यति नराम्रो बिधार्थि थिएन तर SLC पछि किन पढेन वा पढन सकेन त्यो थाहा भएन । सोध्न उचित लागेन । हामी हाम्रो भेटघाटमा नै रमायौ । स्कुले ठिटोपनाका मीठास टटोल्दा हामी रमेका थियौं । "तैले कल्पनालाई साईकलको क्यारियरमा राखेर कुदाउँदा लडाएको हैन?" मैले हरि लाई छेड हाने "यसका काका आउँदै थिए नि त त्यो बाटो मा" उमेशले थप्यो। हरि यो पटक पनि लजाएको थियो । ‘तं हिरो न हु न, रमालाई पाण्डे होटलमा समोसा खुवाउन लगेको हैनस!’ मलाई पनि कहाँ छोडे र केटाहरुले!! SLC पछि म असकलमा पढें, उ बिर्तामोडको सुन पसलमा काम गर्न थाल्यो । बीचमा हाम्रो भेटघाट खासै भएन । धेरै पछि हाम्रो भेट काठमाण्डौमा हिउ परेको दिनमा भयो । म कामको सिलसिलामा काठमाण्डौ गएको थिए, उ युएई जान । ‘४ दिन पछि म त उडछु यार । भोलि भिसा खस्छ रे । सबै बिदा बारि भएर आएको । तिमीहरुलाइ पार्टि दिन्छु र जान्छु’। उ हांसिरहेको थियो । उ स्पष्ट रुपमा खुसि थियो। किरण र सिताराम पनि आइपुगे । साँझ रमाईलो हुदै गएको थियो ।

किरणले चुरोट सल्कायो । बातावरण, धुंवामय भयो । बिपासा जि नाच्दै थिइन्, ‘बिडि जलाईले जिगरसे’ भन्दै । हामीले लामो लामो सर्को तान्यौ । खाना खाईएन । चिउरा र यता उति का कुराले नै भोक टारियो । सबै गफमा मग्न थियौ । सबैका कुरा निकालिए । सबै हाँसियो, आ-आफ्ना वर्तमान बिर्सेर । उमेश भुईमा ढल्केको थियो। म खाटमा नै । अरु केटा यता उता ।

‘के गर्छस, यार बिहे गरिनछस त?’ सधै जसो आउने प्रश्नले फेरि मलाई हिर्कायो । ‘खोइ यार, हेरौ, १/२ बर्ष पछि गर्छु । बिहे गरेपछि सबै सकिन्छ । भर्खर जागिर पाएको । अलिक, ब्यवस्था होस, अनि अलि अलि मोज गरौ, रिल्याक्स गरौं । अनि गरौला बिहे ।‘ मैले खुलेको उत्तर दिए । यत्रो बर्षपछि भेट भएपनि हामीलाई कुरा साट्न गाह्रो लागेन । ‘हेर बिहे गर्, यि सब बकवास कुरा हुन्। जुनेलि रात मा बिस्कुन सुकाएर केहि जित्दैनस; सिधै भन्यो मलाई । उमेश मान्छे त्यो बेला देखि नै सुरो थियो । लेखनाथ चौकमा बाउबाजेको अगाडि खुला रुपमा चुरोट खाने हिम्मत उसै को थियो, जुन आज पनि हामी गर्न सकेका छैनौ । SCL पछि काममा लागेछ । ‘किन नपढेको त?’ त्यो बेला सोधे । ‘पढेर को ठुलो भा'छ जस्तो लाग्यो, अनि काम मा लागे । पैसा खेलाईयो, साहु ठगियो, त्यसै मा भुलियो।‘
‘सुन पसलमा के ठगिस, सुन?’
‘हा हा धेरै तिर काम गरे, कहिले सुन पसल, कहिले जुत्ता पसल, कहिले ट्रान्सपोर्ट कहिले के कहिले के न। । भन्सार छल्ने देखि अन्त शुल्क को डुब्लिकेट स्टिकर सम्म । तर कमाएको धेरै पैसा रक्सि र तरुनिमा सकियो । अहिले सम्झंदा दिक्क लाग्छ । कुरा गर्दा उसको अनुहारमा तनाब स्पष्ट देखिन्थ्यो । केटाहरु सबै सुतिसकेका थिए । कोहि पल्लो खाटमा, कोहि अर्को कोठामा।

