नेपालका हरेक चुनावमा कम्युनिष्टले बढी मत पाउ“दै आएका छन् । यसअघिका चुनावमा प्राविधिक रूपमा कांग्रेसले बहुमत हासिल गरे पनि कम्युनिष्टले पाएको कुल मत कांग्रेसको भन्दा धेरै थियो । अहिले विश्वमा आठ देशमात्र कम्युनिष्ट शासित छन् र यसमा साम्यवादी परिभाषाअनुसार चलेका दर्ुइ राष्ट्र उत्तर कोरिया र क्युबामात्र हुन् । दुवै राष्ट्रको अवस्था अत्यन्त नाजुक छ । चीनमा पु“जीवादी आर्थिक अवधारणा अवलम्बन गरेको भए पनि राजनीतिक तथा अन्य आधारभूत मानवअधिकारको ग्यारेन्टी कानुनले गरेको छैन ।
जुटेर होइन फुटेर, स-साना मतभेदमा पनि विषगमन गर्ने संस्कार बोकेका कम्युनिष्ट कहिल्यै एक हुन नसक्दा एमालेजस्ता उदारवादी दलले बहुमत प्राप्त गर्न सकेनन् । यसपटक उग्रधारको माओवादी पार्टर्ीी सबैलाई पछि पार्दै जनताको दशकौंदेखि पूरा नभएको चाहना पु“जीकृत गर्न सक्यो । तर यसको सैन्य पृष्ठभूमि र संस्कारहीन राजनीतिक चरित्रले नेपाली जनतालाई कम्युनिष्ट मोहभंग हुन सक्नेछ ।
अतिवाद, नाजीवाद र अहिले पश्चिमी विश्वलाई टाउको दुखाइको विषय बनेको मुस्लिम पुनरुत्थानवादीजस्तै कम्युनिष्ट आफू बाहेकका शक्तिलाई शत्रु मान्छन् ।
माओवादी नेताहरू चुनावअघि आफू बाहेकका सबैलाई तीव्र आलोचना गर्थे । प्रचण्डले चुनाव पर्यवेक्षण गर्न आएकालाई आफूलाई हराउन आएका हुन् भने । पत्रकारलाई विदेशीको पैसा खाएर हाम्रो विरुद्ध लेख्छन् भने । नेपाली सेनालाई सामन्तीको दलाल भने । अन्य दललाई राजाका पक्षपोषक र विगतको अव्यवस्थाका नाइके बनाए । कम्युनिष्टको यो प्राथमिक चरित्र र गोयबल्स प्रोपोगन्डा बुझ्ने ती पर्यवेक्षकहरूले त्यही
भएर हुनसक्छ, प्रचण्डको त्यो आक्रोशविरुद्ध प्रतिक्रिया जनाएनन् ।
पन्ध्र वर्षनेपालको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टर्ीीहेको, अन्तर्रर्ााट्रय र्समर्थन जुटाउन सक्ने नेकपा -एमाले) यसपटक तेस्रो स्थानमा पुगेको छ । यसले जनतालाई बेचेका कहिल्यै पूरा नहुने गुलिया सपना बेच्न योभन्दा सिपालु माओवादी जनताको घरदैलोमा पुगिसकेको छ । पहिलो आमचुनावमा एमालेले जनतालाई कम्ती गुलिया सपना बेचेको थिएन । एमालेका कार्यकर्ताले जसको जोत उसैको पोतदेखि जीउधन सरकारी दालभात तरकारीजस्ता मृगतृष्णा गाउ“-गाउ“मा बा“डेका थिए । चुनाव जितेपछि यसको तौरतरिकै बदलियो, जसरी माओवादी चुनाव जितेको भोलिपल्ट पु“जीवादको पक्षपाति हुन पुग्यो । विचारमा भन्दा संगठनमा जोड गर्ने हरेक मतदातालाई आफ्ना कार्यकर्ता बनाउने -अल भोर्टस अल क्यार्डस) र त्यहीअनरूप कार्यकर्ताका बे्रनवास गरेर आजीवन आफ्नो भजनमण्डलीका आधारमा सत्तामा टिक्न खोज्छन् ।