‘यो सिराननिले मलाई हुदैन । उ कराउन थाल्यो।‘ किरणले निन्द्राको सुरमा जिन्स पोको पारेर फालिदियो । त्यसलाई डस्नामुनि बाट सिरानि बनायो । ‘अर्को पनि दे।‘ उसको यो माग कसैले सुनेन । FM मा गित बज्न थालेको थियो। किशोर कुमारको । हरिले आखा नखोलि कराउदै थियो । ‘बिस्तारि बोल यार, मलाई घर धनि ले निकाल्छ भोलि।‘
‘छोरि छैन त्यसकि?’ उमेश त्यो बेला पनि जिस्कदै थियो ।
‘म भन्दा अगाडि यो कोठामा बस्नेले भगाएछ।‘ हरिले उत्तर दिएर निन्द्रा मै हास्यो । हामी तन्द्रामा ।

मलाई फिल्मको कहानि सुनेको जस्तो भएको थियो । ‘तं जागिरेलाई पो हातमा ल्याईदिन्छन् । बाहिर कति पापड बेल्नु पर्छ यार, तलाई के थाहा । तर केहि छैन, अब बिदेश हानिने हो । ज्यान फालेर काम गर्ने । अनि पैसा बोकेर घर फर्केर आफ्नै केहि सुरु गर्ने।‘ उ आशाबादि थियो, भविष्यप्रति, खुशि पनि ।

‘मेरो भागको ५ कठ्ठा बेचेर २ लाख म्यानपावरलाई दिइको छु। चिनेको हो मान्छे । सजिलो काम लगाई दिन्छु भनेक छ । महिनाको २० जति बच्छ रे।‘ उ सुनाउँदै गयो ।

‘बिहे कहिले गरिस?’ मैले प्रसंग बदल्न खोजे । ‘पहिलेको डुलि हिडने काम, महिनामा २ तिन वटि संग लब पर्थ्यो । कति मोज गरियो कति । तर मलाई त्यो शनिश्चरे कि केटि ले बाधी । बच्चा बसेछ बिहे गर्नै पर्यो। एउटि संग गर्नै पर्छ, राम्रो भनेका पनि त्यस्तै हुन, भनेर गरिदिए।‘ उ उसको बिगत छोट्याउँदै थियो । म उसको भोगाइ र मेरा कांचा बिचार केलाउंदै थिंए ।

‘तिमीहरु गफैमात्र गर्ने भए, खुलामन्च जाओ । हामीलाई ओछ्यान त पुग्छ । कति कराएको ।‘ हरि मुर्मुराउंदै थियो । ‘तेरो रेडियो राम्रो लाग्यो भनेको क्या।‘ भन्दै मैले रेडियो को भल्युम बढाँए । ‘मलाई त भोक लाग्यो यार’ भन्दै उमेश उठ्यो । यता उता खोज्दा पाउरोटि फेला पर्यो । आधा रातमा सुख्खा पाउरोटि  खाइयो ।

उ सुनाउँदै गयो । ‘जस्ति भएपनि आफ्नि बुढिको माया लाग्दो रहेछ यार । फेरि छोरी पनि भई २ बर्ष भयो । जिम्मेवारि थपियो । आफु त पढिएन छोरी पढाउने बिचार छ। कस्तो मनै तिनिहरुमा बसेको छ यार । आज पनि फोन गरेको थिए । न्यास्रो मानेकि थिइ । तिमीहरु कै लागि त जान लागेको लाटि भनेर सम्झाए ।‘ उसको कुरा सुन्दा हामी अल्लारे ठिटाबाट व्यवहारिक मान्छे भइएछ भन्ने लाग्यो । उसका कुरा सुन्दा सुन्दै कतिबेला निदाईएछ थाहा भएन । हरि ले गालि गर्दै उठायो । बिस्तारै सबै आ आफ्नो बाटो लागियो ।


त्यसपछि म जिल्ला फर्के । उमेशसंग सम्पर्क भएन । १ महिनापछि , हरिले फोन गरेको थियो । उमेशलाई म्यान पावर ले ठगेछ । युएई भनेर कतार पठाएछ । त्यो पनि अर्का को पासपोर्टमा उसको फोटो राखेर । अरु सबैले न जा भन्दा पनि बिदा मागेर आइसके अब जे भएपनि जान्छु भनेर गएछ । ११ महिना भयो उमेश गएको, एकचोटि फोन पनि गरेको छैन रे ।

गत हप्ता काठमाण्डौं जाँदा फेरि जमघट भयो केटाहरुसंग । सबै उस्तै थिए । म अझै अबिबाहित । हरि, किरण सिताराम सबै उस्तै । मात्र उमेश थिएन, अनि हरि को डेरा अर्कै थियो । लसुन हालेको भटमास यसपालि पनि मीठो थियो । अनि फेरि पनि FM मा गित बजिरहेको थियो, सुन्ने म मात्र थिए, उमेश कहां कहां ।।।।।

somewhereondearth  ‍‍‍= Sojho_Jhapali
 

 

 
Posted on 01-10-08 11:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RG ji, aja second time padi, kaida cha kaida. Keep it up.
 
Posted on 01-10-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo katha pani dherai marmik lagyo. dherai nepaliko jiban umesh jastai cha ahile.

tyo sun pasalma ta hami pani janthyau, sun kinna hoina tyo hansylai herna. katai  umesh uhi ta parena kya?


 
Posted on 01-10-08 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो लाग्यो प्रभु बयान गर्ने तरिका! अनि यो शीर्षकले चाहिँ पारीजातको 'तोरीबारी बाटा र सपनाहरु' याद दिलायो!

अनि प्रभु एउटा कुरा प्याच्च सोध्न मन लाग्यो यो छुच्चो मुख फोरेर,

 नाम = सोझो झापाली भनेर किन राख्नुभएको???

Last edited: 10-Jan-08 01:03 PM

 
Posted on 01-10-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

somewhereondearth भन्ने नाम बोलाउन सबैलाई गाह्रो भएको जस्तो लाग्यो, अरु सबैको नाम टाईप गर्न मिल्ने तर मेरो नाम चाँहि कपि पेस्ट बाहेक उपाए नलागेको जस्तो लाग्यो ।। मलाई फिल भयो । कस्तो कस्तो लाग्यो। जे पर्ला पर्ला भनेर, नाम फेरेको ।

अब, आफु परियो झापाको,.... जिल्ला बठ्याँइमा प्रख्यात छ, आफु लास्टै सोझो,  दुवैलाई बोक्ने बिचार गरेको हो । अन्यथा परेमा माफ पाम ।।।


 
Posted on 01-10-08 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ashadhe ramro sadhai jhai


 
Posted on 01-10-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो कथा पनि रमाइलो लाग्यो। सरल लेखाइ तर मार्मिक कथाबस्तु रहेछ। कथामा एउटा साधारण नेपाली परिवारको कथा राम्रो सङ चित्रण गरेको पाइयो। अरु पनि लेख्दै गर्नुस।
 
Posted on 01-10-08 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो मन छुने कथा, हुन पनि हो सुनौलो भबिस्य को कल्पनामा ठगिएका धेरै छन् उमेश जस्तै अरु पनि।

सोझो झापाली ज्यू, अरु पनि लेख्दै गर्नुस, राम्रो लाग्यो हजुरको प्रस्तुती


 
Posted on 01-10-08 9:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Read two times ....................small things of life made beutifull as usual...........ani jhapa kahile jaane?  I m goin JHAPA  today..............happy MAGHE SAKRANTI