माओवादीका उपल्ला नेताले बुझेरै होला, उद्यमीसामु पर्ूण्ा पु“जीवादको वकालत गरेको । तर यो कति विश्वसनीय छ -
माओवादीस“ग युद्धकला भएका सैन्यदस्ता पनि छन् । जो कुनै समय आफू बाहेकका राजनीतिक शक्तिलाई सफायाको नीति लिएर बढेका थिए । शब्द फरक होलान्, व्यवहारमा अझै छ । समानान्तर सरकार गठनलाई उनीहरूले अगाडि ला“दैछन् । दुनिया“लाई अचम्मित पार्नेगरी भएको उसको विजयले युद्ध, आतंकवाद र अन्य कुनै पनि अधिनायकवादको सही समाधान लोकतन्त्रै हो भन्ने आमविश्वास जोगाएको छ त - हमासलाई भोट दिएर प्यालेस्टाइनमा शान्ति तथा राज्यको बाहिरी विश्वस“ग सुमधुर सम्बन्ध आशा गर्नु खुला व्यवस्थाको दुरुपयोगमात्रै हो । लोकतन्त्रलाई औधी माया नगर्नेहरू लोकतन्त्र फस्टाउन पर्ूवाधारको आवश्यकता रहेको बताउ“छन् । राजा महेन्द्र र वीपी कोइरालाबीच पनि यस सम्बन्धमा वादविवाद भएको कोइरालाको आत्मवृत्तान्तमा पाइन्छ । एउटा कमजोर र अस्थिर लोकतन्त्रमा नियोकोनहरूको नियन्त्रण हुनुले लोकतन्त्रमा पर्ूवाधारको वकालत गर्नेहरूलाई बल पुगेको छ ।
एउटा चुनावमात्रै लोकतन्त्रको पर्यायवाची हुन सक्तैन । एक चुनावमा उसले प्राप्त गरेको अग्रताले मात्रै उसलाई जनअनुमोदन प्राप्त गरेको मान्न सकिन्न । १९३३ मा जर्मन राष्ट्रपति हिन्र्डवर्गले हिटलरलाई सरकार गठन गर्न आह्वान गर्दा लोकतन्त्रले काम गरेको देखिएको थियो । हिटलरको नाजी पार्टर्ीींसदमा सबैभन्दा ठूलो दल थियो । र राष्ट्राध्यक्षबाट उनलाई सरकार गठनका लागि आह्वान हुनु लोकतान्त्रिक पद्धतिअनुरूप थियो । दर्ुभाग्य, केही महिनामै जर्मनी तानाशाहीको हातमा पुग्यो । तथ्य के हो भने माओवादीले चुनावबाट शक्ति हातमा पारेको छ । तर यसले नेपाली शिशु लोकतन्त्रलाई रक्षा गर्ने देखिएको छैन । उसमा देखिएको शक्तिउन्माद, वाइसीएल आतंक र अन्य दलप्रतिको खस्रा व्यवहारले आगामी दिनमा माओवादी लोकतन्त्रको सच्चा पहरेदार हुन्छ भनेर शंका गर्ने प्रशस्त आधार छन् ।
माओवादी सच्चिन चाहने पक्षमा छैन । दुनिया“ले देखेको वाइसीएल आतंक बन्द नगर्ने । आफ्ना भ्रातृ संगठनका गतिविधिबाट समानान्तर प्रशासनलाई मलजल गर्ने । नागरिक प्रशासनका संयन्त्र उपेक्षा गरी भ्रातृ संगठनलाई र्सर्वेर्सवा गर्ने स्वार्थ खुला रूपमा बाहिर
प्रकट भएको छ ।
राज्यसत्ता कमजोर र निकम्मा भएको नेपालमात्रै होइन, १९३० को जर्मनी, भेनेजुएला लोकतान्त्रिक खुला निर्वाचनले व्रि्रोही वा सरकार बाहिर बसेका दक्षिणपन्थीलाई सत्तामा आउने मौका दिन्छ । जति खराब निवर्तमान सरकार त्यति बढी फाइदा दक्षिणपन्थीलाई । जति नालायक निवर्तमान सरकार त्यति तेजिलो यिनीहरूको धक्का । माथि उल्लेख गरिएका देशहरूमा त्यस्ता व्रि्रोही वा अतिवादी संगठनले सुरुवाती लोकप्रियता लोकतन्त्र मास्न प्रयोग गरे । र आफ्ना जड विचार कडाइसाथ लागू गरे । हिटलर र मुसोलिनीले लोकतान्त्रिक पद्धतिबाटै शासनसत्ता हात पारे । जबकि भ्लादिमिर लेनिनले कूबाट सत्ताकब्जा गरे । हिटलर, मुसोलिनी र लेनिन तीनैजना लोकतन्त्र र बहुलवाद विरुद्ध उत्रिए । आफ्ना नीति कार्यान्वयन नहुन्जेल हिटलर र मुसोलिनी लोकप्रिय रहे, जब त्यसको प्रयोगमा असफलता देखियो, यिनीहरू तानाशाही हुनपुगे । एकपटकको सैनिक कूबाट सत्ता हत्याउन नसकेपछि भेनेजुएलाका हालका राष्ट्रपति हृयुगो चाभेज कम्युनिष्टको रूपधारण गरेर चुनाव लडेका थिए । विपक्षीको आवाज सुन्छु, आधारभूत अधिकार रक्षा गर्छर्ुनेर वाचा गर्ने चाभेज अहिले संविधान संशोधन गरेर आजीवन राज गर्न खोज्दैछन् । निष्कर्षके हो भने सैनिक कूबाट हात पार्न नसकेको शक्ति उनी कम्युनिष्ट भएर पूरा गरे ।
चुनावमा हारपछि सत्तासीन दलले र्सलक्क सबैभन्दा ठूलो दललाई वा बहुमत भएको दलको समूहलाई सत्ता हस्तान्तरण गर्नुपर्ने हुन्छ । नेपाली कांग्रेसले सत्ता छोड्न आनाकानी गरिरहेको छ । यसलाई कांग्रेसको सत्तालिप्सा भन्नुभन्दा सबै दल र नागरिक समाज मिलेर माओवादीलाई लिकमा ल्याउन उपयोग गर्नुपर्छ । एउटा लोकतान्त्रिक व्यवस्थामा दर्ुइ सेना हुन सक्तैनन् । समानान्तर प्रशासन खडा गर्ने, आफ्नो क्याम्पमा लगेर जबर्जस्ती सजाय दिने अनि राज्यले त्यस्ता गैरसरकारी मिलिसियालाई र्समर्थन गर्ने वा सदाशयता देखाउने भनेको सुडानी सरकारले जञ्जावीर मिलिसियालाई र्समर्थन गरेजस्तै हो । राज्यपक्षको यो व्रि्रोही र भड्काउ पद्धतिले देशलाई कहा“ पुर्याउ“छ भनेर सुडानलाई हेरे पुग्छ ।
लोकतन्त्र आफैंमा जादूको छडी होइन । यसका पहरेदारहरूले यसको भावनाअनुरूप काम नगरे लोकतन्त्र तानाशाह जन्माउन पर्याप्त हुन्छ । त्यसैले माओवादीले सरकार चलाउनुअघि आफू इतरका शक्तिहरूलाई विश्वस्त बनाउनु जरुरी छ । जसले माओवादी लोकतन्त्रको सच्चा पहरेदार हुन् भनेर सबैलाई विश्वास दिलाओस् ।