 
Posted on 01-10-08 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा फेरी पढें, अझ राम्रो लाग्यो । उमेशको नियती हाम्रा धेरै दाजुभाईले भोगेका छन, ठुला ठुला सपना देखाउने म्यानपावरका चक्करमा परेर आफ्नो भएको जीलो पनि बेच्नेहरु बाटाबाटामा भेटन सकिन्छ । रिस उठछ तर कसमाथि ? युवा शक्तीलाई काममा लगाउन नसक्ने देशको अर्थतन्त्रमाथि ? यहाँ सानो तिनो काम गरेपनि बिदेश जानैपर्ने नेपाली युवाको मानसीकतामाथि ? राम्रो काम दिन्छु भनेर फसाउने म्यानपावरमाथि ? बिदेश नगै यतै काम गरीरहेकालाई पनि बिदेशीन प्रोत्शाहित गर्ने समाजमाथि ? आशा गरौ, देशले चाँडै प्रगतीको फडको मार्ने छ र कुनै उमेशले मुखमा माड लगाउनकैलागी बिदेशीनुपर्ने छैन ! जय नेपाल ! ! ! तर यो नेपाली काँग्रेस चै नभन्नु है साथी हो, नेपाल को जय भनेको !
 
Posted on 01-10-08 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजब् गयो प्रभु !
येस्ता कथा सुन्न पाउदा त बेक्कार् बिदेश हानियेछ जस्तो लाग्छ। तर के गर्नु त्याहाँको कामले तेहि भटमास खान मात्र पुग्ने, फेरि कहिले अरुलाइ खान पुग्नेसम्म कमाउनु। क्यार्नु जिन्दगी साथिहरु र राम रमाइलो मात्र भै दिए त हुन्थ्यो नि जस्तो पनि लाग्छ।
 
Posted on 01-11-08 12:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

so touching. good going sojho jhapali


 
Posted on 01-11-08 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

-OcRam जि, चिन्नुभएको मा धन्यबाद, र यति राम्रो संग सपोर्ट गर्नुभएको मा पनि ।

-CL जि पढिदिनुभएकोमा धन्यबाद,

उमेशले सुनाएको त हो, पातली केटि छे, हुरुक्क भएकि छे भनेर । तर उसले माया अर्कैलाइ गरेछ । मलाई पो केटि गतिलि छे , नछोड भनेको छ, म पनि सानो तिनो हयान्सि नै छु । ।।। खित् खित् खित्।।। (लागे पागे गुडिया को दोष )

-बिर्खे माईला दाईले मन पराईदिनु भएको मा कस्तो खुसि लाग्यो,  धन्यबाद दाई ।

-pjna007 जि, 'नेपाल को छोरा' जि मनपराएर कमेन्ट टाँसिदिनुभएको मा धन्यबाद, खुसि लाग्यो ।

-दिपिका जी, प्रोत्सान को लागि धन्यबाद । म प्रयास गर्ने छु । हजुरको नि मलाई एकदम राम्रो लाग्छ, लेख्नु है हजुर नि ।

फुच्चे भाई, धन्यबाद, आज म झाइा जान्न, अर्को पल्ट ।, तिमी पुगेर आउ, चिया बगान र सुपाडिका गाछिलाई सम्झना सुनाईदिनु ।

जगटाधारि जि, मलाई हजुरको मनोबैग्यानि बिश्लेशण एकदम राम्रोलाग्छ । कमेन्ट गरिदिनु भएको मा धन्यबाद ।

regal जि, खोई म पनि भन्न सक्दिन,। समय, साथ र आत्मियता सम्झदा आफ्नो माटोको सुगन्ध यति प्यारो लाग्छ के भन्ने । तेहि हो , के लाग्यो के हाम्रो देशलाई, निको नै नहुने गरि रोग । न उपचार गर्न सकेको छौ न त नै कुरेर बस्न । म पनि सबै सत्य धुटुक्क निलेर, बिदेश हानिने तेहि प्रयास मा छु, कत्रो बिडम्बना!!!!!

 

सुन्तले दाई, हजुर ले मन पराईदिनु भएछ, कस्तो खुसि लाग्यो । म हजुर को लेखाई पढ्दा नतमस्तक नै हुन्छु । कति न्यानो हुन्छ, कति आत्मिय हजुरको लेखाई । अनि दाई i guess i know you..

karki... ५४/55 elx/com pulchowk???? i may be wrong...

अरु सबै लाई पनि धन्यबाद।।।।

somewhereondearth== Sojho_Jhapali

 


 
Posted on 01-11-08 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sojho_Jhapali , tapaiko lekhai dherai raamro. Prastuti ekdam ramro chha. i look forward reading more!!!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
Those who are in TPS, what’s your backup plan?
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters